





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "मृत्युलाई सेतो र कालो भेडा को रूपमा ल्याइनेछ ।" तब एक पुकार्नेले पुकार्नेछ: हे स्वर्गवासीहरू हो! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीहरूले यस( भेडा)लाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । तब उद्घोषकले पुकार्नेछ: हे नरकवासीहरू! तिनीहरूले आफ्नो घाँटी र टाउको उठाएर हेर्नेछन् । पुकार्नेले भन्नेछ: के तिमीले यसलाई चिन्छौ? तिनीहरूले जवाफ दिनेछन्: हो! यो मृत्यु हो र सबैले यसलाई देखेको हुन्छन् । त्यसपछि यो भेडा (मृत्यु) लाई वध गरिनेछ र उद्घोषकले पुकार्नेछ: हे स्वर्गवासीहरू! तिमीहरु सधैं स्वर्गमा बस, अब मृत्यु आउदैन र हे नरकवासीहरू! तिमीहरू सधैं नरकमै बस, अब मृत्यु आउदैन । त्यसपछि उहाँले यो (कुरआनको) आयत पढ्नुभयो : {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरू अचेत अवस्थामा हुनेछन् ।} [सूरह मर्यम : ३९] अर्थात् यिनीहरु लापरवाहीमा छन् { र ईमान स्वीकार्ने छैनन् } । [सूरह मर्यम : ३९]
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : मृत्युलाई न्यायको दिन भाले भेडाको रूपमा ल्याइनेछ, जसको रंग सेतो र कालो हुनेछ । त्यसपछि पुकारिनेछ: हे स्वर्गवासीहरू! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र हेर्नेछन् । उद्घोषकले तिनीहरूलाई सोध्नेछ: के तिमीहरूले यसलाई चिन्छौ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । सबैले (पहिले नै) त्यसलाई हेरेर चिनि सकेका थिए । त्यसपछि उद्घोषकले पुकार्नेछ : हे नरकवासीहरू हो ! तः तिनीहरू आफ्नो घाँटी र टाउको उठाउँनेछन् र हेर्नेछन् । उद्घोषकले सोध्नेछ: के तिमीहरूले यसलाई चिन्छौ ? तिनीहरूले भन्नेछन्: हो, यो मृत्यु हो । तिनीहरू सबैले (पहिले नै) त्यसलाई हेरेर चिनि सकेका थिए । त्यसपछि यो भेडालाई मारिनेछ र आवाज दिनेले भन्नेछन्– हे स्वर्गवासीहरू हो! अब तिमीहरू सधैंभरि बाँच्नेछौ, मृत्यु आउने छैन । हे नरकवासीहरु हो! अब तिमी सधैंभरि जीवित रहनेछौ र अब मर्ने छैनौ । मुमिन (विश्वासी) हरूले बढी आनन्द लिन सकुन् र काफिर (अविश्वासी) हरूले थप पीडा महसुस गर्न सकुन् भनेर यो घोषणा गरिनेछ । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत (श्लोक) पढ्नुभयो: {तिनीहरूलाई पश्चातापको दिनको चेतावनी दिनुहोस्, जब फैसला भइसकेको हुनेछ र तिनीहरूअचेत अवस्थामा हुनेछन् र ईमान स्वीकार्ने छैनन् ।} [सूरह मर्यम : ३९] र न्यायको दिन, स्वर्गवासी र नर्कवासीहरूको बीच फैसला हुनेछ र प्रत्येक व्यक्ति आ-आफ्नो निवासमा जानेछ, जहाँ उनीहरू सधैं रहनेछन् । त्यस दिन, दुष्ट व्यक्तिलाई राम्रो काम नगरेकोमा र लापरवाह व्यक्तिलाई राम्रो काममा सक्रिय रूपमा सहभागी हुन नसकेकोमा सन्ताप एवं पछुतो हुनेछ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उहाँ भन्नुहुन्छ: अह्ले किताब (यहुदी र ईसाईहरू) हिब्रूमा तौरात आफैं पढेर मुस्लिमहरूका लागि अरबीमा व्याख्या गर्थे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “तिमीहरू अहले किताबलाई न त पत्याऊ, नत उनीहरूलाई झुटा ठहराऊ।, तर भन कि: {हामी अल्लाहमा र हामीमाथि अवतरण गरिएको कुरामा विश्वास गर्छौं ।” [अल- बकरह: १३६]
बुखारीले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो समुदायलाई अह्ले किताब (यहुदी र ईसाईहरू) ले आफ्ना पुस्तकहरूबाट बयान गर्ने कुराहरूबाट धोका नखान सचेत गर्नु भएको छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को समयमा यहूदीहरूले हिब्रू भाषामा तौरात पढ्थे, जुन यहूदीहरूको भाषा हो र त्यसपछि अरबीमा व्याख्या गर्ने गर्थे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: “अह्ले किताब (यहुदी र ईसाईहरू)को कुरामा न त विश्वास गर, न त उनीहरूलाई झुटा ठहर्याऊ, तर यो कुरा त्यस्ता विषयहरूका लागि हो, जहाँ सत्य र असत्य छुट्याउन सकिँदैन। किनभने अल्लाहले हामीलाई कुर्आन र अहले-ए-किताबका पुस्तकहरूमा विश्वास गर्न आदेश दिनुभएको छ, तर, हाम्रो लागि ती अह्ले-किताबका किताबहरूमा लेखिएका कुरा सत्य हो कि असत्य, छुट्याउन सम्भव छैन, जबसम्म हाम्रो शरीयतले त्यसको सत्यता वा असत्यता स्पष्ट पार्ने प्रमाण दिदैन। त्यसैले हामीले ती कुराहरू प्रति कुनै धारणा राख्दैनौं, र हामीले न त उनीहरूलाई सत्य नै मान्छौं, ताकि तिनीहरूले गरेको हेरफेरमा साझेदार नहोऔं र हामी उनीहरूलाई झुटो पनि भन्दैनौँ, किनभने त्यो कुरा सत्य पनि हुन सक्छ, र यदि हामीले त्यसलाई अस्वीकार गर्यौँ भने हामीलाई विश्वास गर्न आदेश दिइएको कुराको हामीले खण्डन गरेको हुनेछौं। बरु रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई निम्न भन्न आदेश दिनुभयो : “हामीले अल्लाहमाथि ईमान ल्यायौं र त्यस (ग्रन्थ) माथि जुन हामीतिर अवतरण गरियो र त्यसमाथि पनि जुन इब्राहीम, इस्माईल, इस्हाक, याअ्कूब एवं (याअ्कूबका) सन्तानहरूमाथि अवतरण गरियो अनि जुन मोसेस एवं ईसालाई प्रदान गरियो तथा जुन अन्य सन्देष्टाहरूलाई उनका ‘रब(पालनकर्ता)’ को तर्फबाट प्रदान गरियो । हामी यिनीहरूबीच कुनै विभेद गर्दैनौं । र, हामी उनै (अल्लाह) को आज्ञाकारी हौं ।” {कुरआनः अल्-बकरह : १३६}
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, "नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले सूरहको अन्त्य र शुरुआत तबसम्म थाहा पाउनु भएन, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएन।"
अबू दाऊदले वर्णन गरेका छन्अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अनहुमा)ले स्पष्ट पारेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) माथि कुर्आनका सूरहहरू अवतरित गरिन्थ्यो, तर उहाँलाई एउटा सूरहको अन्त्य र अर्को सूरहको शुरुआत भएको थाहा हुँदैनथ्यो, जबसम्म उहाँमाथि 'बिसमिल्लाहिर रहमानिर रहीम' अवतरण भएको थिएन। त्यस अवतरण पछि उहाँलाई अघिल्लो सूरह सकिएको र नयाँ सूरह शुरु भएको थाहा हुन थाल्यो।"
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "कुरआन पढ्ने व्यक्तिलाई भनिनेछ: पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर । तिमीले संसारमा जसरी तिलावत (वाचन) गर्थ्यौ, त्यस्तै पढ्दै गर, किनकि तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।"
अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, सधैं कुरआन पढ्ने, त्यसलाई कण्ठ पार्ने र त्यही अनुसार कर्म गर्ने व्यक्तिलाई, स्वर्गमा प्रवेश गरिसकेपछि भनिनेछ : कुरआन पढ्दै गर र माथि श्रेणीमा आरोहण गर्दै गर। तिमीले जसरी संसारमा सम्झेर मनन गर्दै विस्तारै तिलावत गर्थ्यौ, त्यसैगरी पढ्दै गर; तिम्रो स्थान तिमी अन्तिम आयत(श्लोक) पढ्दै जहाँ पुग्छौ, त्यहीँ हुनेछ।
अबु अब्दुर्रहमान सुलमी भन्छन्: "हामीलाई शिक्षा दिने नबि (सल्लल्लाहु अलैहि वसल्लम)का साथीहरूले हामीलाई बताए कि, उनीहरू नबि (सल्लल्लाहु अलैहि वसल्लम)बाट दश श्लोकहरू पढ्थे। त्यसपछि, ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म राम्रोसँग नबुझ्ने सम्म अर्को दश श्लोकहरू सिक्दैन्थे। सहाबाले भने: 'त्यसरी नै हामीले ज्ञान र कर्म (इल्म र अमल) दुवै प्राप्त गर्यौं।'
अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरूको कुर्आन सिक्ने तरिका के थियो भने, उनीहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट दश श्लोकहरू सिक्ने गर्थे र ती दश श्लोकहरूमा रहेको ज्ञान र कर्म नसिकेसम्म अन्य दश श्लोकहरू सिक्दैन्थे । यसरी उनीहरु ज्ञान र अभ्यास (इल्म र अमल) दुवै एकैसाथ सिक्न सफल भए ।
उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान् हो ?" उनले भने: अल्लाह र उहाँका रसूललाई राम्रोसँग थाहा छ । उहाँले (दोस्रो पटक) सोध्नुभयो: "हे अबुल मुन्जिर! के तिमीलाई थाहा छ, अल्लाहको पुस्तकको कुन आयत (श्लोक) सबैभन्दा महान हो ?" उनी भन्छन्, मैले भने: {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कय्यूम} [सूरह अल-बकरह : २५५] उनी भन्छन् : यो सुनेर उहाँले मेरो छाती थपथप्याउनु भयो र भन्नुभयो: "अल्लाहको कसम! हे अबुल मुन्जिर! तिम्रो लागि यो ज्ञान श्रेयस्कर होस् ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) सगँ अल्लाहको पुस्तकको सबैभन्दा महान् आयातको बारेमा सोध्नु भयो र उनी जवाफ दिन हिचकिचाए तर पछि उनले जवाफ दिए : महान् श्लोक आयतुल-कुर्सी; {अल्लाहु लाइला-ह इल्ला हुवल-हय्युल कैयूम} हो। नबी(सल्लल्लाहु अलैहि वसल्लम)ले उनको जवाफ लाई स्वीकृत गर्नुभयो र उनको छाती ज्ञान र विवेकले भरिएको छ भनेर संकेत गर्न उनको छाती आफ्नो हातले थपथप्याउनु भयो । यो ज्ञान उनको लागि खुशीको स्रोत बनोस् र ज्ञान प्राप्ती सहज होस् भन्ने कामना पनि उहाँले गर्नुभयो ।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन् : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हरेक रात, जब ओछ्यानमा जानुहुन्थ्यो, तब आफ्ना दुवै हत्केलाहरू एकसाथ जम्मा गर्नुहुन्थ्यो अनि त्यसमा फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास् ।" तीनवटै सुरत पढेर सकेसम्म शरीरमा दुवै हत्केलाले (मसह ) हल्का तरिकाले मुसार्नु हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरुवात गर्नुहुन्थ्यो र यसरी तीन पटक गर्नु हुन्थ्यो ।
बुखारीले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को तरीका के थियो भने जब उहाँ सुत्न ओछ्यानमा जानुहुन्थ्यो, उहाँले आफ्ना दुबै हत्केलाहरू एकसाथ जम्मा गरेर माथि उठाउनुहुन्थ्यो (जसरी दुआ गर्नेले हात उठाउँछ), अनि त्यसमा एकदमै थोरै थुकसहित फुक्नुहुन्थ्यो र "कुल हु-वल्लाहु अहद", र "कुल अऊजु बि-रब्बिल फलक" र "कुल अऊजु बि-रब्बिनास्, " तीनवटै सुरह पढेर सकेसम्म सम्पूर्ण शरीरमा दुवै हत्केलाले (मसह ) हल्का तरिकाले मुसार्नु हुन्थ्यो । आफ्नो टाउको, अनुहार र शरीरको अगाडिको भागबाट शुरु गर्नुहुन्थ्यो र यसरी तीन पटक गर्नुहुन्थ्यो ।
अदी बिन हातिम (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन् र इसाईहरू पथभ्रष्ट भएका हुन् ।"
तिर्मीजीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, यहूदीहरू अल्लाहको क्रोधमा परेका मानिसहरू हुन्, किनभने तिनीहरूले सत्य थाहा पाएर पनि सत्यको अनुसरण गरेनन् । जबकि क्रिस्चियनहरू एक भ्रामक समुदाय हुन् जसले कुनै ज्ञान बिना अभ्यास गर्दछन् ।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले निम्न श्लोकको तिलावत(पाठ) गर्नुभयो: {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ रहेका आयतहरूको पछि लाग्दछन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन् भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । र वास्तवमा बुद्धिमानहरूले मात्र उपदेश ग्रहण गर्छन् ।} [आलि-इमरान३: ७], आइशा (रजियल्लाहु अन्हा) भन्नुहुन्छ: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब(बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर चेतावनी दिएका छन्, त्यसैले तिनीहरूबाट सावधान रहनु।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो श्लोक पढ्नु भयो: {उहाँले नै तपाईंलाई कुर्आन प्रदान गर्नुभयो जसमा केही मुहकम (एकदमै स्पष्ट) आयतहरू छन्, जुन मूल किताब हुन् र केही मुतशाबिह (अनेकार्थ बोकेका) छन् । जसको हृदयमा टेढोपन र रोग छ, तिनीहरू उत्पात मचाउन (शंका उत्पन्न गर्न र मानिसहरूलाई पथभ्रष्ट पार्न ) मुतशाबिह- अनेकार्थ रहेका आयतहरूको पछि लाग्दछन् र मनपरी ढंगले ती आयतहरूको व्याख्या गर्छन् । वास्तवमा, यसको वास्तविक अर्थ अल्लाहबाहेक कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन् भन्दछन्– हामीले यस पूरै कुर्आनमाथि ईमान ल्यायौं, किनभने यी सबै हाम्रा पालनकर्ताको तर्फबाट हुन् । र वास्तवमा बुद्धिमानहरूले मात्र उपदेश ग्रहण गर्छन्} । यस श्लोकमा, सर्वशक्तिमान अल्लाहले भन्नुभयो: उहाँ नै हुनुहुन्छ जसले आफ्नो नबीमाथि कुर्आन अवतरण गर्नुभयो, जसमा स्पष्ट अर्थ भएका श्लोकहरू छन्, जसका नियमहरू सुस्पष्ट छन् र तिनीहरूमा कुनै भ्रम छैन । यी श्लोकहरू कुर्आनका मूल आधार हुन्, मतभेद र असहमतिको अवस्थामा यिनै अनुसार निर्णय गर्नुपर्छ । जबकि केही श्लोकहरू यस्ता छन्, जसमा एकभन्दा बढी अर्थको सम्भावना पाइन्छ, केही मानिसहरूलाई तिनीहरूको अर्थ बुझ्न गाह्रो हुन्छ वा तिनीहरू अन्य श्लोकहरूसँग विरोधाभास छ भन्ने ठान्छन्। त्यसपछि अल्लाहले मानिसहरूले यी श्लोकहरूसँग कसरी व्यवहार गर्छन् भन्ने कुरा बताउनुभएको छ: जसको हृदय टेढोपन र रोगले भरिएको छ, तिनीहरूले स्पष्ट श्लोकहरू छोड्छन् र एक भन्दा बढी अर्थ भएका सम्भाव्य श्लोकहरू लिन्छन्, र यसबाट शङ्का उत्पन्न गर्न र मानिसहरूलाई भ्रमित पार्न खोज्छन् र यसरी, तिनीहरूले आफ्नो इच्छा अनुसार व्याख्या गर्न खोज्छन् । यसको विपरित ज्ञानमा दृढ भएकाहरूले यी सम्भाव्य श्लोकहरू बुझ्छन् र यसलाई स्पष्ट आयतसँग सम्बन्धित गर्छन् र त्यसमाथि विश्वास गर्छन् र सम्पूर्ण श्लोकहरू अल्लाहबाटै आएका हुन् भनेर स्वीकार गर्छन्, र श्लोकहरू कुनै अस्पष्टता वा विरोधाभास हुन सक्दैन भन्ने कुरामा विश्वास राख्छन् । तर यसबाट शिक्षा लिने र सचेत हुने केवल बुद्धिमान मानिसहरू मात्र हुन्छन् । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आइशा (रजियल्लाहु अन्हा) लाई भन्नुभयो : जब तिमीले ती मानिसहरूलाई देख्छौ जसले कुरानका मुतशाबिह (अनेकार्थ रहेका) आयतहरूलाई पछ्याउँछन् , तब (बुझ्नु कि) ती नै ती व्यक्तिहरू हुन् जसको बारेमा अल्लाहले नाम लिएर यो भन्दै {अनि जुन मानिसहरूको हृदय विकृत छन} चेतावनी दिएका छन्, तिनीहरूबाट सावधान रहनु र तिनीहरूका कुराहरू नसुन्नु।"