





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निश्चय नै, सबैभन्दा ठूलो जिहादहरूमध्ये अत्याचारी शासकको सामु न्यायपूर्ण वचन बोल्नु एक हो।"
अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि एक क्रूर र दमनकारी शासक वा हाकिमको अगाडि न्याय र सत्य बोल्नु, अल्लाहको मार्गमा गरिने सबैभन्दा ठूलो र लाभदायक जिहाद मध्ये एक हो। किनकि, यसमा सत्कर्मको आदेश दिने र दुष्कर्मबाट रोक्ने कार्य समावेश हुन्छ; चाहे त्यो वचनद्वारा होस्, कलमद्वारा होस्, कर्मद्वारा होस् वा अन्य कुनै माध्यमबाट, जसबाट लाभ प्राप्त हुन्छ र दुष्टताबाट बच्न सकिन्छ।
अबू-मस्ऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "(तिमीहरूले मरो निधनपछी) स्वार्थपरायणताका मामिलाहरू देख्नेछौ, जुन तिमीहरूलाई नराम्रो महसुस हुनेछ ।" साथीहरूले भने: हे अल्लाहको रसूल! त्यसोभए हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले भन्नुभयो: "तिमीहरूले आफ्नो जिम्मेवारी पूरा गर र अल्लाहसँग आफ्नो अधिकार माग ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि आगामी दिनहरूमा मुस्लिमहरूको शासकहरू स्वार्थपरायण हुनेछन्। उनीहरूले मुस्लिमहरूको सम्पत्ति आफ्नो इच्छा अनुसार खर्च गर्नेछन् र मुस्लिमहरूलाई तिनका अधिकारहरूबाट वञ्चित गर्नेछन्। त्यसैगरी, उनीहरूले धर्मको नाममा यस्ता कार्यहरू गर्नेछन्, जसलाई तिमीहरूले अस्वीकार गर्नेछौ। तब उहाँका साथीहरूले सोधे: त्यस्तो अवस्थामा उनीहरूले के गर्नुपर्छ? तब रसुल (सल्लल्लाहु अलैहि व सल्लम) ले बताउनुभयो कि ती शासकहरुले तिमीहरूको सम्पत्तिमा अधिकार जमाउने कारणले तिमीहरूलाई उनीहरुप्रति गर्नुपर्ने आज्ञाकारिता र पालन जस्तो कर्तव्य पुरा गर्नबाट नरोकोस्। बरु धैर्य राख्नु, सुन्ने र मान्ने कर्तव्य पूरा गर्नु, र उनीहरूसँग अधिकारका लागि विवाद नगर्नु। अल्लाहसँग आफ्नो हक माग्नु, र दुआ गर्नु कि अल्लाहले उनीहरूमा सुधार ल्याइदिउन् र उनीहरूको दुष्टता र अन्याय हटाइदिऊन।
नोअ्मान बिन बशीर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अल्लाहले तोकेको (निषेध र वर्जित कार्यहरुको) सिमानाको पालना गर्ने र त्यसको उल्लङ्घन गर्नेहरूको उदाहरण एउटै डुङ्गामा यात्रा गरिरहेका मानिसहरूजस्तै हो, जसमा ति सबैले चिट्ठा हालेर डुङ्गामा आ-आफ्नो स्थान निर्धारण गरे, जसमध्ये केही मानिसहरूले डुङ्गाको माथिल्लो भागमा र केहीले तल्लो भागमा स्थान पाए। तल्लो भागमा रहेकाहरूले पानी लिन माथिल्लो भाग भएर जानुपर्थ्यो, त्यसैले उनीहरूले सोचे - हामीले आफ्नै भागमा प्वाल किन नबनाउने? ताकि माथिल्लो भागमा रहेकाहरूलाई कुनै असुविधा नहोस् । अब यदि माथिल्लो भागमा बस्नेहरूले तल्लो भागमा रहेकालाई तिनीहरूले सोचे अनुसार प्वाल गर्न दिए भने सबै नाश हुनेछन् र तर यदि उनीहरूले तल्लो भागका मानिसहरूको हात समातेर (त्यस्तो गर्न नदिए) रोके भने, आफूहरूसहित सबै सुरक्षित रहनेछन् ।"
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा अल्लाहले तोकेको सीमाभित्र बस्ने, उहाँको आदेशको पालना गर्ने, पुण्य कर्मको आदेश दिने र नराम्रा कुराहरूबाट रोक्ने र अल्लाहको सीमाहरू उल्लङ्घन गर्ने, असल कार्य छोड्ने र खराब कार्य गर्नेहरूको लागि एउटा उदाहरण प्रस्तुत गर्नुभयो, र यसले समाजको उद्धारमा पर्ने प्रभावको बारेमा बताउनुभयो। उहाँले यो उदाहरण यस्तो दिनुभयो: मानौं, केही मानिसहरू एउटा पानी-जहाजमा सवार भए, र तिनीहरूले चिठ्ठा हालेर निर्णय गरे कि को माथिल्लो भागमा बस्छ र को तल्लो भागमा । केहीले माथिल्लो भाग पाए त कोहीले तल्लो भाग पाए । (पानी व्यवस्थापन माथिल्लो भागमा भएकोले) तल्लो भागमा बस्नेहरूले पानी लिन जाँदा माथिल्लो भागमा मानिसहरूको बाटो हुँदै जानुपर्थ्यो। तब तल्लो भागका मानिसहरूले भने: " यदि हामीले हाम्रो भागमा प्वाल बनायौँ भने माथिल्लो भागमा रहेका मानिसहरूलाई कुनै असुविधा हुने छैन।" अब यस्तो स्थितिमा यदि माथिल्लो भागका मानिसहरूले तल्लो भागका मानिसहरूको हात समातेर प्वाल पार्नबाट रोकेनन् भने डुङ्गा डुब्नेछ र सबैको ज्यान जानेछ र तर यदि तिनीहरू रोके भने, दुवै समूहका सवारहरू बाँच्नेछन् ।
अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने: हे मानिसहरू! तपाईंहरु यो आयत पढ्नुहुन्छ: {हे आस्थावानहरू हो, आफ्नो चिन्ता गर, यदि तिमी सही बाटोमा छौ भने पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि पुर्याउन सक्दैनन् }, र मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो भन्दै गरेको सुनेको छु: "जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र उसलाई रोक्दैनन् भने सम्भावना हुन्छ कि छिट्टै नै अल्लाहले उनीहरूमाथि यातना पठाउनु हुनेछ।"
अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्अबू-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि मानिसहरूले यो आयत पढ्छन्: {हे आस्थावानहरू हो ! तिमीहरू आफ्नो चिन्ता गर; यदि तिमीहरू मार्गनिर्देशित छौ भने, पथभ्रष्टहरूले तिमीहरूलाई कुनै हानि पुऱ्याउने छैनन् ।} [अल-माइदह: १०५] केही मानिसहरूले यो आयतको अर्थ यसरी लिन्छन् कि मानिसले केवल आफ्नो आत्म-सुधारमा मात्र ध्यान दिनुपर्छ, र त्यसपछि अरू कोही मार्गभ्रष्ट भए पनि त्यसले उसलाई कुनै हानि हुने छैन, र त्यसैगरी उनीहरूमाथि 'सत्कर्मको आदेश दिने र दुष्कर्मबाट मनाही' गर्ने जिम्मेवारी रहँदैन! तर, अबू बकर (रजियल्लाहु अन्हु) ले स्पष्ट पार्नुभयो कि आयतको अर्थ त्यस्तो होइन बरु उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनेको थिए: जब मानिसहरूले अत्याचारीलाई अन्याय गरिरहेको देख्छन् र रोक्न सक्ने शक्ति हुँदाहुँदै पनि रोक्दैनन्, तब अल्लाहले अत्याचार गर्ने र त्यसबारे मौन बस्ने सबैलाई सजाय दिने सम्भावना हुन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मानिसको शरीरको हरेक जोर्नीमा एक दानको हक लाग्छ। प्रत्येक दिन, जब सूर्य उदाउँछ, दुई जनाबीच न्याय गर्नुले दानको रूपमा गनिन्छ। कुनै मानिसलाई उसको सवारीमा चढ्न मद्दत गर्नु या उसलाई सामान उठाएर राख्न सहयोग गर्नु पनि दान हो। राम्रो शब्द बोल्नु दान हो। नमाजतर्फ उठाइएको हरेक पाइला दान हो। अनि बाटोबाट हानिकारक चीज हटाउनु पनि दान हो।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्याख्या गर्नुभएको छ, प्रत्येक मुस्लिमले प्रत्येक दिन आफ्नो हड्डीको हरेक जोर्नीप्रति अल्लाहले गर्नुभएको उपकार र कल्याणका लागि धन्यवाद दिनुपर्छ । उहाँले मानिसको हड्डीमा जोर्नीहरू बनाउनुभएको छ, जसले गर्दा ऊ त्यसलाई संकुचित गर्न र फैलाउन सक्षम छ । सबै असल कर्महरू सद्का (दान) हुन्, त्यो पैसामा मात्र निर्भर छैन, जस्तैः दुई झगडा गर्नेहरू बीच न्याय र मेलमिलाप गर्नु सदका हो । आफ्नो जनावर (सवारी) माथि बस्न नसक्नेलाई सवारीमाथि चढाउन मद्दत गर्नु वा सामान लाद्न सहयोग गर्नु सदका हो । जिक्र, दुआ र सलाम जस्ता राम्रा कुरा सदका हो । नमाज पढ्न तपाईंले चाल्नु भएको प्रत्येक पाइला सदका हो । बाटोघाटोबाट हानिकारक चीजहरू हटाउनु सदका हो ।
वाइल बिन हज्रमी ले वर्णन गरेका छन्: सल्मा बिन यजीद जुअ्फी (रजियल्लाहु अन्हु) ले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सोध्नु भयो : हे नबी! यदि यस्ता शासकहरूले हामीमाथि शासन गरे, जसले हामीबाट आफ्नो अधिकार खोस्नेछ तर हाम्रो अधिकार दिनेछैन, यस विषयमा तपाईं हामीलाई के गर्न आदेश दिनुहुन्छ? उहाँले उनको कुरामा ध्यान दिनु भएन । उनले फेरि सोधे, तर उहाँले उनको कुरामा ध्यान दिनु भएन । उनले दोस्रो वा तेस्रो पटक सोधेपछि अश्अष बिन कैस (रजियल्लाहु अन्हु) ले उनलाई ताने र उहाँले भन्नुभयो: "उनीहरुको कुरा सुन र आज्ञापालन गर। उनीहरूमाथि जे छ त्यसको लागि उनीहरू जिम्मेवार छन् र तपाईंमाथि जे छ त्यसको लागि तपाईंहरू जिम्मेवार हुनुहुन्छ।"
मुस्लिमले वर्णन गरेका छन्पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई त्यस्ता शासकहरूको बारेमा सोधियो, जसले जनतालाई हाम्रो कुरा सुन र अनुसरण गर भन्छन्, तर जनतालाई न्याय गर्ने, युद्धबाट प्राप्त धनमाल दिने, उनीहरूलाई अत्याचारबाट बचाउने र उनीहरूसँग समान व्यवहार गर्ने जस्ता अधिकारहरू पूरा गर्दैनन्। यस्तो अवस्थामा उनीहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? यो प्रश्न सुनेपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नकर्ताबाट मुख फेर्नुभयो, मानौ उनलाई यो प्रश्न मन परेन। तर प्रश्नकर्ताले दोस्रो र तेस्रो पटक आफ्नो प्रश्न दोहोर्याइरहे। यो देखेर, अशअस बिन कैस (रजियल्लाहु अन्हु) ले प्रश्नकर्तालाई चुप लगाउन आफुतिर ताने। त्यसकारण, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रश्नको जवाफ दिनुभयो। उहाँले भन्नुभयो: तपाईंले उनीहरूको कुरा सुन्नु पर्छ र उनीहरूको आदेश पालना गर्नु पर्छ। किनभने उनीहरूले आफुमाथि राखिएको जिम्मेवारीहरूको जवाफ दिनुपर्छ, जस्तै न्याय गर्नु र मानिसहरूलाई उनीहरूको अधिकार दिनु। अनि तपाईंले आफूमाथि सुम्पिएका जिम्मेवारीहरू, जस्तै आज्ञाकारिता, अधिकारको पूर्ति र परीक्षाको समयमा धैर्यताको लागि जवाफदेही हुनुपर्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "निश्चय नै धर्म सहज छ, र जो कोही पनि यसलाई कठोर रूपमा अपनाउन खोज्छ भने, धर्म उसमाथि भारी पर्नेछ। त्यसैले सधैं सही मार्गमा रह, सन्तुलन कायम राख, र खुशीको खबर प्राप्त गर। साथै बिहान, साँझ र रातको केही पहरमा (उपासना र स्मरणको माध्यमबाट) आत्मिक र सांसारिक कुराहरूप्रति सहायता खोज।"
बुखारीले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ कि इस्लाम धर्म आफ्ना समग्र पक्षहरूमा पूर्णतः सहजता र सरलतामा आधारित छ। जब असमर्थता वा आवश्यकताको स्थिति सिर्जना हुन्छ, तब यो सहजता अझ बढी प्रबल र सुनिश्चित हुन्छ। किनकि धर्ममा अनावश्यक कठोरता अपनाउनु र सहजतालाई त्याग्नुको परिणाम, अन्ततः असमर्थ हुनु र पूर्ण वा आंशिक रूपमा सत्कर्मबाट विमुख हुनु हो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुनै पनि प्रकारको अतिवाद बिना, सन्तुलित र मध्यम मार्ग अपनाउन प्रोत्साहन दिनुभयो। त्यस अनुसार भक्तले न त आफूमाथि अनिवार्य गरिएका दायित्वहरूमा कुनै कमी ल्याओस्, न त कर्महरू प्रति आफ्नो क्षमताभन्दा बढी भार नै वहन गरोस्। यदि पूर्ण रूपमा गर्न असमर्थ भएमा, यसकेसम्म प्रयास गर्नुपर्दछ। त्यसैगरी नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले धेरै उपासना गर्न नसक्ने असमर्थ व्यक्तिलाई, थोरै भए पनि निरन्तर कर्म गर्न प्रोत्साहन दिँदै महान् प्रतिफलको शुभ समाचार सुनाउनुभएको छ। किनकि, यदि त्यो असमर्थता व्यक्तिको वशभन्दा बाहिरको परिस्थितिले सिर्जना गरेको हो भने, त्यसले उसले प्राप्त गर्ने पुण्य र प्रतिफलमा कुनै कमी ल्याउने छैन। वास्तवमा, यो संसार आखिरत (परलोक) तर्फको यात्राका लागि एक अस्थायी बासस्थान र त्यहाँको लागि कर्म गर्ने ठाउँ भएकोले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उपासनालाई निरन्तर कायम राख्न सहयोग पुर्याउने तीनवटा ऊर्जादायक समयहरूमा उपासनाहरू गर्न आदेश दिनुभयो: पहिलोः 'गदवह' — बिहानको प्रारम्भिक समयमा कर्म गर्नु, अर्थात् फज्रको नमाज र सूर्योदयको बीचको समयमा। दोस्रोः रौहा— जवाल (मध्याह्न) पछि कर्म गर्नु। तेस्रोः दुल्जा— सम्पूर्ण रात वा त्यसको केही भागमा कर्म गर्नु। रातको कर्म दिनको कर्मभन्दा बढी कष्टकर हुने भएकाले, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले "र केही भाग दुल्जाको" भन्दै यसको केही भागमा मात्र कर्म गर्न आदेश दिनुभएको छ।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूमध्ये सबैभन्दा उत्कृष्ट व्यवहारका व्यक्ति हुनुहुन्थ्यो ।
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) सबैभन्दा उत्तम व्यवहार भएको व्यक्ति हुनुहुन्थ्यो र नैतिकताका सबै स्तरहरूमा सबैभन्दा अगाडि हुनुहुन्थ्यो, जस्तै राम्रोसँग बोल्ने, अरूलाई राम्रो गर्ने, मुस्कुराएर भेट्ने, अरूलाई दु:ख नदिने र अरुको दुखमा धैर्य गर्ने आदि ।
साद बिन हिशाम बिन आमिर जब आइशा (रजियल्लाहु अन्हा) कहाँ गए अनि उनले भने: हे उम्मूल-मुमिनीन (इमानवालाहरू कि आमा)! मलाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को अख्लाक (नैतिकता) को बारेमा बताउनुहोस् । यो सुनेर उहाँले भन्नुभयो: के तिमी कुर्आन पढ्दैनौ? मैले जवाफ दिएँ: म अवश्य पढ्छु । उहाँले भन्नुभयो: उहाँको अख्लाक (नैतिकता) नै कुर्आन थियो ।
मुस्लिमले एक लामो हदीसमा वर्णन गरेका छन्उम्मूल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) लाई रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नैतिकताको बारेमा सोधियो र उनले छोटो र मिठो जवाफ दिदै प्रश्नकर्तालाई कुर्आनलाई अध्ययन गर्न भनिन्, किनभने यो सबै हिसाबले पूर्ण पुस्तक हो । उनले भनिन् : उहाँको आचरण र नैतिकता कुर्आनको एक जीवन्त उदाहरण थियो । उहाँ कुर्आनको आदेशको पालना गर्नुहुन्थ्यो, कुर्आनले निषेध गरेको कुराहरूबाट टाढा रहनुहुन्थ्यो । यसरी उहाँको नैतिकता कुर्आनको व्यवहारिक व्याख्या थियो । उहाँले कुर्आनले तोकेको सीमामा रहनुभयो, यसको शिष्टाचारको पालना गर्नुभयो र यसमा प्रस्तुत उदाहरणहरू र कथाहरूबाट पाठ सिक्नुभयो ।