Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way






























Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
यो हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको कसम खाएर भन्नु हुदैछ कि यहूदी , इसाई , वा अन्य कुनै समुदायको कुनै पनि व्यक्तिले जसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) को सन्देश बारे खबर हुन्छ र त्यसमा विश्वास नगरी मर्छ, ऊ नरकका बासिन्दाहरूमध्ये हुनेछ र त्यहाँ सधैं रहनेछ।
आइशा र अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, जब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को देहावसानको समय नजिक आयो, उहाँले आफ्नो अनुहारमा कपडाको एउटा टुक्रा राख्नुभयो र पीडाले सास फेर्न गाह्रो भएपछि त्यो टुक्रा हटाउनुभयो र यही कठिन परिस्थितिमा भन्नुभयो: यहूदी र ईसाईहरूमाथि अल्लाहको श्राप होस् । अर्थात्, अल्लाहले तिनीहरूलाई आफ्नो दयाबाट टाढा राखून् । किनभने तिनीहरूले आफ्ना नबीहरूको चिहानमाथि मस्जिदहरू बनाएका थिए । याद रहोस्, चिहानमाथि मस्जिद बनाउने विषय गम्भीर नभएको भए यो कठिन समयमा उहाँले उल्लेख गर्नुहुने थिएन । यो समस्याको गम्भीरता देखेर उहाँले आफ्नो उम्मतलाई यहूदी र इसाईहरूको जस्तो काम गर्न निषेध गर्नुभएको छ । यस कार्यलाई निषेध गर्नुको अर्को कारण यो हो कि यसले शिर्कको ढोका खोल्छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो रब (प्रभु) सँग दुआ (प्रार्थना) गर्नुभयो, कि उहाँको चिहान मूर्ति झैं नबनोस्, जस्को आदरसत्कार गरि पुजा अर्चना गरिन्छ, र त्यस तर्फ फर्केर सजदा1 गरिन्छ । त्यसपछि उहाँले भन्नुभयो, जसले आफ्ना नबीहरूको चिहानलाई मस्जिदमा परिणत गरे, अल्लाहले तिनीहरुलाई आफ्नो कृपाबाट टाढा गर्नु भएको छ । किनकि चिहानलाई उपासना गर्ने ठाउँ बनाउनु भनेको तिनीहरूको पूजा गर्नु र त्यस प्रति आस्था स्थापित गर्नु हो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वर्णन गर्नुहुन्छ, महान अल्लाहले भन्नुभएको छ : म सबै साझेदारहरूको शिर्क (साझेदारी) बाट निस्पृह छु । उहाँ हरेक कुराबाट निस्पृह हुनुहुन्छ । जब कुनै व्यक्तिले कुनै असल काम गर्छ तर अल्लाह र गैर-अल्लाह दुवैको लागि गर्छ; तब अल्लाहले उसको त्यो कर्म रद्द गरिदिनु हुन्छ, त्यसलाई स्वीकार गर्नुहुन्न र त्यो कर्मलाई उसको अगाडि फ्याँकिदिनुहुनेछ । तसर्थ, असल कर्महरू विशुद्ध रूपमा अल्लाहको लागि गर्नुपर्छ । किनभने अल्लाहले त्यो कर्मलाई स्वीकार गर्नुहुन्छ, जुन विशुद्ध रूपमा उहाँको खुशीको लागि गरिन्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको दृष्टिमा आफ्नो स्थान र उहाँ अल्लाहको समीप प्रेमको सर्वोच्च स्थानमा हुनुहुन्छ भनी बताउनुभएको छ । अल्लाहको नजरमा उहाँको त्यही स्थान छ, जुन इब्राहीम (अलैहिस्सलाम) ले प्राप्त गरेका थिए । त्यसैले अल्लाह बाहेक मेरो कोही 'खलील' छैन भनेर स्पष्ट पार्नुभयो । किनकि उहाँको हृदय अल्लाहको प्रेम, श्रद्धा र पहिचानले भरिएको हुनाले यसमा अरू कसैको लागि खाली ठाउँ छैन । हो, यदि मानिसहरू मध्ये कोही उहाँको खलील (विशेष साथी) भएको भए अबु बकर (रजियल्लाहु अन्हु) ले यो पद प्राप्त गर्ने थिए । त्यसपछि उहाँले प्रेमको अनुमोदित सीमाभन्दा बाहिर जाने बारे चेताउनी दिनुभयो, जसरी यहूदी र इसाईहरूले आफ्ना नबीहरू र धर्मी मानिसहरूको चिहानहरूसँग गरे र अल्लाहको सट्टा तिनीहरूको पूजा गर्न थाले र उनीहरूको चिहानमाथि मस्जिद र पूजास्थलहरू निर्माण गर्न थाले । तसर्थ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो उम्मतलाई उनीहरू जस्ता कामहरू गर्न वर्जित गर्नुभयो ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तवमा अल्लाहले गैरत (अर्थात् उहाँलाई आफ्नो सम्मान, आदेश र हराम कुराहरूको उल्लङ्घन प्रिय हुँदैन) गर्नुहुन्छ, घृणा गर्नुहुन्छ र केही कुरालाई मन पराउनु हुन्न, जसरी एक मुमिनले गैरत (आत्म-सम्मान) गर्छ, घृणा गर्छ र केही कुरालाई मन पराउदैन । जब कुनै मुमिनले अल्लाहले हराम गर्नुभएको कुरा जस्तै व्यभिचार, समलैंगिकता, चोरी र रक्सी पिउने जस्ता पापहरू गर्छ, तब अल्लाहको गैरत प्रकट हुन्छ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो, जसले अल्लाहको नाम र विशेषताहरू बाहेक अरू कुनै सृष्टिको कसम खान्छ, उसले कुफ्र वा शिर्क गर्छ; किनभने कसम खाँदा कसम खाने व्यक्तिको महिमा आवश्य नै हुन्छ जबकि महिमा योग्य केवल अल्लाह हुनुहुन्छ । त्यसैले केवल उहाँको नाम र गुणहरूको कसम खानुपर्छ, उहाँ हरेक कमीकमजोरीबाट पवित्र हुनुहुन्छ । अल्लाह बाहेक अरू कसैको कसम खानु सानो शिर्क हो । तर कसम खाने व्यक्तिले कसम खाने कुरालाई अल्लाहको समान वा सोभन्दा बढी सम्मान दियो भने त्यो ठूलो शिर्क हुनेछ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मुनाफिक (पाखण्डि) हरू र नमाजमा उनीहरूको आलस्यको बारेमा कुरा गर्दै हुनुहुन्छ, विशेषगरी इशा र फजरको नमाजमा। यदि पाखण्डीहरूलाई मुस्लिमहरूसँग जमातका साथ यी दुई नमाजहरू पढ्दा कति पुण्य र इनाम छ भन्ने थाहा भएको भए तिनीहरूले बच्चाले जस्तै भए पनि हात र घुँडा टेकेर र घिस्रेर आउने थिए । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पटक नमाज कायम गर्न र आफ्नो स्थानमा कसैलाई नमाज पढाउन आदेश दिने निर्णय गर्नुभएको थियो । त्यसपछि केही मानिसहरूका साथमा दाउरा बोकेर नमाजमा नआएका मानिसहरूको घरमा आगो लगाउन निर्णय गर्नुभएको थियो । किनभने जमातका साथ नमाज नपढ़नु धेरै ठूलो अपराध हो । तर उहाँले त्यसो गर्नुभएन, किनकि घरहरूमा निर्दोष महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरू हुन्छन्, जसको कुनै अपराध छैन ।
यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सबैभन्दा खराब मानिसहरू को हुन् भनेर बताउनु भएको छ, सबैभन्दा खराब मानिसहरू ती हुन् जसको जीवनकालमा कयामत हुनेछ र जसले चिहानहरूलाई मस्जिदमा परिणत गर्नेछन् र त्यसको नजिक वा त्यसतिर फर्केर नमाज पढ्नेछन्।"