





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, हामी एक वर्षाले भिजेको, अत्यन्त अँध्यारो रातमा अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई खोज्न निस्कियौँ ताकि उहाँले हामीलाई नमाज पढाइदिउन्। अब्दुल्लाह बिन खुबैबले भन्नुहुन्छ: मैले उहाँलाई भेटेँ। उहाँले भन्नुभयो: "भन," तर मैले केही भनिनँ। फेरि उहाँले भन्नुभयो: "भन," तर मैले फेरि पनि केही बोलिनँ। तेस्रो पटक उहाँले भन्नुभयो: "भन।" तब मैले सोधें: "म के भनूँ?" उहाँले भन्नुभयो: "तिमीले बिहान र बेलुका तीन-तीन पटक"{कुल हुवल्लाहु अहद} (सूरह इख्लास) र दुई मुअव्विजात (सूरह फलक र सूरह नास) पढ्नु। यी ले तिमीलाई हरेक कुराबाट जोगाउनेछन्।"
अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्सहाबी अब्दुल्लाह बिन खुबैब (रजियल्लाहु अन्हु) ले बयान गर्नुभएको छ: पानी परेको र घनघोर अँध्यारो रातमा हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई नमाज पढाइदिउन् भनेर उहाँको खोजी गर्न बाहिर निस्क्यौँ र उहाँलाई भेट्टायौँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अब्दुल्लाह बिन खुबैब लाई भन्नुभयो: "भन" अर्थात पढ, तर उनले केही पनि पढेनन् । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो कुरा दोहोर्याउनुभयो र अब्दुल्लाहले भने: हे अल्लाहका रसूल, म के पढूँ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: सुरतुल-इखलास {कुल हुवल्लाहु अहद} र मुऔवीजतैन {कुल अऊ जु बि-रब्बिल फलक} र {कुल अऊ जु बि-रब्बिनास} बिहान र बेलुका तीन तीन पटक पढनु । यसले तिमीलाई हरेक खराबी र हानिबाट जोगाउँछ ।
अबान बिन उस्मान (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, मैले उस्मान बिन अफ़्फ़ान (रज़ियल्लाहु अन्हु) ले भन्दै गरेको सुनेँ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ : "जसले यो प्रार्थना तीन पटक पढ्छ: "अल्लाहको नाममा, जसको नामले पृथ्वी वा आकाशमा कुनै पनि कुराले हानि गर्न सक्दैन र उहाँ सर्वश्रोता एवं सर्वज्ञ हुनुहुन्छ।" बिहानसम्म कुनै पनि अचानक विपत्तिले उसलाई आक्रमण गर्नेछैन।" र जसले बिहान तीन पटक यो पढ्छ, साँझसम्म उसलाई अचानक कुनै विपत्ति आउने छैन।" वर्णनकर्ता भन्छन्, पछि अबान बिन उस्मानमाथि पक्षाघात (फालिज) को आक्रमण भयो, त्यसैले उनीबाट यो हदीस सुन्ने व्यक्तिले उनलाई हेर्न थाल्यो। त्यसैले अबानले उनलाई सोधे: के भयो, तिमी मलाई किन हेरिरहेका छौ? अल्लाहको कसम, मैले उस्मानलाई झूटो भनेर केही भनेको छैन, नत उस्मानले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झूटो भनेर केही भनेको छ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।
अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो, जो कुनै व्यक्ति प्रत्येक बिहान फज्र पछि र प्रत्येक साँझ सूर्यास्तअघि तीन पटक यो भन्छ: म यस अल्लाहको सहयोग चाहन्छु र हरेक पीडादायी कुराबाट उहाँको सुरक्षा चाहन्छु, उहाँको नाम लिइसकेपछि कुनै पनि ठूलो कुरा, पृथ्वीबाट आउने कुनै पनि विपत्ति वा आकाशबाट आउने कुनै पनि विपत्तिले मलाई हानि पुर्याउन सक्दैन। उहाँ नै हाम्रो कुरा सुन्ने र हाम्रो परिस्थितिको बारेमा जानकार हुनुहुन्छ। यदि यो साँझमा पढियो भने, बिहानसम्म अचानक कुनै पनि कुराले हानि गर्दैन, र यदि बिहान पढियो भने, साँझसम्म अचानक कुनै पनि कुराले हानि गर्दैन। हदीसका वर्णनकर्ता अबान बिन उस्मानमाथि पक्षाघात (फालिज) को आक्रमण भयो, त्यसैले उनीबाट यो हदीस सुन्ने व्यक्तिले उनलाई हेर्न थाल्यो। त्यसैले अबानले उनलाई सोधे: के भयो, तिमी मलाई किन हेरिरहेका छौ? अल्लाहको कसम, मैले उस्मानलाई झूटो भनेर केही भनेको छैन, नत उस्मानले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई झूटो भनेर केही भनेको छ। वास्तवमा जुन दिन मलाई यो बिमारी लागेको थियो त्यो दिन रिसको झोकमा भएकोले यो दुआ पढ्न बिर्सिएको थिएँ ।
साअ्द (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक गाउँले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: मलाई केही जिक्र (प्रार्थना) हरू सिकाउनुहोस्, जुन म पढ्न सकूँ । उहाँले भन्नुभयो : “भन : (ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु, अल्लाहु-अक्बर कबीरा, वल्हम्दु-लिल्लाहि कषीरा, सुब्हानल्लाहि रब्बिल-आलमीन्, ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम) ।" उसले भन्यो: यी शब्दहरू त मेरा पालनकर्ताका लागि भए, अनि मेरो लागि चैँ? उहाँले भन्नुभयो: "भन:(अल्लाहुम्मग्-फिर्ली, वर्-हम्नी, वह्दिनी वर्जुक्नी) ।"
मुस्लिमले वर्णन गरेका छन्गाउँबाट आएका एक सहाबीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई केही जिक्रहरू सिकाउन आग्रह गरे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : भन : "ला इलाह इल्लल्लाहु वह्-दहू ला शरीक लहु ।" उहाँले तौहीद (एकेश्वरवाद) को गवाही बाट सुरु गर्नुभयो, जसको अर्थ हो: 'अल्लाह बाहेक कोही सत्य पूज्य छैन ।' "अल्लाहु-अक्बर कबीरा" अर्थ : अल्लाह सबै भन्दा महान र ठूलो हुनुहुन्छ । "वल्हम्दु-लिल्लाहि कषीरा" अर्थ : अल्लाहका गुणहरू, कार्यहरू र उहाँका अनगिन्ती आशीर्वादहरूका लागि धेरै प्रशंसा छन्। "सुब्हानल्लाहि रब्बिल-आलमीन्" अर्थ : उहाँ हरेक कमी-कमजोरी र त्रुटिबाट पवित्र हुनुहुन्छ । "ला हौल वला कुव्वत इल्ला बिल्लाहिल-अजीजिल-हकीम" अर्थ: अल्लाहको सहयोग, कृपा र इच्छाबिना एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुन सम्भव छैन। यो सुनेर गाउँलेले भन्यो: यी शब्दहरू त मेरा रबको स्तुति र महिमाका लागि भए, मैले चैं आफ्नो लागि के दुआ (प्रार्थना) गरुँ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : भन : "'अल्लाहुम्मग्-फिर्ली" हे अल्लाह! मेरा पापहरूलाई मेटिदिनुहोस् र मेरा पापहरु कसैलाई थाहा नहोस्, र हे अल्लाह! मलाई क्षमा गरिदिनुहोस् । "वर्-हम्नी" मलाई धार्मिक र सांसारिक लाभहरू प्रदान गरेर ममाथि दया गर्नुहोस् । "वह्दिनी" मलाई उत्तम अवस्था र सीधा मार्गतर्फ मार्गदर्शन गर्नुहोस् । "वर्जुक्नी" मलाई धन, सुस्वास्थ्य र सबै प्रकारका भलाइ प्रदान गर्नुहोस् ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले कसम खाने क्रममा 'लात र उज्जाको कसम!' भन्यो, उसले तुरुन्तै 'ला इलाहा इल्लल्लाह' (अल्लाहबाहेक कुनै सत्य पूज्य छैन) भन्नुपर्दछ। र जसले आफ्नो साथीलाई 'आऊ, जुवा खेलौँ' भनी प्रस्ताव गर्छ भने, उसले (प्रायश्चित स्वरूप) दान गर्नुपर्दछ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाह बाहेक अरूको कसम खान विरुद्ध चेतावनी दिनुभएको छ; किनकि एक मुमिन (विश्वासी) ले केवल अल्लाहको मात्र कसम खान्छ। उहाँले यो पनि स्पष्ट पार्नुभएको छ कि, यदि कसैले अल्लाह बाहेक अन्य कुनै कुराको—उदाहरणार्थ ‘लात’ र ‘उज्जा’ को (जुन इस्लामपूर्वको अज्ञानताको युगमा पूजिने मूर्तिहरू थिए)—कसम खायो भने, उसले तत्काल आफ्नो त्रुटि सच्याउँदै, शिर्कबाट मुक्त हुन र त्यस कसमको प्रायश्चित्तस्वरूप "ला इलाहा इल्लाल्लाह" (अल्लाहबाहेक अन्य कोही सत्य पूज्य छैन) भन्नुपर्दछ। त्यसपछि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभयो कि, यदि कसैले आफ्नो साथीलाई "आऊ, हामी जुवा खेलौं" भनी प्रस्ताव गर्छ भने उसले त्यस वचनको प्रायश्चित्त स्वरूप केही दान गर्नु मुस्तहब (पुण्यदायी) हुन्छ। (यहाँ 'जुवा' भन्नाले दुई वा सोभन्दा बढी व्यक्तिहरूबीच हुने यस्तो प्रतिस्पर्धालाई बुझिन्छ, जहाँ सम्पत्ति दाउमा लगाइन्छ र विजेताले उक्त सम्पत्ति प्राप्त गर्दछ। यसमा संलग्न प्रत्येक व्यक्ति या त नाफामा हुन्छ या नोक्सानमा; यस जोखिमबाट कोही पनि मुक्त रहँदैन।)
अबू सईद खुद्री र अबू हुरैरह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "एक पुकार्नेले पुकार्नेछ: तिमी सधैं स्वस्थ रहनेछौ, तिमी कहिल्यै बिरामी पर्नेछैनौ। तिमी सधैं बाँच्नेछौ, तिमी कहिल्यै मर्ने छैनौ। तिमी सधैं जवान रहनेछौ, तिमी कहिल्यै बूढो हुनेछैनौ। तिमी सधैं आनन्दमा रहनेछौ, तिमी कहिल्यै समस्यामा पर्ने छैनौ।" यो कुरा अल्लाहको निम्न पदमा उल्लेख गरिएको छ: {तिनीहरूलाई बोलाइनेछ: यो त्यो स्वर्ग हो जसको उत्तराधिकारी तिमीहरूले गरेका कर्महरूको कारणले बनाइएको हो।} [सुरह आराफ ४३]
मुस्लिमले वर्णन गरेका छन्पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, जब स्वर्गवासीहरू स्वर्गको आशिर्वादको आनन्द लिइरहेका हुनेछन्, एक पुकार्नेले पुकार्नेछ: यहाँ तपाईंको लागि एउटा व्यवस्था छ, तपाईं सधैं स्वस्थ रहनुहुनेछ र तपाईंलाई सानो रोग पनि लागने छैन। तपाईं सधैंभरि बाँच्नुहुनेछ र तपाईं कहिल्यै मर्नुहुने छैन। निद्रा पनि छैन, जुन मृत्युको एक सानो रूप हो। तिमी सधैं जवान रहनेछौ र बुढ्यौली तिम्रो नजिक पनि आउने छैन। यहाँ तिमी सबै प्रकारका आशिर्वादहरूमा हुनेछौ। त्यहाँ कुनै दुःख वा चिन्ता हुनेछैन। यो कुरा सर्वशक्तिमान अल्लाहको भनाइमा उल्लेख गरिएको छ: {तिनीहरूलाई बोलाइनेछ: यो त्यो स्वर्ग हो जसको उत्तराधिकारी तिमीहरूले गरेका कर्महरूको कारणले बनाइएको हो।} [अल-अराफ: ४३]
सुहैब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जब स्वर्गवासीहरू स्वर्गमा प्रवेश गर्छन्, अल्लाहले सोध्नेछन्: के तिमीहरूलाई अझै केही चाहिन्छ? तिनीहरूले जवाफ दिनेछन्: के तपाईंले हाम्रो अनुहार उज्यालो पार्नुभएन? के तपाईंले हामीलाई स्वर्गमा प्रवेश गराउनुभएन र आगोबाट बचाउनुभएन? (नबीले) भन्नुभयो: अत: अल्लाह तआलाले (नूरको) पर्दा हटाउनुहुनेछ। त्यसकारण, उनीहरूले पाएको कुनै पनि कुरा आफ्नो रब (पालनकर्ता) को दर्शन भन्दा प्यारो हुने छैन।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनु भयो, जब स्वर्गवासीहरू स्वर्गमा प्रवेश गर्नेछन्, अल्लाहले तिनीहरूलाई भन्नुहुनेछ: के तपाईंहरू अझै धेरै आशिष्हरू पाउन चाहनुहुन्छ? स्वर्गवासीहरूले जवाफ दिनेछन्: के तपाईंले हाम्रो अनुहार उज्यालो पार्नुभएन? के तपाईंले हामीलाई स्वर्गमा प्रवेश गराउनुभएन र आगोबाट बचाउनुभएन? स्वर्गवासीहरूको जवाफ सुनेपछि, अल्लाहले पर्दा हटाउनुहुनेछ र त्यसलाई माथि उठाउनुहुनेछ। अल्लाहको पर्दा नूर (प्रकाश) को हो। त्यसकारण, उनीहरूले अहिलेसम्म जेसुकै पाएका भए पनि, उनीहरूका लागि आफ्ना सर्वशक्तिमान प्रभुको दर्शन भन्दा बढी प्रिय अरू केही हुनेछैन।
जाबिर (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो: "निस्सन्देह शैतान यस कुराबाट निराश भइसकेको छ, मुस्लिमहरूले अरब प्रायद्वीपमा उसको उपासना गर्नेछन्। तर ऊ तिनीहरू बीच शत्रुता, कलह र मतभेद भड्काउने आशावादी छ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, अरबी प्रायद्वीपमा कडा प्रार्थना गर्ने मुस्लिमहरूले शैतानको उपासना गर्ने र मूर्तिहरूको अगाडि ढोग्ने गरेको तथ्यबाट शैतान निराश भइसकेको छ । तर पनि उसले उनीहरूलाई झगडा, प्रलोभन, कलह र अशान्तिमा उक्साउने प्रयास गरिरहन्छन्।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मैले दुई प्रकारका नरकवासी (अहिलेसम्म) देखेको छैनँ: पहिलो ती मानिसहरू जसको साथमा गाईको पुच्छर जस्तै कोर्रा हुनेछ र तिनीहरूले मानिसहरूलाई त्यसले पिट्नेछन्। दोस्रो ती महिलाहरू जो लुगा लगाएर पनि नाङ्गै हुनेछन्, अरूलाई आकर्षित गर्नेछन् र आफैँ पनि आकर्षित हुनेछन्, तिनीहरूको टाउको (केश सजावट) ऊँटको जुरो (कोहान) जस्तै अग्लो हुनेछ। तिनीहरू स्वर्गमा प्रवेश गर्नेछैनन् न त यसको सुगन्ध नै पाउनेछन्, जबकि स्वर्गको सुगन्ध अत्यधिक दूरीबाट नै अनुभव गर्न सकिन्छ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले नरकमा जाने दुई प्रकारका मानिसहरूबाट सावधान रहन चेतावनी दिनुभएको छ। यी समूहहरूलाई उहाँले आफ्नो समयमा देख्नुभएको थिएन, किनकि तिनीहरू उहाँपछि देखा पर्ने थिए: पहिलो: गाईको पुच्छरजस्तै लामो कोर्रा बोक्ने मानिसहरू, जसले अरूलाई पिट्नेछन्। उनीहरू अन्यायपूर्ण तरिकाले नियमहरू लागु गर्ने र दमनकारीका दलालहरू हुन्, जसले सोझासाझा जनतामाथि अन्याय गर्नेछन्। दोस्रो: बेसरम र निर्लज्ज महिलाहरू; जसले सतीत्व, पवित्रता र लज्जाको आवरण त्यागेका छन्, जुन सामान्यतया नारीहरूको लागि जन्मजात र स्वाभाविक हुन्छ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनीहरूलाई यसरी वर्णन गर्नुभयो: नामको लुगा लगाएका तर वास्तवमा नग्न हुनेछन्; किनभने तिनीहरू फेशन र अंगप्रदर्शनको होडमा पातलो र पारदर्शी लुगा लगाउँछन् जसले भित्रको छाला देखिन्छ, साथै तिनीहरू शरीरको केही भाग ढाक्छन् र केही भाग खुला राख्छन्। उनीहरू आफ्नो पहिरन र चालचलनले पुरुषहरूको मन आफूतिर आकर्षित गर्नेछिन्। काँध र घाँटी मटकाउँदै हिँड्नेछिन् र अरूलाई पनि आफू भएको पतन र पथभ्रष्टतातर्फ तान्न प्रयत्न गर्नेछिन्। तिनीहरूको पहिचान भनेको उनीहरूको शिर हल्का झुकेको ऊँटको जुरो जस्तो देखिनु हो। उनीहरूले कपडा, कपाल वा त्यस्तै कुनै वस्तु लगाएर आफ्नो शिरको आकार ठूलो देखाउँछिन्। तिनीहरूको कपाल र चुल्ठो टाउकोमाथि उठेको र ऊँटको जुरो जस्तै एकातर्फ ढल्केको हुने भएकाले यसलाई ऊँटको जुरोसँग तुलना गरिएको छ। तसर्थ, जस-जसमा यी दुर्गुणहरू छन्, ती महिलाहरू यस हदीसमा उल्लेख गरिएको धम्कीका भागीदार हुन्—उनीहरू स्वर्गमा प्रवेश गर्नेछैनन्, न त त्यसको नजिक पुग्नेछन्, न त तिनीहरूले स्वर्गको सुगन्ध पाउनेछन्। जबकि स्वर्गको सुगन्ध धेरै टाढाबाट पनि अनुभव गर्न र सुँघ्न सकिन्छ।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "एक पुरुषले अर्को पुरुषको गुप्ताङ्ग हेर्नु हुँदैन। त्यसैगरी, एक महिलाले पनि अर्को महिलाको गुप्ताङ्ग हेर्नु हुँदैन। एक पुरुषले अर्को पुरुषसँग एउटै कपडाभित्र सुत्नु हुँदैन र एक महिलाले अर्को महिलासँग एउटै कपडाभित्र सुत्नु हुँदैन।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पुरुषले अर्को पुरुषको गुप्तांगलाई हेर्न वा एक महिलाले अर्को महिलाको गुप्तांगलाई हेर्न निषेध गर्नुभएको छ । हदीसमा उल्लिखित अरबी पद "औरह" (लज्जास्थान) ले शरीरको त्यस भागलाई जनाउँछ, जसलाई ढाक्नु आवश्यक छ र जुन खोल्दा लज्जा लाग्छ। पुरुषको "औरह" (लज्जास्थान) नाभिदेखि घुँडासम्मको भाग हो। जबकि महिलाको सम्पूर्ण शरीर ( गैर-महरम ) पर पुरुषहरूको लागि "औरह" (लज्जास्थान) हो, तर महिलाहरू र "महरम" (साक्खै निकटतम नातेदारहरू) पुरुषहरु सामु, उनले सामान्यतः घरमा काम गर्दा देखिने अंगहरू खुला राख्न सक्छिन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले एक पुरुषले अर्को पुरुषसँग एउटै लुगा वा कम्बलमा नग्न बस्न वा एक महिलाले अर्की महिलासँग एउटै लुगा वा कम्बलमा नग्न बस्न निषेध गर्नुभएको छ। यसको मुख्य कारण यो हो कि यसो गर्दा एक-अर्काको गोप्य अङ्गहरू छुने सम्भावना रहन्छ। गोप्य अङ्ग छुनु पनि हेर्नुजस्तै निषेधित छ। बरु, यो झन् खतरनाक हो, किनभने यसले ठूलो खराबी र अनैतिकता निम्त्याउन सक्छ।