





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हरेक दिन जब सूर्य उदाउँछ, मानिसको हरेक जोर्नी माथि सदका (दान) को हक हुन्छ। दुई व्यक्तिबीच न्याय गर्नु सदका हो, कुनै व्यक्तिलाई उसको सवारीमा सवार हुन वा उसको सामान त्यसमा राखिदिएर सहयोग गर्नु सदका हो, राम्रो वचन बोल्नु सदका हो, नमाजका लागि चालिने हरेक कदम सदका हो रबाटोबाट हानिकारक वस्तु हटाउनु पनि सदका हो।"
رواه البخاري ومسلمनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्याख्या गर्नुभएको छ, प्रत्येक मुस्लिमले प्रत्येक दिन आफ्नो हड्डीको हरेक जोर्नीप्रति अल्लाहले गर्नुभएको उपकार र कल्याणका लागि धन्यवाद दिनुपर्छ । उहाँले मानिसको हड्डीमा जोर्नीहरू बनाउनुभएको छ, जसले गर्दा ऊ त्यसलाई संकुचित गर्न र फैलाउन सक्षम छ । सबै असल कर्महरू सद्का (दान) हुन्, त्यो पैसामा मात्र निर्भर छैन, जस्तैः दुई झगडा गर्नेहरू बीच न्याय र मेलमिलाप गर्नु सदका हो । आफ्नो जनावर (सवारी) माथि बस्न नसक्नेलाई सवारीमाथि चढाउन मद्दत गर्नु वा सामान लाद्न सहयोग गर्नु सदका हो । जिक्र, दुआ र सलाम जस्ता राम्रा कुरा सदका हो । नमाज पढ्न तपाईंले चाल्नु भएको प्रत्येक पाइला सदका हो । बाटोघाटोबाट हानिकारक चीजहरू हटाउनु सदका हो ।
उबादह बिन सामित (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामीले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम)सँग यो शर्तमा शपथ लिएका थियौं (प्रतिबद्धता) गरेका थियौं की हामी हरेक अवस्थामा—कठिनाईमा होस् या सहजतामा, खुशीमा होस् या दुःखमा—उहाँको हुकुमलाई सुनौं र मानौं, चाहेvहाम्रै विरुद्ध भए तापनि हामी अधिकारका वास्तविक हकदारसँग झगडा गर्नेछैनौ । हामी जहाँ भए पनि सत्यको कुरा गर्नेछौं, र अल्लाहको मार्गमा कुनै दोषारोपण गर्नेहरूको डर राख्ने छैनौं।
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सहाबाहरूसँग यो वाचा गर्नुभयो कि उनीहरूले शासनसत्तामा रहेका हाकिमहरूको हरेक अवस्थामा—चाहे सजिलो होस् या कठिन, सम्पन्नता होस् या अभावमा—(इस्लामको) आज्ञा मान्नेछन्। चाहे आदेश मनपरेको होस् या अप्रिय, सहाबाहरूले यसलाई पालना गर्नेछौं भनी प्रतिबद्धता जनाए। उहाँले यो पनि सिखाउनुभयो कि अन्याय भए तापनि विद्रोह नगर्ने किनभने यस्तो कदमले अझै ठूलो फसाद ल्याउँछ। सहाबाहरूले यो पनि वाचा गरे कि उनीहरू हरेक अवस्थामा सत्य बोल्नेछन्, केवल अल्लाहको लागि, र सत्य बोल्दा कसैको डर राख्ने छैनन्।
मुस्लिमहरूको आमा उम्मे सलमाले बयान गरेकी छिन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "भविष्यमा त्यस्ता शासकहरू आउनेछन्, जसका केही कार्यहरू तिमीहरूलाई राम्रा लाग्नेछन् र केही नराम्रा। यस्तो अवस्थामा जसले तिनीहरूका (नराम्रा कार्यहरूलाई) नराम्रो मान्नेछ, उ पापबाट मुक्त हुनेछ। र जसले तिनीहरूका नराम्रा कामहरूलाई नराम्रो भनेर इन्कार गर्नेछ, ऊ सुरक्षित रहनेछ। तर जो (तिनीहरूका नराम्रा कामहरूबाट) सन्तुष्ट रहनेछ र तिनीहरूको अनुसरण गर्नेछ, (ऊ दोषी ठहरिनेछ)।" साथीहरूले सोधे, "के हामी उनीहरूसँग युद्ध गरौं?" उहाँले भने, "होइन, जबसम्म उनीहरू नमाज पढिरहन्छन् (तबसम्म युद्ध नगर्नु) ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : हामीमाथि यस्ता हाकिमहरू नियुक्त हुनेछन्, जसका केही कार्यहरू हामीले शरीअत इस्लामी कानुन) सँग मेल खाने भएकोले स्वीकार गर्नेछौं, र केही कार्यहरू हामीले शरीअतको उल्लङ्घन भएकोले अस्वीकार गर्नेछौं। यस्तो अवस्थामा, यदि कुनै व्यक्ति मुन्कर (गलत कार्य) लाई प्रत्यक्ष रूपमा इन्कार गर्न असमर्थ छ र उसले त्यसलाई आफ्नो हृदयदेखि नै नराम्रो ठान्छ भने, त्यो व्यक्ति पाप र पाखण्डबाट मुक्त मानिन्छ । त्यसैगरी जो व्यक्ति हात वा वचनद्वारा गलत कामलाई रोक्ने सामर्थ्य राख्छ र त्यसलाई अस्वीकार गर्छ, ऊ पाप र त्यसमा सहभागी हुने अवस्थाबाट सुरक्षित रहन्छ। तर जसले उनीहरूको गलत कर्मलाई मनपराउँछ र त्यसमा उनीहरूको अनुसरण गर्छ, ऊ पनि उनीहरूजस्तै विनाश हुनेछ। तब सहाबाहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, 'के हामीले त्यस्ता शासकहरूसँग युद्ध गर्नु हुँदैन?' उहाँले उनीहरूलाई त्यसो गर्नबाट रोक्दै भन्नुभयो, 'होइन, जबसम्म उनीहरूले नमाजको स्थापना गर्छन्, तबसम्म युद्ध नगर्नु।'
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "जब कुनै भक्त बिरामी हुन्छ वा यात्रा गर्दछ भने, उसको लागि घरमा बसेको बेला र स्वस्थ हुँदा गरेको उपासना बराबर प्रतिफल लेखिन्छ ।"
बुखारीले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको कृपा र दयाको व्याख्या गर्दै भन्नु भयो कि यदि कुनै मुस्लिम लाई स्वस्थ हुँदा र घरमा बस्ने अवस्थामा नियमित रूपले कुनै पुण्य कर्म गर्ने बानी छ, र पछि बिरामीले गर्दा वा यात्रामा व्यस्त भएकाले वा अन्य कुनै कारणले त्यो पुण्य कर्म गर्न नसकेमा, उसलाई स्वस्थ हुँदा र घरमा बस्ने अवस्थामा गरेको पुण्य कर्म को प्रतिफल बराबर नै प्रतिफल प्रदान गरिनेछ ।
तमीम अल-दारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "धर्म भनेको निष्ठा हो," हामीले सोध्यौं, "कसको लागि ?" उहाँले उत्तर दिनुभयो, "अल्लाहप्रति, उहाँको किताबप्रति, उहाँका रसूलप्रति, मुस्लिम शासकहरू प्रति र सम्पूर्ण मुस्लिमहरूप्रति।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले भन्नुभयो कि, धर्म इमानदारी र सत्यतामा आधारित छ त्यसैले यसलाई अल्लाहले तोके अनुसार पूर्ण रूपले कुनै कमी वा छलकपट नगरी पालन गर्नुपर्छ। भलाई र निष्ठा कसप्रति हुन्छ भनेर सोधिएको प्रसंगमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस कुरालाई स्पष्ट गर्दै भन्नु भयो : १) अल्लाह प्रति निष्ठा : अल्लाहप्रतिको निष्ठा भन्नाले उहाँको सन्तुष्टि प्राप्त गर्ने उद्देश्यले निष्कपट र विशुद्ध रूपमा उपासना गर्नु, उहाँसँग कसैलाई साझेदार नठहर्याउनु, उहाँको प्रभुत्व, पूजनीयता र उहाँको नाम र गुणहरूमा आस्था राख्नु, उहाँका आदेशहरूको आदर गर्नु, उहाँमाथि दृढ आस्था राख्न र उहाँमाथि ईमान ल्याउन आह्वान गर्नु। २) पवित्र कुर्आनप्रति निष्ठा: यसको अर्थ कुर्आन अल्लाहको वचन हो भन्ने विश्वास गर्नु हो। यो अन्तिम धार्मिक ग्रन्थ हो र यसले अघिल्ला सबै धार्मिक कानूनहरूलाई खारेज गरेको छ भन्ने कुरामा विश्वास गर्नु हो। यस पवित्र ग्रन्थको सम्मान गर्नु, यसलाई ध्यानपूर्वक पढ्नु, यसका मुहकम (स्पष्ट अर्थ) श्लोकहरूको पालना गर्नु र मुताशबिह (अनेकार्थी वा अस्पष्ट) श्लोकहरूलाई पनि स्वीकार गर्नु निष्ठाको महत्वपूर्ण पक्ष हो। कुर्आनको अर्थलाई तोडमोड गर्ने वा गलत व्याख्या गर्नेहरूको खण्डन गर्नु पनि आवश्यक छ। यसबाट ज्ञान प्राप्त गर्नु, यसका शिक्षालाई सबैतिर फैलाउनु र मानिसहरूलाई यसलाई स्वीकार गर्न प्रोत्साहित गर्नु हरेक विश्वासीको कर्तव्य हो। ३) रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) प्रति निष्ठा : उहाँ प्रति निष्ठा भनेको उहाँ अन्तिम सन्देशवाहक हुनुहुन्छ भन्ने तथ्यमा विश्वास गर्नु, उहाँले ल्याउनुभएको शिक्षालाई सत्य मान्नु, उहाँका आदेशहरूको पालना गर्नु, उहाँले निषेध गरेका कुराबाट टाढा रहनु, उहाँले निर्धारित गरेको विधिअनुसार मात्र अल्लाहको उपासना गर्नु हो । साथै, उहाँको अधिकारको सम्मान र उहाँको आदर कदर गर्नु, उहाँको सन्देशलाई विश्वव्यापी रूपमा फैलाउनु, उहाँको "शरिया"को प्रचारप्रसार गर्नु र उहाँमाथि लगाइएका झूटा आरोपहरूको खण्डन गर्नु पनि निष्ठाको अभिन्न पक्ष हो। ४) मुस्लिम शासकहरूप्रति सद्भाव : यसको अर्थ उनीहरूलाई सही काममा सहयोग गर्नु, उनीहरू विरुद्ध विद्रोह नगर्नु र जबसम्म उनीहरू अल्लाहका आदेशानुसार कार्यरत रहन्छन् तबसम्म उनीहरूको आदेश मान्नु र आज्ञापालन गर्नु हो । ५) आम मुस्लिमहरूप्रति सद्भाव (भलाई): यसको अर्थ मुस्लिमहरूसँग राम्रो व्यवहार गर्नु, उनीहरूलाई सत्कर्मका लागि प्रेरित गर्नु, कठिनाइ पर्दा सहायता गर्नु, उनीहरूको कल्याणको कामना गर्नु र पुण्यकर्म र धार्मिक कर्तव्यमा सहयोग पुर्याउनु हो।
आइशा (रजियल्लाहु अन्हा) ले वर्णन गरेकि छिन्, "मैले मेरो यो घरमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्दै गरेको सुनें": "हे अल्लाह! जसलाई मेरो उम्मतको कुनै जिम्मेवारी सुम्पिएको छ र ऊ तिनीहरूलाई कठिनाइमा पार्छ भने तपाईं पनि उनीप्रति कठोर हुनुहोस् र जसलाई मेरो उम्मतको कुनै मामिला सुम्पिएको छ र उनीहरूसँग नरम व्यवहार गर्छ भने तपाईं उससँग नम्र हुनुहोस् ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हरेक त्यस्ता हाकिमहरूलाई अल्लाहले कष्ट दिऊन् भनेर श्राप दिनुभएको छ, जसले मुस्लिमहरूको कुनै जिम्मेवारी लिन्छ, चाहे त्यो सानो होस् वा ठूलो, सामान्य होस् वा विशेष, तर ऊ मानिसहरूसँग दयालु व्यवहार गर्नुको सट्टा तिनीहरूमाथि अन्याय गर्छन् र तिनीहरुलाई समस्यामा पार्छन्, ताकि कर्मको प्रतिफल कार्यको प्रकृति अनुसार होस् । जिम्मेवारी पाएपछि, मानिसहरूसंग दयालु व्यवहार गर्ने र तिनीहरूको जीविका सजिलो बनाउनेलाई अल्लाहले दयालु व्यवहार गरुन् र उसको कामलाई सजिलो बनाउन् भनेर प्रार्थना गर्नुभएको छ ।
मालिक बिन यासर मुजनी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले जसलाई जनताको सेवा गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ र उसले आफ्नो प्रजालाई धोका दिइरहेको अवस्थामा जब ऊ मर्छ, अल्लाहले उसको लागि स्वर्ग निषेध गर्नुहुन्छ ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, प्रत्येक व्यक्ति जसलाई अल्लाहले शासकको रूपमा नियुक्त गर्नुभएको छ र जसलाई मातहतको जिम्मेवारी दिइएको छ, चाहे यो एक राजा जस्तै सरकारी जिम्मेवारी होस् वा घरमा पुरुष वा महिला जस्तै विशेष जिम्मेवारी होस् । यदि उनीहरुले आफ्नो प्रजा र मातहतमा रहेकाहरूको सांसारिक र धार्मिक अधिकारलाई बेवास्ता गर्छन् र धोका दिन्छन् भने तिनीहरु यो कठोर सजायका पात्र हुन् ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले मुस्लिम हाकिमको आज्ञा मान्न इन्कार गर्छ र मुस्लिमहरुको जमात छोड्छ अनि त्यही अवस्थामा मर्छ भने त्यो जाहिलियतको मृत्यु मरेको हो । जसले उद्देश्य स्पष्ट नभएको झण्डामुनि (इशारामा) लड्छ, आफ्नो दलको लागि क्रोधित हुन्छ, आफ्नो दलको लागि आह्वान गर्छ वा समर्थन गर्छ र त्यही अवस्थामा मर्छ भने यो जाहिलियतको मृत्यु हो । जसले मेरो उम्मत (अनुयायी) विरुद्ध आक्रमण गर्छ, असल र खराब कसैले विभेद नगरी मार्छ, न मोमिनलाई त्याग्छ, सम्झौता गरेपछि त्यसको सम्मान गर्दैन भने, ऊ मबाट होइन र म ऊबाट होइन ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जो व्यक्ति हाकिमको आज्ञाकारिताबाट बाहिर निस्क्यो र हाकिमप्रति सर्वसम्मत रूपमा वफादारीको प्रतिज्ञा गरेका मुस्लिमहरूको समूहबाट अलग भयो र त्यही अवस्थामा उसको मृत्यु भयो भने इस्लाम पूर्वका मानिसहरू जस्तै उसको मृत्यु भयो । किनभने उनीहरूले न कुनै अमीर वा हाकिमको आज्ञापालन गर्थे, न त कुनै समूहसँग जोडिन्थे। बरु, विभिन्न समूह र गुटहरूमा विभाजित भएर आपसमा लड्ने गर्दथे । त्यसैगरी सत्य वा असत्य स्पष्ट नभएको झण्डामुनि लड्ने व्यक्ति धर्म वा सत्यको लागि भन्दा आफ्नो समुदाय वा आफ्नो जनजातिको लागि बिना हिक्मत र बिना ज्ञान लडिरहेको हो भनेर उहाँले स्पष्ट पार्नु भएको छ । यदि त्यही अवस्थामा उसको मृत्यु भयो भने उसको अज्ञानताको मृत्यु हुनेछ । त्यसैगरी, जसले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को उम्मत विरुद्ध विद्रोह गर्छ, आफ्नो गलत कामको वास्ता नगरी र त्यसको परिणामबाट नडराइकन असल र खराब हरेक व्यक्तिको शिर काट्न थाल्छ, गैर-मुस्लिमहरूलाई गरेको वाचा पूरा गर्दैन र हाकिमहरूसंग गरेको प्रतिज्ञालाई खुलेआम उल्लङ्घन गर्छ भने यो ठूलो पाप हो र त्यसो गर्ने व्यक्ति यो कडा चेतावनीको हकदार हुनेछ ।
अर्फजह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें : "सहमतिबाट कसैलाई खलीफा (हाकिम) को रूपमा मानेपछि यदि कोही तिम्रो एकतालाई विभाजित गर्न वा तिम्रो समुदायमा असन्तुष्टि सृजना गर्न आउँछ भने उसको हत्या गरिदेऊ ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब मुस्लिमहरूले एकमतले कसैलाई आफ्नो हाकिमको रूपमा स्वीकार गर्छन् र एक समुदायको रूपमा जीवन बिताइरहेका छन् र तब कोही आएर हाकिमबाट शासन खोस्न चाहन्छ र मुस्लिम समुदायलाई दलहरूमा विभाजित गर्न चाहन्छ भने उसको खराबीबाट बच्न र मुस्लिमहरूलाई रक्तपातबाट सुरक्षित राख्नको लागि उसलाई रोक्न र लड्नु अनिवार्य हुनेछ ।