





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अनस (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, उनी भन्छन्: एउटा व्यक्ति पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! मैले साना ठूला हरेक पाप गरेको छु । उहाँले भन्नुभयो: " के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल (सन्देशवाहक) हुन् ?" भनेर तीन पटक प्रश्न सोध्नुभयो । व्यक्तिले जवाफ दियो: हो (मैले गवाही दिन्छु), उहाँले भन्नुभयो: "यो गवाहीले यी पापहरूलाई मेटाउँछ ।"
अबू याअला, तबरानी र जिया अल-मकदीसीले वर्णन गरेका छन्एक व्यक्ति अल्लाहको पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र भन्यो: हे अल्लाहका रसूल! मैले सबै प्रकारका पापहरू गरेको छु। कुनै सानो वा ठूलो पाप मबाट छुटेको छैन। के मलाई क्षमा गरिनेछ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस व्यक्तिलाई भन्नुभयो: "के तिमी गवाही दिंदैनौ, कि अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल हुन् ?" उहाँले यो प्रश्न तीन पटक दोहोर्याउनु भयो। त्यस व्यक्तिले जवाफ दियो: हो! म यो गवाही दिन्छु । तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यी दुवै गवाहीको महत्व र यसले पापहरू मेटाउँछ र पश्चात्तापले अघिल्लो सबै पापहरू पखालिन्छ भनेर जानकारी दिनुभयो ।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "विद्वानहरूसँग बहस गर्न र अज्ञानीहरूसँग वाद-विवाद गर्न र सभाहरूमा प्रमुख पद प्राप्त गर्नको लागि ज्ञान प्राप्त नगर्नुहोस्, जसले यसो गर्छ, उसको वासस्थान आगो (नर्क) हुनेछ ।"
इब्ने माजहले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उलमा (विद्वान) हरूसँग बहस गर्ने र 'म पनि तिमीहरू जस्तै विद्वान हुँ' भनी गर्व र सेखी देखाउन, अज्ञानी र कम बुद्धि भएकाहरूसँग वाद-विवाद गर्ने र सभाहरूमा अग्रपंक्तिमा बस्ने मौका पाउने मनसायले ज्ञान (इल्म) प्राप्त गर्नबाट कडाइका साथ मनाही गर्नुभएको छ । र जसले त्यस्तो गर्छ, उ आफ्नो पाखण्ड र ज्ञानको प्राप्तिमा सत्यनिष्ठा नभएको कारणले नरकको भागीदार बन्नेछ।
नौवास बिन सम्आन अन्सारी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "अल्लाहले (सिराति-मुस्तकीम) सिधा मार्गको उदाहरण दिनुभएको छ, त्यस मार्गको दुवै छेउमा पर्खालहरू छन्, जसमा खुल्ला ढोकाहरू छन्, र ती ढोकाहरूमा पर्दाहरू झुन्डिएका छन्। मार्गको प्रवेशद्वारमा एक आह्वानकर्ता छ, जसले बोलाउँदै भन्छ: 'हे मानिसहरू, सबै जना सिधा मार्गमा प्रवेश गर, र यताउता नजानु ।' अनि अर्को आह्वानकर्ता मार्गको माथिबाट बोलाउँछ, यदि कसैले ती ढोकामध्ये कुनै एक खोल्न चाहन्छ भने, उसले भन्छ: धिक्कार होस् तिमीलाई, यसलाई नखोल, यदि तिमीले खोल्यौ भने तिमी त्यसमा प्रवेश गर्नेछौ।' यो सिधा मार्ग इस्लाम हो, ती पर्खालहरू अल्लाहको (कानुनको) सीमाहरू हुन्, ती खुल्ला ढोकाहरू अल्लाहले निषेध गरेको कुरा हुन्, र मार्गको छेउमा बोलाउने आह्वानकर्ता अल्लाहको पुस्तक (कुर्आन) हो, र मार्गमाथिबाट बोलाउने आह्वानकर्ता प्रत्येक मुस्लिमको हृदयमा रहेको अल्लाहले तोक्नु भएको उपदेशक हो।"
तिर्मीजी र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ : अल्लाहले इस्लामको उदाहरण सीधा मार्गले दिनुभएको छ, जसमा कुनै टेढोपन छैन । यस मार्गको दुबै छेउमा दुईवटा पर्खालहरू छन्, जसले यसलाई दुबैतिरबाट घेरेको छ । ती दुई पर्खालहरू अल्लाहका (कानुनको) सिमा हुन्, यी दुबै पर्खालहरूको बीचमा खुल्ला ढोकाहरू छन्, जुन अल्लाहले गर्नु भएका निषेधित चीजहरूको उदाहरण हुन्, ती ढोकाहरूमा पर्दाहरू झुण्डिएका छन्, जसले गर्दा मार्गमा हिंड्ने व्यक्तिलाई भित्र के छ भनेर देखिदैन। बाटोको सुरुवातमा एक आह्वानकर्ता छ, जसले मानिसहरूलाई मार्गनिर्देशन गर्छ र भन्छ: सीधा बाटोमा हिड्नुहोस् र यता-उता नहेर्नुहोस् । यो आह्वानकर्ता अल्लाहको पुस्तक (कुर्आन) हो । अर्को आह्वानकर्ता मार्गको माथिबाट बोलाउँछ; जब मार्गमा हिँड्नेले ती ढोकाहरूको पर्दा अलिकति मात्र खोल्न चाहन्छ, तब उसले कडा चेतावनी दिन्छ: 'तिमीलाई हानी हुनेछ, यसलाई नखोल! यदि तिमीले यसलाई खोल्यौ भने तिमी भित्र प्रवेश गर्नेछौ र आफूलाई रोक्न असमर्थ हुनेछौ।' यो आह्वानकर्ता प्रत्येक मुस्लिमको हृदयमा रहेको अल्लाहले तोक्नु भएको उपदेशक हो।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "तिमीहरू मध्ये कसैले आफ्नो परिवारमा फर्किंदा तीनवटा ठूला, मोटा गाभिन ऊँटहरू पाउन चाहन्छ ? हामीले भन्यौं: अवश्य! नै चाहन्छौं, उहाँले भन्नुभयो: "तिमीहरू मध्ये कसैले आफ्नो नमाजमा तीनवटा श्लोकहरू पढ्नु, उसको लागि तीनवटा ठूला, मोटो र गाभिन ऊँटहरू भन्दा राम्रो हो ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम)ले स्पष्ट पार्नुभएको छ कि नमाजमा तीन श्लोकहरू पढ्नु को पुण्य, मानिसले आफ्नो घरमा तीनवटा ठूला, मोटो र गाभिन ऊँटनीहरू पाउनु भन्दा राम्रो हो।
उक्बह बिन आमिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेआम दान दिने व्यक्ति जस्तो हो र कम स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तो हो।"
अबू दाउद, तिर्मीजी र निसाईले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उच्च स्वरमा कुरआन पढ्ने व्यक्ति खुलेर दान दिने व्यक्ति र मसिनो स्वरमा कुरआन पढ्ने व्यक्ति गोप्य रूपमा दान दिने व्यक्ति जस्तै हो भनी बताउनुभएको छ ।
"अली (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ, उहाँले भन्नुहुन्छ: "म यस्तो व्यक्ति थिएँ कि जब मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट कुनै हदीस सुनेँ (मैले तुरुन्तै विश्वास गरे) र अल्लाहले मलाई त्यसबाट जति चाहनुभयो, त्यति नै लाभ प्रदान गर्नुभयो। र जब कुनै सहाबा (साथी) ले मलाई हदीस सुनाउनुहुन्थ्यो, म उहाँलाई कसम खान आग्रह गर्थे। जब उहाँले कसम खानुहुन्थ्यो, म उहाँको कुरामा विश्वास गर्दथेँ। एक चोटि, अबु बक्र (रजियल्लाहु अन्हु) ले मलाई एक हदीस सुनाउनुभयो, र निश्चय नै अबु बक्रले सत्य बोल्नुभयो। उहाँले भन्नुभयो: 'मैले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यसो भनिरहेको सुनेँ: "जब कुनै व्यक्तिबाट पाप हुन्छ, त्यसपछि ऊ खडा हुन्छ र वुजु गर्छ, त्यसपछि नमाज पढ्छ र अल्लाहसँग क्षमा याचना गर्छ, तब अल्लाहले उसलाई क्षमा दिनुहुन्छ । त्यसपछि उहाँले यो आयत पढ्नुभयो: "र, उनीहरूले कुनै ठुला पाप गरेमा वा आफैंमाथि अन्याय गरेमा, उनीहरूले अल्लाहलाई सम्झन्छन् र आफ्नो पापको लागि माफी माग्छन् ।" [आलि-इम्रान: १३५]
अबू दाउद, तिर्मीजी र निसाईले कुब्रामा र इब्ने माजह तथा अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब कुनै व्यक्तिले पाप गर्छ, त्यसपछि राम्रोसँग वुजू गर्छ र त्यसपछि उभिएर आफ्नो पापको पश्चात्ताप गर्ने मनसायले दुई रकात नमाज पढ्छ र अल्लाहसँग क्षमायाचना गर्छ भने अल्लाहले उसलाई क्षमा गरिदिनु हुन्छ। त्यसपछि अल्लाहको रसुल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो आयत पढ्नुभयो: {र, उनीहरूले कुनै अश्लील कार्य गरेमा वा आफैंमाथि अन्याय गरेमा अल्लाहलाई स्मरण गरेर आफ्ना पापहरूका लागि क्षमायाचना गर्छन् । र, अल्लाहबाहेक कसले पापलाई क्षमा गर्न सक्छ र ? र, उनीहरू जानी-जानी आफ्नो कुकर्ममा हठ गर्दैनन् ।} [आलि-इम्रान: १३५]
अबू-उमामा अल्-बाहली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए र सोधे: "जसले प्रतिफल र प्रसिद्धिको कामना गर्दै जिहादमा भाग लिन्छ, उसले के पाउँछ?" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: "उसले केही प्राप्त गर्नेछैन।" ती व्यक्तिले आफ्नो प्रश्न तीन पटक दोहोर्याए र प्रत्येक पटक उहाँले भन्नुभयो: "उसले केही प्राप्त गर्नेछैन।" त्यसपछि उहाँले भन्नुभयो: "निस्सन्देह, अल्लाहले केवल त्यो कार्य स्वीकार गर्नुहुन्छ, जुन विशुद्ध उहाँको निम्ति र उहाँको प्रसन्नता प्राप्तिका लागि गरिन्छ।"
رواه النسائيएक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) को समक्ष उपस्थित भए र सोधे: "त्यस्तो व्यक्तिको बारेमा के आदेश छ, जो अल्लाहबाट प्रतिफल र मानिसहरूबाट प्रशंसा दुवै प्राप्त गर्ने मनसायले जिहादमा सहभागी हुन्छ?" नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: "उसले केही पनि प्राप्त गर्नेछैन। किनभने उसले आफ्नो नियतमा अल्लाह बाहेक अन्य लाई साझेदार बनायो।" ति व्यक्तिले यो प्रश्न तीन पटक दोहोर्याए, र प्रत्येक पटक उहाँले उही उत्तर दिनुभयो: "उसले कुनै इनाम पाउनेछैन।" त्यसपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कर्म स्वीकार्य हुने ईश्वरीय नियम स्पष्ट पार्दै भन्नुभयो: "अल्लाहले केवल तिनै कर्महरू स्वीकार गर्नुहुन्छ, जुन विशुद्ध उहाँकै निम्ति (निस्वार्थ भावले) र उहाँको प्रसन्नता प्राप्त गर्ने उद्देश्यले मात्र गरिएका हुन्छन्।"
अबु हुरैराह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "व्यक्तिको इस्लामको उत्कृष्टता भनेको उसलाई नचाहिने कुराहरू त्याग्नु हो।"
رواه الترمذي وغيرهनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यो स्पष्ट पार्नुभएको छ, एक मुस्लिमको इस्लामको सौन्दर्य र उसको ईमानको पूर्णता यस कुरामा निहित छ, ऊ आफूसँग असम्बन्धित, लाभहीन वा सरोकार नराख्ने कुराहरू (चाहे ती शब्द हुन् वा कर्म) बाट टाढा रहन्छ। धर्म वा दुनियाका ती कुराहरू, जो उससँग सम्बन्धित छैनन्, तिनीहरूमा संलग्न हुनु बुद्धिमत्ताको विपरीत हो। यदि मानिस अर्थहीन कुरामा व्यस्त रह्यो भने, त्यसले उसलाई आफ्ना वास्तविक जिम्मेवारी र सरोकारका विषयहरूबाट विमुख गराउन सक्छ, अथवा उसलाई यस्ता कार्यहरूतर्फ लैजान सक्छ जुन उसले परित्याग गर्नुपर्ने हुन्छ। निश्चय नै, कियामतको दिन मानिसले आफ्ना सम्पूर्ण कर्महरूको लेखाजोखा दिनुपर्नेछ।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मुमिन (आस्थावान) व्यक्ति आरोप लगाउने, अपमान गर्ने, गालीगलौज गर्ने, अश्लील बोल्ने र असभ्य व्यवहार गर्ने हुँदैन।"
तिर्मीजीले वर्णन गरेका छन्यस हदीसमा मानिसहरूको वंश र पुर्खामा दोष लगाउने, गालीगलौज गर्ने, श्राप दिने तथा आफ्नो बोली र व्यवहारमा निर्लज्जता र अश्लीलता प्रदर्शन गर्ने व्यक्ति पूर्ण मुमिन होइन भनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ।