





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेका छन् : एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि बस्यो र भन्यो : हे अल्लाहको रसूल! मसँग झूट बोल्ने, विश्वासघात गर्ने र मेरो अवज्ञा गर्ने दुईवटा दासहरू छन् । त्यसैले म उनीहरुलाई गाली र कुटपिट गर्छु । उनीहरुसंग मैले गरेको व्यवहारप्रति के भन्नुहुन्छ ? उहाँले भन्नुभयो: "तिनीहरूले तपाईंलाई धोका दिएको, अवज्ञा गरेको र झूटो बोलेको हिसाब हुनेछ र तपाईंले तिनीहरूलाई दिएको सजायको पनि हिसाब गरिनेछ ।" यदि तपाईंले दिएको सजाय तिनीहरूको पापको बराबर छ भने, तपाईं र तिनीहरू समान रूपमा छुट पाउनुहुनेछ । न तिनीहरुमाथि तपाईंको अधिकार हुनेछ न त तिनीहरुको अधिकार तपाईंमाथि । यदि तपाईंको सजाय तिनीहरूको अपराध भन्दा कम छ भने, तब तपाईं आशिष् पाउनुहुनेछ । यदि तपाईंको दण्ड तिनीहरूका पापहरू भन्दा अत्यधिक छ भने, तिनीहरूको अपराधको बदला तपाईंबाट लिइनेछ ।" (यो सुनेर) त्यो व्यक्ति चर्को स्वरले रुँदै फर्कियो अनि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमी अल्लाहको पुस्तक पढ्दैनौ?" (जसमा लेखिएको छ:) "कयामतको दिन हामी सही तौलको तराजू राख्नेछौं । त्यसपछि कसैमाथि अन्याय हुनेछैन ।" त्यो व्यक्तिले भन्यो: अल्लाहको कसम! हामी एकअर्काबाट अलग हुनु भन्दा अरु केही उपाय छैन । म हजुरलाई गवाह बनाएर भन्दछु : मैले तिनीहरू सबैलाई स्वतन्त्र गरें ।
तिर्मीजीले वर्णन गरेका छन्एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आए र आफ्ना दासहरूको खराब व्यवहारको बारेमा गुनासो गर्न थाले, मेरा दासहरूले मसँग झूट बोल्छन्, विश्वासघात गर्छन् र मलाई धोका दिन्छन् । म उनीहरूलाई सही बाटोमा ल्याउन गाली र कुटपिट गर्छु । दासहरूसँग मैले गरेको व्यवहारले गर्दा कयामतको दिन यी मेरो अवस्था कस्तो हुनेछ । उहाँले भन्नुभयो: तिनीहरूले तपाईंलाई धोका दिए, तपाईंको अवज्ञा गरे र तपाईंसँग झूटो बोलेका छन्, त्यसको गणना गरिनेछ र तपाईंले तिनीहरूलाई दिएको सजायको पनि गणना गरिनेछ । यदि तपाईंले दिएको सजाय तिनीहरूको पापको बराबर छ भने, तपाईं र तिनीहरू समान रूपमा छुट पाउनुहुनेछ । न तिनीहरुमाथि तपाईंको अधिकार हुनेछ न त तिनीहरुको अधिकार तपाईंमाथि । यदि तपाईंको सजाय तिनीहरूको अपराध भन्दा कम छ भने, तब तपाईं आशिष् पाउनुहुनेछ । यदि तपाईंको दण्ड तिनीहरूका पापहरू भन्दा अत्यधिक छ भने, त्यसको मूल्य तपाईंबाट लिएर तिनीहरूलाई दिइनेछ । (यो सुनेर) त्यो मानिस चर्को स्वरले रुन थाल्यो । उसको यो अवस्था देखेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "के तिमी कुर्आन पढ्दैनौ?" अल्लाहले भन्नुभएको छ: "कयामतको दिन, हामी सही तौलको तराजू राख्नेछौं । त्यसपछि कसैमाथि अन्याय हुनेछैन । यदि रायोको दाना बराबर भएपनि हामी त्यसलाई जोख्नेछौं । भक्तहरूको हिसाब राख्नको लागि हामी नै पर्याप्तछौं ।" यो सुनेर त्यो व्यक्तिले भन्यो: अल्लाहको कसम! त्यसो भए हामीले एकअर्काबाट अलग हुनुमा नै सबैको भलाइ छ । म हजुरलाई गवाह बनाएर भन्दछु : मैले तिनीहरू सबैलाई अल्लाहको खुशीको लागि स्वतन्त्र गरें, ताकि हामी अल्लाहको अजाब (सजाय) बाट जोगिन सकौं ।
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, धेरै हत्या र धेरै व्यभिचार गरेका केही बहुदेववादीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सामु आए र भने: तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि आह्वान गरिरहनुभएको छ त्यो राम्रो कुरा हो । तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? । त्यसपछि अल्लाहले यी उत्कृष्ट श्लोकहरू अवतरण गर्नुभयो: "जसले अल्लाहबाहेक अन्य देवीदेवतालाई पुकार्दैनन्, अनाहक कसैको हत्या गर्दैनन् र व्यभिचार गर्दैनन् ।" [अल्-फुर्कान : ६८] "(हे पैगम्बर!) मेरा सेवकहरू मध्ये जसले आफूमाथि अन्याय गरेका छन् तिनीहरूलाई भन, अल्लाहको दयाबाट निराश नहोऊ ।" [अज्जुमर: ५३]
मुत्तफकुन अलैहिधेरै हत्या र धेरै व्यभिचार गरेका केही बहुदेववादीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) समक्ष आए र भने : तपाईंले इस्लाम र यसका शिक्षाहरूको सन्दर्भमा जुन कुराको लागि आह्वान गरिरहनुभएको छ त्यो राम्रो कुरा हो । तर अहिलेसम्म शिर्क र अन्य ठूला पापहरूमा संलग्न भएको व्यक्तिका लागि कुनै प्रायश्चित छ ? व्यक्तिले जतिसुकै र जति ठूला पाप गरे पनि यदि उसले सच्चा हृदयले पश्चात्ताप गर्छ भने अल्लाहले उसको पश्चात्ताप अवश्य स्वीकार गर्नुहुनेछ भनेर दुई श्लोकहरू अवतरण गरियो । यदि यसो नभएको भए मानिसहरूले अविश्वास र अवज्ञाको मार्गलाई निरन्तरता दिने थिए र इस्लामलाई स्वीकार गर्ने थिएनन् ।
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो: " हे मानिसहरू! अल्लाहले तिमीहरूबाट अज्ञानता कालको घमण्ड र पुर्खाहरूको अहंकार गर्ने प्रवृत्तिलाई हटाउनुभएको छ । दुई प्रकारका मानिसहरू मात्र छन्: एक धर्मी, जुन अल्लाहको नजरमा एकदमै प्रिय छ र अर्को दुष्ट, जुन अल्लाहको नजरमा अभागी र नीच छ । सबै मानिसहरू आदमका सन्तान हुन् र आदमलाई अल्लाहले माटोबाट सृष्टि गर्नुभएको हो । अल्लाहले भन्नुभएको छ: "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
तिर्मीजीले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्काको विजयको दिन मानिसहरूलाई सम्बोधन गर्नुभयो र भन्नुभयो: हे मानिसहरू! अल्लाहले तिमीहरूबाट अज्ञानताको समयको अहंकार, घमण्ड र तिमीहरूका पुर्खाहरूमाथि घमण्ड गर्ने चलनलाई हटाइदिनुएको छ । अब त्यहाँ दुई प्रकारका मानिसहरू मात्र छन्: धर्मी, पवित्र, आज्ञाकारी र अल्लाहको उपासना गर्ने मुमिन भक्त । यद्यपि ऊ मानिसहरूको नजरमा सम्मानित वा उच्च वंशको नहोला तर अल्लाहको नजरमा उत्कृष्ट उही हो । अर्को दुष्ट र पापी काफिर (अविश्वासी) । मानिसहरूको नजरमा जतिसुकै प्रतिष्ठित र उच्च वंशको भएपनि अल्लाहको नजरमा तुच्छ र अपमानित हो । सम्पूर्ण मानिसहरू आदमका सन्तान हुन् र अल्लाहले आदमलाई माटोबाट सृष्टि गर्नुभएको हो, त्यसैले माटोबाट जन्मेको व्यक्तिले घमण्ड र अहंकार गर्नु हुँदैन । अल्लाहको कथनले यसलाई पुष्टि गर्दछ : "हे मानव! हामीले तिमीहरूलाई एक पुरुष र एक नारीबाट सृष्टि गर्यौ र विभिन्न जाति र वंशहरूमा विभाजन गर्यौं, ताकि तिमीहरूले एकअर्कालाई जान्न सक । अल्लाहको दृष्टिमा सबैभन्दा उत्कृष्ट व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ हुनुहुन्छ ।" [अल् हुजुरातः १३]
जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, उनी भन्छन्: जब यो श्लोक: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} (त्यस दिन तिमीहरूलाई वरदानको बारेमा सोधिनेछ ।) [सूरह अल-तकासुर: ८] अवतरण भयो, तब जुबैर (रजियल्लाहु अन्हु) ले सोधे: हे अल्लाहको रसूल! हामीलाई कुन आशीर्वादको बारेमा सोधिनेछ? वास्तवमा, हामीसँग केवल दुईवटा कालो चीजहरू छन्: खजूर र पानी । उहाँले भन्नुभयो: "यो हुनेछ ।"
तिर्मीजीले वर्णन गरेका छन्जब यो श्लोक अवतरित भयो: {ثُمَّ لَتُسْأَلُنَّ يَوْمَئِذٍ عَنِ النَّعِيمِ} अर्थात्, अल्लाहले दिनुभएको आशीर्वादप्रति तिमी आभारी छौ कि छैनौ भनेर तिमीलाई सोधिनेछ, तब जुबैर बिन अव्वाम (रजियल्लाहु अन्हु) ले सोधे : हे अल्लाहका रसूल! हामीलाई कुन आशिष्को बारेमा सोधिनेछ? हामीसँग दुईवटा मात्र आशीर्वाद छन्; खजूर र पानी जुन सोध्न लायक छैन ! यो सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: तिमी जुन अवस्थामा छौं, त्यो आफ्नो ठाउँमा छ, तैपनि आशीर्वादको बारेमा सोधिनेछ । किनकि दुबै आशीर्वाद पनि अल्लाहका दुई ठूला वरदान हुन् ।