





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू हुरैरह (रजियल्लाहु अन्हु) द्वारा वर्णन गरिएको छ उहाँ भन्नु हुन्छ: अल्लाहका रसूलले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: "हे मानिसहरू! अल्लाह पवित्र हुनुहुन्छ र केवल पवित्र कुरा मात्र स्वीकार गर्नुहुन्छ। अल्लाहले विश्वासीहरूलाई त्यही आदेश दिनुभएको छ जुन उहाँले दूतहरूलाई दिनुभएको थियो। उहाँले भन्नुभएको छ: "हे रसूल (सन्देशवाहक) हरू! पवित्र कुरा खानुहोस् र सत्कर्म गर्नुहोस्, निश्चय नै, तिमीहरूले जे गर्छौ, म त्यस बारे पूर्ण ज्ञाता छु।" आर्को ठाउँमा भन्नुभएको छ: "हे आस्थावान् हरू! हामीले तिमीहरूलाई प्रदान गरेका पवित्र कुराहरूमध्ये खाऊ।" (अल-बकरा: १७२) त्यसपछि, उहाँले एक यस्तो व्यक्तिको बारेमा बताउनुभयो, जो लामो यात्रामा हुन्छ, उसको कपाल अस्तव्यस्त हुन्छ र शरीर धुलाम्मे हुन्छ। उसले आकाशतर्फ हात उठाएर भन्छ: "हे मेरो प्रभु! हे मेरो प्रभु!" तर उसको खानपान हराम (अवैध,वर्जित कुरा) छ, उसको पिउने वस्तु हराम छ, उसको वस्त्र हराम छ र उसको पोषण नै हरामबाट भएको छ भने यस्तो अवस्थामा उसको प्रार्थना कसरी स्वीकार हुन सक्छ?"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, अल्लाह पवित्र, त्रुटि र दोषरहित हुनुहुन्छ र पूर्णताद्वारा विशिष्ट हुनुहुन्छ र उहाँले कर्म, वचन र आस्था पनि पवित्र नै स्वीकार गर्नु हुन्छ र जो अल्लाहको खुशी र नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सुन्नत अनुसार गरिएका हुन्छन् । अल्लाहको निकटता यस्तै प्रकारका कर्महरूबाट नै गर्न सकिन्छ, याद रहोस, कर्महरूको पवित्र हुनका लागि सबैभन्दा ठूलो कुरा हो उसको खाना हो र यो वैध (हलाल) होस् । हलाल (वैध) खानाले मान्छेको कर्म पवित्र हुन्छ । यही भएकाले जसरी अल्लाह तआलाले नबीहरूलाई हलाल खानपिन र राम्रा कामहरू गर्नका लागि भन्नु भएको छ, त्यसरी नै इमान वालाहरूका लागि पनि भन्नु भएको छ र अल्लाह तआलाले भन्नु भएको छ: "हे नबी (सन्देष्टाहरू ) हो ! हलाल (वैध) चीजहरू खानु होस् र सत्कर्म गर्नु होस् ।" फेरि भन्नुभयो : "हे इमान वाला हो ! जो पवित्र चिजहरू हामीले तिमीहरूलाई प्रदान गरेका छौँ त्यो खाऊ ।" फेरि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले निषेधित चीजहरू खानबाट सावधान गराउनु भएको छ । किनकि हराम खानाले कर्महरूलाई बिगारि दिन्छ र अल्लाहको दरवारमा त्यसलाई स्वीकृत हुनबाट रोक्छ, चाहे जतिसुकै स्वीकृतिको स्पष्ट कारणहरू भेटिऊन् । जस्तै: १. कुनै सत्कर्म जस्तै हज र जिहाद एवं नाता जोड्नका आदिका निमित्त लामो यात्रा गर्नु । २.मान्छे व्याकुल हुनु , जस्तै उसको कपाल छरिएको होस् र धुलो मैलो लागोको होस् , जसका कारण उसको शरिर र कपडाको रङ्ग बदलेको होस् । यो सबै कुरा यसको सबूत हो कि यस्तो मान्छे हैरान र व्याकुल भएको हुन्छ । ३.दुआका लागि आकाश तिर आफ्ना हातहरू उठाउनु । ४.अल्लाहका नामहरूलाई माध्यम (वसीला) बनाएर अलाप विलाप गर्दै दुआ गर्नु, जस्तै, या रब, या रब ! (मेरा पालनकर्ता , हे मेरा प्रतिपालक ! ) भन्नु । स्वीकारका कारणहरू पाइएता पनि मान्छेको दुआ (प्रार्थाना) कबूल हुँदैन । किनभने उसको खाना हराम (अवैध), उसको पिउनु हराम (अवैध), उसको कपडा हराम (अवैध) को हुन्छ र उसको पोषण पनि हराम अपवित्र कुराबाट भएको हुन्छ । त्यसैका कारण उसको दुआ कबूल हुन नै सक्दैन ।
अबु अल-अब्बास, अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ, उहाँले भन्नुभयो: एक दिन म अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँगै सवार थिएँ, तब उहाँले भन्नुभयो: "हे बालक! म तिमीलाई केही महत्त्वपूर्ण कुराहरू सिकाउँदैछु: अल्लाहको (आदेशहरूको) रक्षा गर, उहाँले तिम्रो रक्षा गर्नुहुनेछ। तिमी उहाँ (का आदेशहरू) लाई मान, तिमीले उहाँलाई आफ्नो सामुन्ने पाउनेछौ। जब तिमीलाई केही माग्नुपर्ने हुन्छ तब अल्लाहसँग मात्र माग। जब तिमीलाई सहायता चाहिन्छ तब अल्लाहसँगै मात्र सहायता माग। यो कुरा पनि जानी राख कि यदि समस्त मानवजाति तिमीलाई कुनै लाभ पुर्याउन एकजुट भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र लाभ पुर्याउन सक्छन्, जति अल्लाहले तिम्रो लागि लेखिदिनुभएको छ र यदि उनीहरू सबै तिमीलाई हानि पुर्याउन एकत्रित भए पनि, उनीहरूले तिमीलाई त्यति मात्र हानि पुर्याउन सक्छन्, जति अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको छ। भाग्य लेख्ने कलमहरू रोकिसकेका छन् र (भाग्यका) पानाहरू सुकिसकेका छन्।" तिर्मिजीबाहेक अन्य पुस्तकहरूमा उल्लेखित हदीस यस्तो छ: "अल्लाह (का आदेशहरू) को रक्षा गर्नु, तिमीले उहाँलाई आफ्नो समक्ष पाउनेछौ। सुसम्पन्नताको अवस्थामा अल्लाहलाई नबिर्सनु, उहाँले तिमीलाई कठिनाइको समयमा चिन्नुहुनेछ (सहायता गर्नुहुनेछ)। यो जानी राख्नु कि जुन कुरा तिमीलाई प्राप्त भएन, त्यो तिम्रो निम्ति थिएन र जुन कुरा तिमीलाई प्राप्त भयो, त्यो कहिल्यै तिमीबाट छुट्ने थिएन। यो पनि बुझी राख्नु कि विजय धैर्यसँगै हुन्छ, कष्टसँगै राहत हुन्छ र कठिनाइसँगै सहजता पनि हुन्छ।"
رواه الترمذي وغيرهअब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बताउँनु हुन्छ, एक दिन उनी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँगै सवार थिए जब उहाँले मलाई सम्बोधन गर्दै भन्नुभयो, म तिमीलाई केही कुराहरू सिकाउनेछु, जसबाट अल्लाहले तिमीलाई फाइदा पुर्याउनु हुनेछ: अल्लाहका आदेशहरूको पालना गरेर र उहाँद्वारा निषेध गरिएका कुराहरूबाट टाढा रहेर अल्लाहको आदेशहरुको रक्षा गर, उहाँले तिमीलाई अवज्ञा र पापमा होइन, बरु आज्ञाकारिता र आफ्नो सामीप्यमा पाऊन्। यदि तिमीले यसो गर्यो भने, त्यसको पुरस्कार स्वरूप अल्लाहले तिमीलाई संसार र परलोकका कठिनाइहरूबाट जोगाउनुहुनेछ र तिमी जहाँसुकै गए पनि अल्लाहले तिम्रो मामिलाहरूमा तिम्रो सहायता गर्नुहुनेछ। यदि केही माग्न आवश्यकता पर्यो भने अल्लाहसँग मात्र माग, अरू कसैसँग नमाग, किनभने अल्लाहले मात्र माग्नेहरूको इच्छा र मनोकामना पूरा गर्नुहुन्छ। यदि तिमीलाई सहयोग चाहियो भने, अल्लाह बाहेक अरू कसैसँग सहयोग नखोज। तिमीमा यो दृढ विश्वास रहोस् कि, यदि पृथ्वीका सबै मानिसहरू एकजुट भई तिमीलाई कुनै लाभ पुर्याउन खोजे पनि, अल्लाहले तिम्रो लागि लेखिदिनुभएको बाहेक उनीहरूले कुनै लाभ पुर्याउन सक्ने छैनन्। यदि उनीहरू सबै एकजुट भई तिमीलाई हानि पुर्याउन खोजे पनि, अल्लाहले तिम्रो भाग्यमा लेखिदिनुभएको बाहेक उनीहरूले कुनै हानि गर्न सक्ने छैनन्। यो विषय अल्लाहले आफ्नो तत्वदर्शिता र ज्ञान अनुसार लेखि निर्धारण गर्नुभएको छ र उहाँले लेखेको कुरा कहिल्यै परिवर्तन हुँदैन। जो व्यक्ति अल्लाहका आदेशहरूको पालन गर्छ र उहाँले निषेध गर्नुभएका कुराहरूबाट टाढा रहन्छ, अल्लाहले उसको रक्षा गर्नुहुन्छ, उसलाई मार्गदर्शन गर्नुहुन्छ र सहयोग प्रदान गर्नुहुन्छ। जब कुनै व्यक्ति सुख र समृद्धिको समयमा अल्लाहको आज्ञा पालन गर्छ, तब अल्लाहले कठिनाइ र संकटको समयमा उसलाई राहत दिनुहुन्छ र निकासको मार्ग देखाइदिनुहुन्छ। प्रत्येक व्यक्तिले अल्लाहद्वारा आफ्नो भाग्यमा निर्धारित गरिएको राम्रो र नराम्रो दुवै कुरामा सन्तुष्ट रहनुपर्छ। कठिनाइ र परीक्षाको समयमा धैर्य धारण गर्न आवश्यक छ, किनभने धैर्यसँगै अल्लाहको सहायता आउँछ। वास्तवमा, संकटसँगै राहत पनि हुन्छ र निश्चय नै हरेक कठिनाइमा सहजता निहित हुन्छ।
अबु अम्र (केहीले अबु अम्राह पनि भनेका छन्) सुफयान बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) बाट वर्णित छ, उहाँले भन्नुभयो: मैले भने: हे अल्लाहको रसूल! मलाई इस्लामको बारेमा एउटा यस्तो कुरा बताउनुहोस् जुन मैले अरू कसैलाई सोध्न नपरोस् । उहाँले भन्नुभयो: "भन, म अल्लाहमा विश्वास गर्छु र त्यसपछि त्यसमा अडिग रहनु।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को एक साथी सुफयान बिन अब्दुल्लाहले उहाँलाई इस्लामको अर्थलाई व्यापक रूपमा समेटिएको कुरा सिकाउन अनुरोध गरे, ताकि उसले यसलाई दृढताका साथ पालना गरून् र यसको बारेमा अरू कसैलाई सोध्न नपरोस् । त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई भन्नुभयो: भन, अल्लाह एक हुनुहुन्छ र उहाँ नै मेरो परमेश्वर, मेरो सृष्टिकर्ता र पूज्य हुनुहुन्छ र उहाँको कोही साझेदार छैन भनेर म विश्वास गर्दछु । त्यसपछि अल्लाहको आदेशको पालना गरेर र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहेर उहाँको आज्ञापालन गर्नु र त्यसमा अडिग रहनु ।
अबु अब्दिल्लाह जाबिर बिन अब्दुल्लाह अल-अन्सारी (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्: एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग सोधे, "यदि म अनिवार्य नमाजहरू कायम राख्छु, रमजानमा उपवास बस्छु, हलाल (वैध) लाई हलाल मानेर अनुसरण गर्छु र हराम कुराहरूलाई त्याग्छु र यसबाहेक अरू केही गर्दिनँ भने — के म स्वर्ग (जन्नत) मा प्रवेश गर्नेछु?" उहाँले उत्तर दिनुभयो: "हो (तिमी स्वर्गमा प्रवेश गर्नेछौ)।"
मुस्लिमले वर्णन गरेका छन्यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जसले अनिवार्य पाँच पटकको नमाज पढ्छ तर नवाफिल (अतिरिक्त र स्वैच्छिक सलाह) पढ्दैन, रमजानको व्रत बस्छ र अतिरिक्त वा स्वैच्छिक उपवासहरू बस्दैन, हलाललाई हलाल ठानेर गर्छ र हरामलाई हराम मानेर त्याग्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
मुआज बिन जबल (रजियल्लाहु अन्हु) बाट वर्णित छ, उहाँले भन्नुभयो, “मैले सोधेँ, ‘हे अल्लाहका रसूल! मलाई यस्तो कर्मको बारेमा बताउनुहोस्, जसले मलाई स्वर्गमा प्रवेश गराओस् र नर्कबाट टाढा राखोस्।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "तिमीले मसित ठूलो कुराको बारेमा सोधेको छौ र यो त्यसको लागि मात्र सहज हुन्छ, जसका लागि अल्लाहले सहज बनाइदिनुहुन्छ: अल्लाहको उपासना गर र उहाँसँग कसैलाई साझेदार नबनाऊ। नमाज कायम गर, जकात देऊ, रमजान महिनाको रोजा (व्रत) बस र बैतुल्लाह (काबा) को हज गर।" फेरि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "के म तिमीलाई भलाइ (कल्याण) का ढोकाहरूको बारेमा नबताऊँ? रोजा ढाल हो र दानले पापहरूलाई त्यसरी नै मेटाइदिन्छ, जसरी पानीले आगोलाई निभाउँछ। त्यसैगरी, मानिसले रातमा पढ्ने नमाज ।" त्यसपछि उहाँ ले यो आयत पढ्नुभयो: "तिनीहरू (रात्रीको समयमा) आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन्। तिनीहरू आफ्ना पालनकर्तालाई भय एवं आशाका साथ पुकार्छन् र हामीले प्रदान गरेका कुराहरूबाट खर्च गर्छन्। अनि कुनै पनि व्यक्तिलाई थाहा छैन कि उनीहरूले गर्ने कर्मको प्रतिफलस्वरूप उनीहरूका लागि आँखालाई शीतलता प्रदान गर्ने कस्तो कुरा लुकाएर राखिएको छ।" (सुरह सज्दा, १६-१७)। फेरि उहाँले भन्नुभयो, "के म तिमीलाई धर्मको मूल आधार, केन्द्रिय स्तम्भ र त्यसको सर्वोच्च शिखरको बारेमा नबताऊँ?" मैले भनेँ, 'अवश्य बताइदिनुहोस्, हे अल्लाहका रसूल!' उहाँले भन्नुभयो, "धर्मको मूल आधार इस्लाम (समर्पित गर्नु) हो, यसको केन्द्रिय स्तम्भ नमाज हो र यसको सर्वोच्च शिखर 'जिहाद' हो।" त्यसपछि उहाँले भन्नुभयो, "के म तिमीलाई यी सबै कुराको सार नबताऊँ?" मैले भनेँ, 'अवश्य बताइदिनुहोस्, हे अल्लाहका रसूल!' उहाँले आफ्नो जिब्रो समातेर भन्नुभयो, "यसलाई नियन्त्रणमा राख।" मैले सोधेँ, 'हे अल्लाहका नबी! के हामी बोलेका कुराहरू प्रति पनि जवाफदेह हुनेछौं?' उहाँले भन्नुभयो, "हे मुआज! तिम्रो आमाले तिमीलाई गुमाओस्! (यो अरबी भाषामा सावधान गराउन भनिन्छ) मानिसहरूलाई उनीहरूको अनुहार वा नाकद्वारा घिसारेर आगोमा फ्याँकिनुको कारण उनीहरूको जिब्रो (बोली) नै त हो।"
तिर्मीजीले वर्णन गरेका छन्मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो: एक यात्रामा म नबी (सल्लल्लाहु अलैहि व सल्लम) को साथमा थिएँ र एक दिन म उहाँसँग नजिक भएँ जब हामी हिँडि रहेका थियौं । अत: मैले भनेँ: हे अल्लाहका रसूल ! मलाई जन्नत (स्वर्ग) लैजाने र नरकबाट टाढा राख्ने कुरा बताइ दिनुहोस् । उहाँले भन्नुभयो : तिमीले मसित एउटा महान् कामका बारेमा सोध्यौ जो मनको लागि भारी हुन्छ । तर अल्लाहले साथ दिनु भयो भने सजिलो पनि हुन्छ । इस्लामका फराइज (अनिवार्य कर्म) हरू पुरा गर । अल्लाहको उपासना गर र उहाँका साथमा कसैलाई साझी न बनाऊ । दोस्रो : तिमीले दिन रातमा अनिवार्य गरिएका नमाज़ कायम गर । फजर, जोहर, असर, मग्रिब र इशा तिनका शर्त र आधार एवं वाजिबहरूका साथ।" तेस्रो: तिमीले अनिवार्य जकात निकाल, जुन इस्लामिक कानूनमा निश्चित मात्रामा पुग्ने सबै सम्पत्तिमा अनिवार्य हुन्छ र यो यसको हकदारहरूलाई दिइन्छ। चौथो: रमजानको रोजा राख, रोजा भनेको उपासनाको मनसायले खानु पिउनु र यस बाहेक रोजा तोड्ने अन्य चीजहरूबाट बिहान सूर्योदय देखि सूर्यास्तसम्म रोकिनु हो । पाँचौं: तपाईंले अल्लाहको उपासनाका लागि अल्लाहको घर मक्का जानु र हजका अर्कान ( गर्नु पर्ने अनिवार्य कामहरू) पूरा गर्नु । फेरि उहाँले भन्नुभयो: के म तिमीलाई भलाइको ढोकामा पुर्याउने माध्यमहरूको बारेमा न बताउँ ? यो ती फर्जहरू र नफ्लहरू पुरा गरेर हुन्छ : पहिलो: स्वैच्छिक (नफ्ल) उपवास, यसले मनोकांक्षाहरू र शक्तिलाई कमजोर बनाएर पापहरूमा पर्नबाट रोक्छ । दोस्रो: स्वैच्छिक दान यसले पाप गरि सकेपछि त्यसलाई हटाउँछ र यसको प्रभावलाई मेटाउँछ। तेस्रो: रातको अन्तिम तिहाइमा तहज्जुदको नमाज पढ, त्यसपछि उहाँले, अल्लाह तआलाको यो कथन पढ्नु भयो: {तिनीहरू आफ्नो ओछ्यानबाट अलग्गै रहन्छन् } अर्थात्, तिनीहरूले आफूलाई {ओछ्यानबाट} टाढा राख्ने गर्छन् । आराम गर्ने ठाउँहरूबाट, {उनीहरूले पुकारेका हुन्छन् आफ्ना पालनकर्तालाई} नमाज र दुआ जिक्र र कुरआन पढेर {डर र आशाका साथ र हामीले उनीहरूलाई दिएका कुराहरूबाट खर्च गर्दछन्, त्यसैले कसैलाई थाहा छैन तिनीहरूको आँखामा शितलताका लागि के लुकाएर राखिएको छ} अर्थात् यस्ता चिजहरू जसले उनीहरूको आँखा शितल होलान् कयामतका दिन सदा रहने वाला जन्नतमा । {बदलाको रुपमा उनीहरूका कर्महरूको जो उनीहरूले गरेका हुन् ।} तब उहाँ (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: के म तिमीलाई {दीन} धर्मको असल बारेमा बताइदिउँ र त्यसको स्तम्भ जसमा यो निर्भर छ ? अनि यसको शिरका बारेमा न बताइदिउँ ? मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो : (जरूर) बताउनुहोस् , हे अल्लाहका रसूल ! नबी, (सल्लल्लाहु अलैहि व सल्लम) ले, भन्नुभयो: कार्यको मूल आधार इस्लाम हो, जुन शाहदतैन (दुई कलिमा) मा समेटिएको छ। यी दुई कलिमाको माध्यमबाट व्यक्तिसँग धर्मको मूल सार रहन्छ। त्यसको स्तम्भ : नमाज हो । नमाज नभए इस्लाम हुँदैन । जसरी स्तम्भ बिना घरको कल्पना गर्न सकिदैन । अत: जसले नमाज पढ्छ उसको दीन (धर्म) दर्हो हुन्छ र उच्च हुन्छ । यसरी नै यसको जुरोको टुप्पो र यसको उच्चता अल्लाहको बोल उच्च गर्नका निमित्त अल्लाहका शत्रुहरूका साथमा जिहादद्वारा हुन्छ । त्यसपछि (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : के म तिमीलाई बितेका कुराहरूको बुद्धिमत्ता र पूर्णताको बारेमा नभनूँ? उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो जिब्रो समात्नु भयो र भन्नुभयो : यसलाई रोकेर राख र तिम्रो सरोकार नभएको कुरा न बोल । मुआज (रजियल्लाहु अन्हु) ले भन्नुभयो : के हामीले बोलेका हरेक कुरामा हामीलाई हाम्रा रब (पालनकर्ता ) ले पकड गर्नु हुन्छ र हिसाब लिनु हुन्छ र सजाय दिनु हुन्छ ?। उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "तिमीलाई तिम्रो आमाले हराओस् ।" यो वाक्यले श्राप दिएको भनिदैन । अरबहरू यस्तो शब्दको प्रयोग कुनै यस्तो कुरालाई जसबाट सावधान हुनु पर्ने थियो तर सावधान नभए र वा थाहा पाउने पर्ने तर थाहा नभएको रहेछ भने भन्ने गर्छन् । फेरि उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मान्छेहरूलाई मुख घोप्ट्याएर जहन्नम (नरक) मा फ्यालिने कारण यही हो कि उनीहरू आफ्नो मुखले कुफ्रका वाक्यहरू बोल्ने गर्थे । गाली गलौच, कुरा काट्नु, कुरा लगाउनु र लाञ्छना लगाउनु आदि गर्ने गर्छन् ।
इब्न अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सर्वोच्च र महान पालनकर्ताबाट यो कुरा बयान गर्नुभएको छ, अल्लाहले भन्नुभयो: "अल्लाहले राम्रा र नराम्रा दुवै प्रकारका कार्यहरू निर्धारित गरी स्पष्ट पारिदिनुभएको छ। त्यसकारण, जुन व्यक्तिले कुनै सत्कर्म गर्ने निर्णय गर्यो तर गरेन भने, अल्लाहले उसको नाममा एउटा पूर्ण पुण्य लेखिदिनुहुन्छ। यदि उसले त्यो सत्कर्म गर्ने निर्णय गरी कार्यान्वयन गर्यो भने, अल्लाहले उसको लागि दश गुणादेखि सात सय गुणासम्म र त्यसभन्दा पनि अधिक गुणा पुण्य लेखिदिनुहुन्छ। यदि कसैले कुनै पाप गर्ने विचार गर्यो तर गरेन भने, अल्लाहले उसको लागि एउटा पूर्ण पुण्य लेखिदिनुहुन्छ। यदि उसले त्यो पापको विचार गरी त्यसलाई कार्यान्वयन गर्यो भने, अल्लाहले उसको लागि एउटा मात्र पाप लेखिदिनुहुन्छ।"
رواه البخاري ومسلم في صحيحيهما بهذه الحروفरसूल (सल्लल्लाहु अलैहि वसल्लम) स्पष्ट पार्दै हुनुहुन्छ, अल्लाहले पुण्य कर्महरू र दुष्ट कर्महरू निर्धारण गर्नुभएको छ र त्यसपछि ती कसरी लेख्ने भनेर दुवै फरिशता (स्वर्गदूत) हरूलाई निर्देशन दिनुभएको छ : जसले पुण्य कर्म गर्ने मनसाय र संकल्प गर्यो, तर गर्न सकेन भने पनि उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । यदि उसले मनसाय अनुसार राम्रो काम गर्यो भने उसको लागि दशदेखि सात सय गुणासम्म वा अझ बढी हृदयमा रहेको इमान्दारिता र यस कार्यबाट अरूलाई हुने लाभको आधारमा नेकी (पुण्य) लेखिन्छ । जसले दुष्ट कर्म गर्ने दृढतापूर्वक मनसाय राख्यो तर अल्लाहको लागि छोड्यो, उसको लागि एक नेकी (पुण्य) लेखिन्छ । तर यदि उसले इच्छाएको गलत कार्य गर्ने चासो नभएर वा त्यसो गर्ने स्रोतसाधनलाई पनि बेवास्ता गर्यो भने केही लेखिने छैन । तर पापको कार्य गर्ने सामर्थ्य नभई दुष्कर्म छोड्छ भने उसको मनसाय विरुद्ध लेखिन्छ र यदि उसले गर्छ भने, उसको खातामा एक पाप लेखिन्छ ।
अबू हुरैरा (रज़ियल्लाहु अन्हु) बाट वर्णित छ, उनले भने, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहले भन्नुहुन्छ : जसले मेरो 'वली' (असल भक्त) प्रति शत्रुता राख्छ, म उसकै विरुद्ध युद्धको घोषणा गर्छु। मेरा भक्तहरूले मेरो सामीप्य प्राप्त गर्ने कार्यहरूमध्ये, मैले उनीहरूमाथि अनिवार्य (फर्ज) गरेका कार्यहरू नै मलाई सबैभन्दा प्रिय छन्। जब मेरो भक्त थप 'नफ़ील' (स्वैच्छिक उपासना) मार्फत मेरो नजिक हुने प्रयास गर्छ, तब म उसलाई माया गर्न थाल्छु। जब म उसलाई माया गर्छु, म उसको कान (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) सुन्छ; म उसको आँखा (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) देख्छ; म उसको हात (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुरा) पक्रन्छ; र म उसको पाइलाहरू (को रक्षा गर्छु) जसबाट ऊ (मलाई प्रसन्न पार्ने कुराको लागि) हिँड्छ। यदि उसले मसँग माग्छ भने, म उसलाई अवश्य दिन्छु; र यदि उसले मसँग शरण माग्छ भने, म उसलाई अवश्य शरण दिन्छु।"
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीस-ए-कुद्सीमा खबर दिनुभयो, अल्लाह अज़्ज़ व जल्ले भन्नुहुन्छ: “जसले मेरो कुनै प्रिय बन्दालाई हानि पुर्याउँछ, रिसाउँछ वा घृणा गर्छ, मैले उसलाई जानकारी गराएको छु र उसको विरुद्धमा मेरो शत्रुता घोषणा गरेको छु। वली : आस्थावान् र अल्लाहको भय राख्ने व्यक्तिलाई जनाउँछ। भक्तमा जति दृढ विश्वास (ईमान) र धर्मपरायणता (तक्वा) हुन्छ, उसले त्यति नै अल्लाहको (विलायत) प्रसन्नता र सामीप्य प्राप्त गर्दछ। मुस्लिम भक्तका लागि आफ्नो प्रभुको सामीप्य प्राप्त गर्न उहाँले अनिवार्य गर्नुभएका तथा मनपराउनुभएका आज्ञाकारिताका कार्यहरू पूरा गर्नु र निषेध (हराम) कुराहरूबाट टाढा रहनुभन्दा प्रिय अन्य कुनै माध्यम हुँदैन। त्यसैगरी, जब मुस्लिम व्यक्ति अनिवार्य कर्तव्यहरू साथसाथै स्वैच्छिक उपासनाहरुको माध्यमबाट पनि निरन्तर आफ्नो प्रभुको नजिक हुन प्रयत्नशील रहन्छ, अन्ततः उसले अल्लाहको प्रेम प्राप्त गर्दछ। जब अल्लाहले उसलाई प्रेम गर्नुहुन्छ, तब उहाँले उसका चार अङ्गहरूलाई मार्गदर्शित गर्नुहुन्छ : उहाँले उसको कानलाई निर्देशित गर्नुहुन्छ, जसले उसले परमेश्वरलाई खुशी पार्ने कुरा मात्र सुन्छ । उहाँले उसको आँखालाई निर्देशित गर्नुहुन्छ, जसले उसले केवल परमेश्वरलाई खुशी पार्ने कुरा हेर्छ । उहाँले उसको हातलाई निर्देशित गर्नुहुन्छ, जसले उसले आफ्नो हातले परमेश्वरलाई खुशी पार्ने कुरा बाहेक केही गर्दैन । उहाँले उसका पाइलाहरूलाई निर्देशित गर्नुहुन्छ, जसकारण ऊ केवल परमेश्वरलाई प्रसन्न पार्ने कुराको लागि हिँड्छ र केवल त्यस कुराको लागि प्रयास गर्छ जसमा कल्याण हुन्छ। योसँगै, यदि उसले अल्लाहसँग केही माग्छ भने, अल्लाहले उसलाई उसले मागेको कुरा प्रदान गर्नुहुन्छ र उसको प्रार्थना स्वीकार हुन्छ। यदि उसले अल्लाहसँग शरण माग्छ र संरक्षणको लागि उहाँतिर फर्कन्छ भने, अल्लाहले उसलाई शरण दिनुहुन्छ र उसले डराएको कुराबाट उसको रक्षा गर्नुहुन्छ।
अबु मुहम्मद अब्दुल्लाह बिन अम्र बिन अल-आस (रदियल्लाहु अन्हुमा) बाट वर्णन गरिएको छ, उहाँले भन्नुहुन्छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूमध्ये कोही पनि साँच्चिकै आस्थावान हुन सक्दैनौ जबसम्म उसको इच्छा मैले ल्याएको कुरा अनुरूप हुँदैन।"
رويناه في كتاب الحجة بإسناد صحيحनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, कुनै व्यक्ति तबसम्म पूर्णतः आस्थावान् हुँदैन, जबसम्म उसको प्रेम र अभिरुचि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का आदेश र निषेधअनुसार हुँदैन। साँचो आस्थावान् त्यही हो, जसले रसूलले आदेश दिनुभएका कार्यहरूप्रति प्रेम राख्छ र जुन कुराहरूलाई निषेध गर्नुभएको छ, त्यसप्रति घृणा राख्छ।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "चारवटा गुणहरू छन्; जुन व्यक्तिमा यी सबै पाइन्छन्, ऊ पूर्ण मुनाफिक (पाखण्डी, कपटी) हो र यदि तीमध्ये कुनै एक गुण पाइन्छ भने, उसमा पाखण्डको एक अंश हुन्छ, जबसम्म उसले त्यसलाई त्याग्दैन। — जब ऊ बोल्छ, झूट बोल्छ; जब वाचा गर्छ, पूरा गर्दैन; जब विवाद गर्छ, अन्यायपूर्ण व्यवहार गर्छ; र जब सम्झौता गर्छ, त्यसमा धोका दिन्छ।"
رواه البخاري ومسلمनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले चार लक्षणहरू विरुद्ध चेतावनी दिनुभएको छ । यदि ती लक्षणहरू कुनै मुस्लिममा भयो भने ऊ धेरै हदसम्म पाखण्हडीरू जस्तै हुन्छ । हामी यहाँ ती व्यक्तिको बारेमा कुरा गर्दैछौं जसको व्यक्तित्वमा यी गुणहरू हावी हुन्छन् । यदि कसैमा कहिलेकाहीं यी गुणहरू हुन्छन् भने त्यो यसमा समावेश छैन, ती निम्न हुन् : पहिलो: जब ऊ बोल्छ, जानाजानी झूट बोल्छ र उसको बोलीमा सत्यता हुँदैन । दोस्रो : जब उसले सम्झौता गर्छ, त्यो पूरा गर्दैन र अर्को पक्षलाई धोका दिन्छ । तेस्रो : जब उसले वाचा गर्छ, पूरा गर्दैन अनि तोड्छ । चौथो: यदि उसले कसैसँग झगडा गर्छ भने उसको झगडा गम्भीर हुन्छ, ऊ सत्यबाट विचलित हुन्छ र सत्यलाई झुठो प्रमाणित गर्न झूट बोल्छ । निफाक (कपट) भनेको जसको भित्री रुप उसको बाहिर रुप विपरीत हो। यो अर्थ यी गुणहरू भएको व्यक्तिमा हुन्छ र उसको कपट त्यो व्यक्तिसँग सम्बन्धित हुन्छ जससँग उसले कुरा गरेको, वाचा गरेको, जिम्मा दिएको, बहस गरेको र मानिसहरूबाट वाचा गरेको थियो । यसको अर्थ यो होइन कि ऊ कपटी हो । जसमा यी मध्ये कुनै एक गुण छ, त्यसमा पाखण्डको गुण हुन्छ जबसम्म उसले यसलाई त्याग्दैन।