





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबु अल-अब्बास सहल बिन सअद अस-सा’इदी (रज़ियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर भने, "हे अल्लाहका रसूल! मलाई यस्तो कर्म बताइदिनुहोस्, जसलाई मैले गरेँ भने अल्लाहले मलाई प्रेम गर्नुहुनेछ र मानिसहरूले पनि मलाई प्रेम गर्नेछन्।" तब उहाँले भन्नुभयो: "संसारलाई त्याग र अल्लाहले तिमीलाई माया गर्नुहुनेछ र मानिसहरूसँग भएका कुराहरू त्याग, मानिसहरूले तिमीलाई माया गर्नेछन्।"
رواه ابن ماجه وغيره بأسانيد حسنةएक व्यक्तिले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, "मलाई यस्तो कार्यको मार्गदर्शन गरिदिनुहोस्, जुन गरेमा अल्लाहले मलाई प्रेम गर्नुहुनेछ र मानिसहरूले पनि मलाई प्रेम गर्नेछन्।" तब उहाँले भन्नुभयो: " यदि तिमीले संसारमा आवश्यकता भन्दा अतिरिक्त र परलोकमा लाभ नहुने कुरा त्याग्यौ, र आफ्नो दीन (धर्म) मा हानि पुर्याउन सक्ने कुरा छोड्यौ भने अल्लाहले तिमीलाई प्रेम गर्नुहुनेछ। यदि तिमी मानिसहरू सगँ भएको सांसारिक सम्पत्तिप्रति आसक्त भएनौ भने मानिसहरूले तिमीलाई प्रेम गर्नेछन् । किनभने तिनीहरू स्वभावतः संसारलाई प्रेम गर्दछन् र जसले तिनीहरूसँग त्यसमा प्रतिस्पर्धा गर्दछ, तिनीहरूले उससँग घृणा गर्दछन्। तर जसले त्यसलाई तिनीहरूको निम्ति छोडिदिन्छ, तिनीहरूले उसलाई प्रेम गर्दछन्।"
मिक्दाम बिन मअदीकरिब (रजियल्लाहु अन्हु) ले बयान गर्छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भन्दै गरेको सुनेँ: "आदमको सन्तानले आफ्नो पेटभन्दा खराब कुनै भाँडो भर्दैन। मानिसलाई आफ्नो ढाड सोझो राख्न (अर्थात् जीवित रहन) केही गाँस खाना नै पर्याप्त हुन्छ। यदि उसले (पेट) भर्नै पर्ने भएमा, एक तिहाइ भाग खानाको लागि, एक तिहाइ पिउनेको लागि र एक तिहाइ भाग सासको लागि (छोड्नुपर्छ)।"
رواه الإمام أحمد والترمذي والنسائي وابن ماجهनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई चिकित्सा विज्ञानको एक मूल सिद्धान्त, अर्थात् रोग रोकथामतर्फ मार्गदर्शन गर्नुभएको छ, जस अनुसार मानिसले आफ्नो स्वास्थ्यको रक्षा गर्न आफ्नो आहारलाई नियन्त्रित गर्नुपर्छ। उसले ग्रहण गर्ने भोजन केवल भोकलाई शान्त गर्न र आवश्यक कार्य सम्पादनका लागि शक्ति प्राप्त गर्न मात्र हुनुपर्छ। मानिसले भर्ने भाँडोहरूमध्ये सबैभन्दा खराब पेट हो, किनकि अत्यधिक भोजनले तत्काल वा पछि गएर आन्तरिक एवं बाह्य रूपमा गम्भीर तथा अनेकौं रोगहरू निम्त्याउँछ। त्यसपछि, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि मानिसलाई पेट भर्नै पर्ने भएमा, उसले आफ्नो पेटलाई तीन भागमा बाँड्नुपर्छ: एक तिहाइ खानाको लागि, एक तिहाइ पिउनको लागि र एक तिहाइ सासको लागि। यसो गर्दा उसलाई कुनै कष्ट वा हानि हुँदैन र आलस्य पनि उत्पन्न हुँदैन, जसकारण उसले अल्लाहद्वारा (धर्म वा संसारको मामिलामा) अनिवार्य गरिएका कर्तव्यहरू पूरा गर्न सक्छ।"
जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, "मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग (परस्त्रीमाथि) अकस्मात् पर्ने नजरका विषयमा सोधेँ। उहाँले मलाई आफ्नो दृष्टि तुरुन्तै अरू कतै फर्काइहाल्न आदेश दिनुभयो।"
मुस्लिमले वर्णन गरेका छन्जरीर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई पर-स्त्रीमाथि पर्न जाने ‘अचानक दृष्टि’ का बारेमा सोध्नुभयो। जवाफमा उहाँले, तुरुन्तै ज्ञात हुन साथ आफ्नो दृष्टि वा अनुहार अर्कोतर्फ फर्काउने आदेश दिनुभयो। यस्तो अनैच्छिक वा अकस्मात् पर्ने दृष्टिमा कुनै पाप लाग्दैन।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले अस्लमी लाई ढुङ्गा हानेर सजाय दिएपछि उठेर भन्नुभयो: यस्तो दुराचारबाट बच्नुहोस्, जसलाई अल्लाहले निषेध गर्नुभएको छ। तर यदि कोही त्यस पापमा फस्न पुग्यो भने, उसले अल्लाहको पर्दामा लुकी रहोस् र अल्लाहसमक्ष तौबा अर्थात् प्रायश्चित गरोस्। किनभने जसले हाम्रा अगाडि आफ्नो पाप उजागर गर्नेछ, हामी उसमाथि अल्लाह तआलाको किताबमा उल्लेखित सजाय लागू गर्नेछौं।
رواه الحاكم والبيهقيइब्न उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) ले माइज़ बिन मालिक अल-अस्लमी (रजियल्लाहु अन्हु) लाई ज़िना (व्यभिचार) गरेको सजाय दिएपछि उठेर मानिसहरूलाई सम्बोधन गर्दै भन्नुभयो : यस नालायकी काम र यस्ता अन्य घृणित कामहरूबाट टाढा रहनुहोस्। तर यदि कसैलाई यस प्रकारको काममा संलग्न भइहाल्यो भने, उसमा दुई कुरा अनिवार्य हुन्छन्: पहिलो: उसले अल्लाहले लुकाउनुभएको हुँदा आफूलाई ढाकोस् र आफ्नो पापबारे कसैलाई नबताओस्। दोस्रो: उसले तुरुन्तै अल्लाहसमक्ष तौबा / क्षमायाचना गरोस् र पापमा अडिग नबसोस्। तर यदि उसको पाप हामीसमक्ष साबित भयो भने, हामी उसमाथि त्यस पापको लागि अल्लाह तआलाको किताबमा उल्लेखित हद /सजाय लागू गर्नेछौं।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एकअर्कालाई ईर्ष्या नगर्नुहोस्, छलकपट नगर्नुहोस्, घृणा नगर्नुहोस्, एकआपसमा पिठ्यूँ नफर्काउनुहोस् र एकअर्काको व्यापारमा छल नगर्नुहोस् (वा एउटाको किनबेचमा माथी अर्को किनबेच नगर्नुहोस्। सबैजना अल्लाहका भक्त बनी दाजुभाइझैं हुनुहोस्। मुस्लिम मुस्लिमको दाजुभाई हो; उसले उसमाथि अन्याय गर्दैन, बेसाहारा छोड्दैन र तुच्छ ठान्दैन। उहाँले आफ्नो छातीतिर तीन पटक इशारा गर्दै भन्नुभयो : तक्वा अर्थात् ईशभय/निष्ठा यहाँ हुन्छ। कुनै पनि व्यक्तिलाई खराब हुनका लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठानोस्। हरेक मुस्लिमको रगत, सम्पत्ति र इज्जत अर्को मुस्लिममाथि पूर्ण रूपमा निषेधित/ हराम छ।"
मुस्लिमले वर्णन गरेका छन्अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मुस्लिमलाई उसको मुस्लिम भाइसँग भलाइ गर्ने सल्लाह दिनुभएको छ र उसप्रति केही जिम्मेवारीहरू र शिष्टाचारहरू स्पष्ट गर्नुभएको छ। उदाहरणका लागि: पहिलो सल्लाह: एकअर्काप्रति ईर्ष्या नगर्नुहोस्, अर्थात् एकअर्काको उपलब्धि वा वरदान गुम्ने चाहना वा भावना नराख्नुहोस्। दोश्रो सल्लाह: यदि कसैले केही किन्ने योजना बनाएको छैन भने, बेच्ने व्यक्तिको नाफा बढाउन वा किन्नेलाई नोक्सान पुर्याउनको लागि मूल्य नबढाओस्। तेश्रो सल्लाह: एकअर्काप्रति घृणा नराख्नुहोस्। घृणा भन्नाले कसैलाई हानि पुर्याउने सोच राख्नु हो। घृणा प्रेमको विपरीत हो। तर, अल्लाहको मार्गमा घृणा राख्नु भने यसमा समावेश छैन; अल्लाहको लागि घृणा राख्नु आवश्यक छ। चौथो सल्लाह: एकअर्काप्रति पिठ्यूँ नफर्काउनहोस् जसले गर्दा हरेकले आफ्नो मुस्लिम भाईलाई नजरअन्दाज गरोस् वा टाढा बसोस्। पाँचौं सल्लाह: तपाईंमध्ये कसैले पनि अर्को व्यक्तिको बिक्रीमा छलकपट नगर्नुहोस्, जस्तो कि खरिदकर्तालाई भन्नु — “मेरो यहाँ यस्तै सामान छ, तर कम मूल्यमा वा गुणस्तरीय राम्रो छ।” त्यसपछि, उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा समग्र सल्लाह दिनुभयो र भन्नुभयो: “तपाईंहरू भाइझैं हुनुहोस् — माथि उल्लेखित निषेधहरू कार्यहरु त्यागेर, माया, कोमलता, करुणा, मिलनसारिता र भलाइमा सहयोग प्रदर्शन गरेर, हृदय सफा राख्दै र हरेक अवस्थामा सल्लाह दिँदै रहनुहोस्।” यस भाइचाराका आवश्यक तत्वहरू मध्ये छन्: उसले आफ्नो मुस्लिम भाइमाथि अन्याय नगरोस् र उसलाई हानी नपुर्याओस्। आफ्नो मुस्लिम भाई अन्यायमा परेको अवस्थामा त्यहाँ उसलाई छोडेर नजाओस् जहाँ उसले उसको पक्ष लिन सक्थ्यो र अन्याय हटाउन सक्थ्यो। उसले आफ्नो मुस्लिम भाइलाई तुच्छ ठान्दैन, उसको अपमान गर्दैन र अवहेलना गर्दैन वा घृणाको नजरले हेर्दैन; यस्तो नकारात्मक व्यवहार हृदयमा अहंकारको परिणाम हुनेगर्दछ। यसपछि, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तीन पटक भन्नुभयो ईशभय (ताक्वा) हृदयमा हुन्छ। जसको हृदयमा तक्वा हुन्छ र राम्रो चरित्रको पालन गर्दै अल्लाहको भय तथा उसको सतर्कता आवश्यक ठान्छ भने उसले कुनै मुस्लिमलाई तुच्छ ठान्न सक्दैन। कुनै व्यक्तिको खराब वा नराम्रो चरित्र हुनुको लागि यति नै पर्याप्त छ, उसले आफ्ना मुस्लिम भाइलाई तुच्छ ठान्छ, जुन हृदयमा रहेको अहंकार र घमण्डको परिणाम हो। तत्पश्चात्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले पहिले बताइएको कुरा पुनः पुष्टि गर्नुभयो कि प्रत्येक मुस्लिम माथि अर्को मुस्लिमका निम्न कुरा हराम (वर्जित) छन: उसको रगत: उसमाथि आक्रमण गर्नु, हत्या गर्नु वा ज्यानमाथिको अन्य हानिकारक कार्य जस्तै घाउ चोट पुर्याउनु वा हिर्काउनु। उसको सम्पत्ति: उसको अधिकार विपरीत वा अनाहक कुनै कुरा लिनु। उसको इज्जत: उसको व्यक्तित्व वा वंशजगतप्रति अपमानजनक वा अशोभनीय भाषा प्रयोग गर्नु।
अबु हुरैरह् (रजिअल्लाहु अनहु) बाट वर्णन छ, उहाँ भन्नुहुन्छ: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयोः "जसले कुनै मोमिनको संसारिक समस्याबाट कुनै समस्या हटाउँछ, अल्लाहले कायमतको दिन उसको एक समस्या हटाउनु हुनेछ । जसले कुनै गरिबको दुःखमा सहजता ल्याउँछ, अल्लाहले उसलाई संसार र परलोकमा सहजता दिनेछन् । जसले कुनै मुस्लिमको गल्तीलाई ढाकछोप गर्दछ, अल्लाहले संसार र परलोकमा उसको गल्तीलाई ढाकछोप गर्नुहुन्छ। अल्लाह मानिसको सहायता गरिरहनुहुन्छ जबसम्म त्यो मानिस आफ्ना भाइहरूको सहायता गर्दै जान्छ। जो व्यक्ति ज्ञानको खोजीमा कुनै मार्गमा लाग्छ, अल्लाहले त्यसको निम्ती उसका लागि स्वर्गको बाटो सजिलो बनाउनेछन्। जब केही मानिसहरू अल्लाहको कुनै घरमा भेला भएर अल्लाहको किताब (कुरआन) को पाठ गर्छन् र एकअर्कालाई सिकाई रहन्छन्, तब उनीहरूमा शान्ति अवतरण हुन्छ, अल्लाहको कृपा उनीहरूलाई ढाक्छ र अल्लाहले आफ्ना फरिश्ताहरू माँझ उसको चर्चा गर्नुहुन्छ। जसको कर्मले उसलाई पछाडि पार्छ भने उसको वंशले उसलाई अघि बढाउन सक्दैन।"
मुस्लिमले वर्णन गरेका छन्अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले प्रष्ट पार्नुभयो कि अल्लाहको नजरमा मुस्लिमलाई त्यही किसिमको पुण्य र प्रतिफल प्राप्त हुन्छ, जुन उसले अरू मुस्लिमहरूसँग व्यवहार गर्छ। जसले कुनै मुस्लिमबाट दुनियाको कुनै कठिनाइ वा पीडा हटाउँदछ भने अल्लाह तआलाले त्यसको बदलामा उसलाई कयामतको दिनका कठिनाइहरू र कष्टहरू मध्ये कुनै एक कठिनाइबाट मुक्ति दिनुहुनेछ। जसले कुनै कठिनाइमा परेका (ऋणी वा पीडित) व्यक्तिलाई सजिलो बनायो, उसमाथिको कठिनाइ हटायो र उसको बोझ हल्का गर्यो, अल्लाह तआला उसलाई पनि दुनियाँ र आखिरत दुबैमा सजिलो र राहत प्रदान गर्नुहुनेछ। जसले कुनै मुस्लिमको कमजोरी वा गल्ती (जसको भेद खुल्न उचित हुँदैन) लुकायो र उसको इज्जत ढाक्यो, अल्लाह तआला उसलाई पनि दुनियाँ र आखिरत दुबैमा ढाक्नुहुनेछ । अल्लाह आफ्नो भक्त (मोमिन) को सहयोगी रही रहनुहुन्छ, जबसम्म त्यो भक्त (मोमिन) आफ्ना धार्मिक र सांसारिक कामहरूमा आफ्ना भाइ (मुस्लिम) को मद्दत गर्न लागिपरेको हुन्छ। यो मद्दत दुआद्वारा, भौतिक सहयोगद्वारा, आर्थिक सहयोगद्वारा वा अन्य कुनै तरिकाबाट हुन सक्छ। जसले अल्लाहको खुशी/प्रशन्नता प्राप्तिको नीयतले धार्मिक ज्ञान हासिल गर्नको लागि यात्रा गर्यो (वा प्रयास गर्यो), अल्लाह तआला उसलाई त्यस ज्ञानको कारण स्वर्गतर्फ जाने बाटो सजिलो बनाइदिनुहुन्छ। जब कुनै समूह अल्लाहका घरहरूमध्ये (मस्जिद) कुनै घरमा भेला हुन्छन् र अल्लाहको किताब (कुरआन) तिलावत गर्छन् र आपसमा त्यसको अध्ययन गर्छन्, तब उनीहरूमा अमन र शान्ति अवतरण हुन्छ, सम्मान र गम्भीरता (वकार) ले तिनीहरूलाई ढाक्छ, अल्लाहको रहमतले उनीहरूलाई घेर्छ, फरिश्ताहरूले तिनीहरूलाई घेर्छन् र अल्लाह तआला आफ्ना नजिकका फरिश्ताहरूको बीचमा उनीहरूको प्रशंसा गर्नुहुन्छ। यसभन्दा ठूलो सम्मान के हुन सक्छ, अल्लाह स्वयं आफ्नो भक्तको नाम उच्च सभामा लिनुहुन्छ। जसको कर्म (अमल) अधूरो हुन्छ, उसलाई राम्रो काम गर्नेहरूको दर्जासम्म पुग्न दिइँदैन। त्यसैले कसैले पनि आफ्नो वंशको इज्जत र पूर्वजहरूको महानताको भरमा मात्र निर्भर गरेर काममा लापरबाही गर्नु हुँदैन।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का एक सहाबी अगर्र (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ: "हे मानिसहरू! अल्लाहसामु पश्चात्ताप गर र उहाँसँग क्षमा माग, किनकि म आफैँ पनि दिनमा सय पटक पश्चात्ताप गर्छु।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मानिसहरूलाई अधिकाधिक पश्चात्ताप गर्न र क्षमायाचना गर्न आदेश दिनुभएको छ। साथै उहाँले आफ्नै सम्बन्धमा यो पनि बताउनुभएको छ कि उहाँ दिनमा सय पटकभन्दा बढी पश्चात्ताप गर्नुहुन्छ र अल्लाहसमक्ष क्षमा माग्नुहुन्छ — जबकी उहाँका अगाडिका र पछाडिका समस्त पाप क्षमा गरिसकिएका छन्। यसमा अल्लाहप्रतिको पूर्ण विनम्रता एवं सम्पूर्ण दासत्वको उत्कृष्ट अभिव्यक्ति छ।
माकिल बिन यसार (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अराजकता, भ्रष्टाचार र उत्पातको समयमा उपासना गर्नु भनेको मतिर हिज्रत (प्रवास) गर्नु जस्तै हो।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई कलह, भ्रष्टाचार, हत्या, विनाश र विद्रोहको समयमा अल्लाहको उपासनामा समर्पित हुन निर्देशन दिनुभएको छ र यसको प्रतिफल नबी (सल्लल्लाहु अलैहि वसल्लम) तिर हिजरत गर्ने प्रतिफल बराबर भएको बताउनुभएको छ। यसको कारण यो हो कि मानिसहरू त्यस्तो अवस्थामा उपासनाबाट बेपर्वाह हुन्छन्, अन्य कुरामा व्यस्त हुन्छन्, र केवल थोरै व्यक्तिहरू मात्र उपासनामा समय दिन्छन्।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जुनसुकै मुसलमानले यस्तो दुआ (प्रार्थना) गर्दछ, जसमा कुनै पाप वा नातासम्बन्ध तोड्ने कुरा हुँदैन, अल्लाहले उसलाई तीनवटा कुराहरूमध्ये एउटा अवश्य प्रदान गर्नुहुन्छ: या त उसको प्रार्थना तुरुन्तै स्वीकार गरिन्छ, या त त्यसलाई उसको लागि आखिरत (परलोक) मा सञ्चित राखिन्छ, वा त्यसै बराबरको कुनै विपत्ति उसबाट टाढा हटाइन्छ।" साहाबाहरूले भने: "त्यसोभए त हामी धेरैभन्दा धेरै प्रार्थना गर्नेछौँ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "अल्लाहसँग त्योभन्दा पनि बढी दिने सामर्थ्य छ।"
अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ कि जब कुनै मुस्लिमले अल्लाहसँग प्रार्थना गर्दछ र यस्तो कुरा माग्दछ जसमा पाप हुँदैन, जस्तै कि अवज्ञा वा अन्यायलाई सहज बनाइदिनु र नातासम्बन्ध तोड्ने खालको प्रार्थना गर्दैन, जस्तै कि आफ्ना सन्तान वा नातेदारहरू विरुद्ध प्रार्थना गर्नु, तब अल्लाहले उसको प्रार्थनाको बदलामा यी तीनवटा कुराहरूमध्ये कुनै एक अवश्य प्रदान गर्नुहुन्छ: या त उहाँले तुरुन्तै उसको प्रार्थना सुन्नुहुन्छ र उसले मागेको कुरा दिनुहुन्छ। अथवा सर्वशक्तिमान अल्लाहले उसको प्रार्थनालाई परलोकमा उच्च दर्जा (स्थान) को लागि पुरस्कार स्वरूप, अथवा दया र पापहरूबाट क्षमाको रूपमा सुरक्षित राख्नुहुन्छ। वा प्रार्थनाको बदलामा, उसले गरेको प्रार्थनाको परिमाण अनुसार, अल्लाहले उसको सांसारिक जीवनबाट त्यति नै बराबरको खराबी वा संकट टारिदिनुहुन्छ। यो सुनेर सहाबाहरूले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई भने: "त्यसो भए हामीले यी वरदानहरूमध्ये एउटा प्राप्त गर्नको लागि अत्यधिक दुआ गर्छौं ?" जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीले जे-जति माग गर्दछौ, अल्लाहसँग त्योभन्दा धेरै गुणा बढी र अझ महान् कुराहरू छन्; किनकि अल्लाहको दान (खजाना) कहिल्यै रित्तिँदैन र उहाँको अनुग्रहको कहिल्यै अन्त्य हुँदैन।"