





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "कसम खाँदा सामान त बेचिन्छ, तर नाफा र बर्कत नष्ट हुन्छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले व्यापारिक लेनदेन गर्दा सत्य कुरामा पनि कसम खान वा अत्यधिक कसमको सहारा लिन निषेध गर्नुभएको छ। उहाँले भन्नुभएको छ कि (कसमले) सामान त द्रुत गतिमा बिकाउन मद्दत गर्दछ, तर त्यसको वास्तविक नाफा र आशिषलाई पूर्ण रूपमा नष्ट गरिदिन्छ। जब व्यापारबाट बरकत हराएर जान्छ, तब व्यापारी अनेकौँ विपत्तिहरूको चक्रव्यूहमा पार्न सक्छ, जस्तै चोरी, आगलागी, बाढी-डुबान, जबर्जस्ती कब्जा, लुटपाट वा अन्य यस्ता अप्रत्याशित घटनाहरू, जसले उसको सम्पूर्ण सम्पत्ति र पूँजी क्षणभरमै सखाप पारिदिन्छन्।
उबै बिन काअ्ब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "तिमीहरूले हावालाई गाली नगर। यदि तिमीहरूले हावाको कारणले कुनै कष्ट वा मन नपर्ने कुरा देख्यौ भने यो प्रार्थना गर: हे अल्लाह! हामी तपाईंसँग यो हावाको राम्रो पक्ष, यसमा लुकेको राम्रो कुरा र यसलाई दिइएको आदेशको शुभफल माग्दछौँ। र हामी यो हावाको नराम्रो पक्ष, यसमा भएको नराम्रो तत्व र यसमा भएको दुष्परिणामबाट बच्नका लागि तपाईंको शरण माग्दछौँ।"
तिर्मीजीले वर्णन गरेका छन्"नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हावा वा हुरी-बतासलाई गाली गर्न वा सराप्न मनाही गर्नुभएको छ। हावा त केवल आफ्नो मालिक अल्लाहको आदेशले चल्छ; यसले कहिलेकाँही दया (पानी पार्ने) त कहिलेकाँही सजाय लिएर आउँछ। त्यसैले, हावालाई गाली गर्नु भनेको अल्लाहलाई नै गाली गर्नु र उहाँको इच्छामाथि रिस पोख्नु हो। बरु नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई अल्लाहसँग प्रार्थना गर्न सिकाउनुभएको छ। हावा चल्दा हामीले अल्लाहसँग हावामा भएको लाभ (जस्तै खेतीका लागि वर्षा र हावाको अनुकूलता) माग्नुपर्छ र हावामा भएको नोक्सानी (जस्तै रूखपात ढल्ने, चौपाया मर्नु, र घरहरू भत्किने विपत्ति) बाट अल्लाहको शरण माग्नुपर्छ। यसरी अल्लाहसँग प्रार्थना गर्नु र उहाँको शरण खोज्नु नै भक्तको पूर्ण समर्पण, आज्ञापालन र दासत्वको सच्चा अभिव्यक्ति हो।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कसैले पनि (प्रार्थना गर्दा) यसो नभन्नू: ‘हे अल्लाह! यदि तपाईंको इच्छा छ भने मलाई क्षमा गर्नुहोस्; यदि तपाईं चाहनुहुन्छ भने ममाथि दया गर्नुहोस्; र यदि तपाईं चाहनुहुन्छ भने मलाई जीविका (रोजगारी) प्रदान गर्नुहोस्।’ बरु, उसले आफ्ना मागहरू पूर्ण दृढता एवं निश्चित रुपमा माग्नु पर्दछ; किनभने अल्लाहले जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ र उहाँलाई बाध्य पार्ने कोही छैन।” र मुस्लिमको अर्को वर्णनमा छ: "तर उसले (प्रार्थना गर्दा) दृढतापूर्वक माग्नुपर्छ र ठूलो इच्छा वा आशा राख्नुपर्छ, किनकि अल्लाहका लागि कुनै पनि कुरा ठूलो वा कठिन हुँदैन।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ (प्रार्थना) गर्दा कुनै सर्त राख्न वा ‘यदि अल्लाहको इच्छा भए’ भनेर दुआ गर्न निषेध गर्नुभएको छ। किनभने यो कुरा निश्चित र प्रमाणित छ कि अल्लाहले चाहेमा मात्र क्षमा गर्नुहुन्छ। त्यसैले दुआमा ‘अल्लाहको इच्छा’ (मशियत) को सर्त राख्नुको कुनै अर्थ हुँदैन। सर्त त्यस्तो व्यक्तिका लागि राखिन्छ, जो कसैको दबाब वा बाध्यतामा परेर आफ्नो इच्छाबीना पनि काम गर्न बाध्य हुन्छ; तर अल्लाह यी सबै कुराबाट पवित्र हुनुहुन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हदीसको अन्त्यमा स्पष्ट पार्नुभएको छ कि ‘अल्लाहलाई बाध्य पार्ने कोही छैन।’ अल्लाहले कसैलाई केही दिनुभयो भने त्यो उहाँका लागि ठूलो कुरा होइन, न त उहाँ असक्षम हुनुहुन्छ, न त उहाँका लागि कुनै कुरा गाह्रो छ कि हामीले ‘यदि हजुरको इच्छा भए’ भन्नुपरोस्। दुआलाई अल्लाहको इच्छासँग जोड्नु भनेको एक प्रकारले उहाँको क्षमाप्रति बेवास्ता वा घमण्ड देखाउनुजस्तै हो। जब कसैले भन्छ, ‘यदि हजुरको इच्छा छ भने मलाई यो दिनुहोस्,’ यस्तो भाषा कि त आफूलाई त्यसको आवश्यकता नभएको बेला वा सामुन्नेको व्यक्ति असक्षम भएको बेला प्रयोग गरिन्छ। तर सर्वशक्तिमान् अल्लाहको समक्ष आफ्नो विवशता र आवश्यकताका साथ दृढ संकल्पपूर्वक प्रार्थना गर्नुपर्दछ, र आफूले मागेको कुराप्रति असहाय एवं विवश व्यक्तिले जस्तै याचना गर्नुपर्दछ तथा अल्लाहकै शरण लिनुपर्दछ; किनभने उहाँ सर्वपूर्ण, सर्वसम्पन्न र हरेक कुरामाथि पूर्ण सामर्थ्य राख्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "त्यो व्यक्ति अपमानित होस्, जसको सामुन्ने मेरो नाम लिइयो तर उसले ममाथि दरुद (कृपा र शान्तिको प्रार्थना) पठाएन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसको जीवनमा रमजानको महिना प्राप्त भयो तर रमजान सकिनुअघि क्षमा प्राप्त गर्न सकेन; र त्यो व्यक्ति पनि अपमानित होस्, जसले आफ्ना आमाबुबालाई बुढ्यौलीको अवस्थामा पायो तर उनीहरूको सेवा गरेर स्वर्गमा प्रवेश गर्न सकेन।"
तिर्मीजी र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अपमान, हीनता र क्षतिको रूपमा तीन प्रकारका मानिसहरू अपमानित होस् भनेर सराप्नुभएको छ: पहिलो: ती व्यक्तिहरू हुन्, जसको उपस्थितिमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को नाम उल्लेख गरिन्छ, तर उनीहरूले ‘सल्लल्लाहु अलैहि वसल्लम’ आदि शब्द उच्चारण गरी उहाँमाथि दरूद पठाउँदैनन्। दोस्रो: जसले रमजानको महिना त पायो, तर आज्ञापालन र उपासनाका कार्यहरूमा आफ्नै लापरबाहीका कारण क्षमा प्राप्त गर्न सकेन र रमजान महिना सकिएर गयो। तेस्रोः जसले आफ्ना बाबुआमालाई वृद्धावस्थामा पायो तर तिनीहरूको सम्मान र हक पूरा गर्ने कर्तव्य पूरा गरेन र फलस्वरूप स्वर्ग प्राप्त गर्न सकेन।
बरा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "कुनै पनि दुई मुसलमानहरू आपसमा भेट्दा हात मिलाउँछन् भने, उनीहरू एकअर्काबाट छुट्टिनु अघि नै उनीहरूका पापहरू क्षमा गरिन्छन्।"
अबू दाउद, तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ कि जब दुई मुस्लिमहरूको बाटो वा अन्य कतै भेट हुन्छ र उनीहरूमध्ये एकले अर्कोलाई सलाम गरी हात मिलाउँछ (मुसाफहा गर्दछ) भने, उनीहरू शारीरिक रूपमा अलग हुनु वा हात छोड्नु भन्दा पहिले नै उनीहरू दुवैका पापहरू क्षमा गरिन्छन्।
अब्दुल्लाह बिन अम्र बिन अल-आस (रजियल्लाहु अन्हुमा) बाट वर्णित छ, उहाँले भन्नुभयोः मैले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्नुभएको सुनेँ: "निश्चय नै आदमका सन्तानहरूका सम्पूर्ण हृदयहरू रहमान (अत्यन्त दयावान् अल्लाह) का औँलाहरूमध्ये दुई औँलाको बीचमा एउटै हृदय जस्तै छन्; उहाँले त्यसलाई जसरी र जता चाहनुहुन्छ, त्यतै मोडिदिनुहुन्छ।" त्यसपछि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रार्थना गर्नुभयो: "अल्लाहुम्म मुसर्रिफल-कुलुब, सर्रिफ कुलुबना अला ताअतिका" (अर्थात् "हे हृदयहरूलाई मोड्ने अल्लाह! हाम्रा हृदयहरूलाई आफ्नो आज्ञाकारिता (उपासना) तर्फ मोडिदिनुहोस्।")
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ कि आदमका सन्तानका सम्पूर्ण हृदयहरू रहमान (अत्यन्त दयावान् अल्लाह) का औँलाहरूमध्ये दुई औँलाको बीचमा एउटै हृदय जस्तै छन्; उहाँले त्यसलाई जसरी चाहनुहुन्छ, त्यसरी नै मोड्नुहुन्छ। यदि उहाँले चाहनुभयो भने त्यसलाई सत्यमा अडिग राख्नुहुन्छ र यदि उहाँले चाहनुभएन भने हृदय सत्य मार्गबाट विचलित हुन जान्छ। सबै हृदयहरूमाथि उहाँको नियन्त्रण ठीक त्यस्तै छ, जस्तो कुनै एक हृदयमाथि हुन्छ; उहाँ महान् हुनुहुन्छ र उहाँलाई एकै समयमा एउटा कार्यले अर्को कार्य गर्नबाट बाधा पुर्याउँदैन। त्यसपछि पैगम्बर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रार्थना गर्दै भन्नुभयो: "हे अल्लाह! हे हृदयहरूलाई कहिले आज्ञाकारितातर्फ, कहिले पापतर्फ, कहिले जिक्रतर्फ र कहिले बेपर्बाहीतर्फ मोड्ने प्रभु! हाम्रा हृदयहरूलाई आफ्नो आज्ञापालनतर्फ मोडाइदिनुहोस्।"
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गर्नुभएको छ, उहाँले भन्नुभयोः मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भन्नुभएको सुनेँ: "अल्लाहले त्यो मानिसलाई खुसी र समृद्ध राखून्, जसले मबाट कुनै कुरा सुन्यो र त्यसलाई जसरी सुनेको थियो, त्यसरी नै अरूलाई सुनायो; किनकि कहिलेकाहीँ जसलाई कुरा पुर्याइन्छ, उनीहरू सुन्ने व्यक्तिभन्दा बढी बुझ्ने र याद राख्ने खालका हुन्छन्।"
तिर्मीजी, इब्ने माजह र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जसले उहाँको हदीस सुन्यो, त्यसलाई याद गर्यो र अरूसम्म पुर्यायो, त्यस व्यक्तिको लागि यस संसारमा उज्यालोपन, प्रसन्नता र सौन्दर्य तथा आखिरत (परलोक) मा अल्लाहले उसलाई स्वर्गको आनन्द, सुख-सुविधा र सुन्दरतासम्म पुर्याऊन् भनी प्रार्थना गर्नुभएको छ। किनभने, कहिलेकाहीँ जसलाई हदीस सुनाइन्छ, ऊ हदीस सुनाउने व्यक्तिभन्दा बढी बुझ्ने, फकीह (विद्वान) र हदीसबाट सही निष्कर्ष निकाल्न सक्ने क्षमता भएको हुन सक्छ। यसरी, पहिलो व्यक्ति हदीसलाई स्मरण गर्ने र प्रसारण गर्ने कार्यमा दक्ष हुन्छ भने दोस्रो व्यक्ति त्यसको गहिरो अर्थ बुझ्ने र त्यसबाट विधि तथा ज्ञानका निष्कर्ष निकाल्ने कार्यमा निपुण हुन्छ।
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "निश्चय नै, स्वर्गमा मुमिन (विश्वासी) का लागि एउटा यस्तो पाल (तम्बु) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै ठूलो मोतीबाट बनेको हुनेछ। त्यसको उचाइ साठी माइल हुनेछ। त्यहाँ आस्थावानका श्रीमतीहरू हुनेछन्, जोसँग ऊ भेट गर्न आउने-जाने गर्नेछ, तर (त्यो पाल यति ठूलो हुनेछ कि) उनीहरूले एकअर्कालाई देख्ने छैनन्।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गका केही सुख-सुविधाहरूको बारेमा बताउनुहुँदै उल्लेख गर्नुभएको छ कि स्वर्गमा आस्थावानका लागि एउटा विशाल र फराकिलो पाल (तम्बू) हुनेछ, जुन भित्रबाट खोक्रो भएको एउटै मात्र बहुमूल्य मोती द्वारा निर्मित हुनेछ। आकाशतर्फ त्यसको चौडाइ र लम्बाइ साठी माइलको हुनेछ। त्यसका चारै वटा कुना र प्रान्तहरूमा उनीका श्रीमतीहरू हुनेछन्, जसले (विशालताका कारण) एकअर्कालाई देख्न सक्ने छैनन् र आस्थावान उनीहरूका माझ आवतजावत गर्नेछ।
अबु रुकय्या तमिम बिन औस अद-दारी (रज़ियल्लाहु अन्हु) बाट वर्णित छ, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "धर्म भनेको निष्ठा हो," हामीले सोध्यौं, "कसको लागि ?" उहाँले उत्तर दिनुभयो, "अल्लाहप्रति, उहाँको किताबप्रति, उहाँका रसूलप्रति, मुस्लिम शासकहरू प्रति र सम्पूर्ण मुस्लिमहरूप्रति।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, धर्म इख्लास (शुद्ध निष्ठा) र सत्यतामा आधारित छ त्यसैले यसलाई अल्लाहले तोके अनुसार पूर्ण रूपले कुनै कमी वा छलकपट नगरी पालन गर्नुपर्छ। भलाई र निष्ठा कसप्रति हुन्छ भनेर सोधिएको प्रसंगमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस कुरालाई स्पष्ट गर्दै भन्नु भयो : १) अल्लाह प्रति निष्ठा : अल्लाहप्रति निष्ठा भन्नाले उहाँको सन्तुष्टि प्राप्त गर्ने उद्देश्यले निष्कपट र विशुद्ध रूपमा उहाँको उपासना गर्नु, उहाँसँग कसैलाई साझेदार नठहर्याउनु, उहाँको प्रभुत्व, पूजनीयता र उहाँको नाम र गुणहरूमा आस्था राख्नु, उहाँका आदेशहरूको आदर गर्नु, साथै, उहाँमाथि अटल विश्वास कायम राख्ने र अरूलाई पनि उहाँमाथि आस्था राख्न आह्वान गर्नु हो। २) पवित्र कुर्आन प्रति निष्ठा: यसको अर्थ कुर्आन अल्लाहको वचन (कलाम) हो भन्ने कुरामा दृढ विश्वास गर्नु हो। यो अन्तिम धार्मिक ग्रन्थ हो जुन अल्लाहले पठाउनु भएको हो र यसले अघिल्ला सबै धार्मिक कानूनहरूलाई खारेज गरेको छ भन्ने कुरामा विश्वास गर्नु हो, साथै यस पवित्र ग्रन्थको सम्मान गर्नु, यसलाई ध्यानपूर्वक पढ्नु, यसका मुहकम (सुस्पष्ट) श्लोकहरूको पालना गर्नु र मुताशबिह (अनेकार्थी) श्लोकहरूलाई पनि स्वीकार गर्नु निष्ठाको महत्वपूर्ण पक्ष हो। कुर्आनको अर्थलाई तोडमोड गर्ने वा गलत व्याख्या गर्नेहरूको खण्डन गर्नु पनि आवश्यक छ। यसबाट ज्ञान प्राप्त गर्नु, यसका शिक्षालाई सबैतिर फैलाउनु र मानिसहरूलाई यसलाई स्वीकार गर्न प्रोत्साहित गर्नु हरेक विश्वासीको कर्तव्य हो। ३) रसूल मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) प्रति निष्ठा : उहाँ प्रति निष्ठा भनेको उहाँ अन्तिम सन्देशवाहक हुनुहुन्छ भन्ने तथ्यमा विश्वास गर्नु, उहाँले ल्याउनुभएको शिक्षालाई सत्य मान्नु, उहाँका आदेशहरूको पालना गर्नु, उहाँले निषेध गरेका कुराबाट टाढा रहनु, उहाँले निर्धारित गरेको विधिअनुसार मात्र अल्लाहको उपासना गर्नु हो । साथै, उहाँको अधिकारको सम्मान र उहाँको आदर कदर गर्नु, उहाँको सन्देशलाई विश्वव्यापी रूपमा फैलाउनु, उहाँको "शरिया"को प्रचारप्रसार गर्नु र उहाँमाथि लगाइएका झूटा आरोपहरूको खण्डन गर्नु पनि निष्ठाको अभिन्न पक्ष हो। ४) मुस्लिम शासकहरूप्रति सद्भाव : यसको अर्थ, शासकहरूलाई सत्य र उचित कार्यमा सहयोग गर्नु, उनीहरू विरुद्ध विद्रोह नगर्नु र जबसम्म उनीहरू अल्लाहका आदेश तथा उहाँको शरीअतका सिद्धान्तअनुसार कार्यरत रहन्छन्, तबसम्म उनीहरूको आदेश पालन गर्नु तथा आज्ञा मान्नु हो। ५) आम मुस्लिमहरूप्रति सद्भाव (भलाई): यसको अर्थ मुस्लिमहरूसँग राम्रो व्यवहार गर्नु, उनीहरूलाई सत्कर्मका लागि प्रेरित गर्नु, कठिनाइ पर्दा सहायता गर्नु, उनीहरूको कल्याणको कामना गर्नु र पुण्यकर्म तथा धार्मिक कर्तव्यमा सहयोग पुर्याउनु हो।