





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन्, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) जुन दुआहरू माग्नु हुन्थ्यो, तीमध्ये एउटा यो थियो: "हे अल्लाह! म तपाईंको आशीर्वादको लोपबाट, तपाईंको कल्याणको फिर्ताबाट, तपाईंको अचानक विपत्तिबाट र तपाईंको सबै प्रकारका क्रोधबाट तपाईंको शरण चाहन्छु।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले चार वटा कुराहरूबाट शरण माग्नु भएको छ: पहिलो : हे अल्लाह! म तपाईंको धार्मिक र सांसारिक आशीर्वाद गुमाउनबाट तपाईंको शरण चाहन्छु। म तपाईंसँग प्रार्थना गर्दछु, म इस्लाममा दृढ रहन सकूँ र आशीर्वाद गुमाउने पापहरूबाट टाढा रहन सकूँ। दोस्रो : तपाईँबाट मिलेका संरक्षण कष्टमा परिवर्तन न होस्; सो म तपाईंसित निरन्तर सुस्वास्थ्य एवं कष्ट र रोगहरूबाट रक्षाको लागि अनुरोध गर्दछु । तेस्रो :यो कुराबाट पनि कि कतै तपाईँको अचानक पकड न आओस् । किनभने मान्छेलाई अचानक पकड आयो वा सजाय दिइयो भने प्रायश्चित गर्ने र आफूलाई सुधार्ने मौका मिल्दैन । झन् समस्या ठुलो र मामिला कडा हुन जान्छ । चौथो: (र तपाईंको सम्पूर्ण क्रोध) र ती कारणहरू जसले तपाईंको क्रोध ल्याउँछ; किनभने जसप्रति तपाईं क्रोधित हुनुहुन्छ, ऊ निश्चय नै विफल र हानीग्रस्त हुन्छ। अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले "जमीअ" बहुवचन शब्द प्रयोग गर्नु भयो । ताकि उहाँको क्रोध निम्त्याउने सबै प्रकारका बोल र कर्म एवं निष्ठाहरू समावेश होस्।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले वर्णन गरेका छन् : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) यी वाक्यहरूका साथ दुआ गर्नु हुन्थ्यो : "हे अल्लाह! म ऋणको प्रभुत्व, शत्रुको प्रभुत्व र दुःखमा शत्रुहरूको खुशीबाट तपाईंमा शरण चाहन्छु।"
निसाई र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले निम्न उल्लेखित कुराहरूबाट शरण माग्नु भएको छ : १- "हे अल्लाह, म ऋणको बोझबाट तपाईंमा शरण चाहन्छु।" हे अल्लाह, म ऋणको दबाब, बोझ, दुःख र चिन्ताबाट तपाईंमा मात्र शरण चाहन्छु। म यसलाई तिर्न सक्षम हुन तपाईंको मद्दत चाहन्छु। २- "शत्रुको विजय।" शत्रुको क्रोध र प्रभुत्वबाट। म प्रार्थना गर्छु, उसको अत्याचार र उत्पीडन रोक्नु होस् र मलाई उसमाथि विजय प्रदान गर्नुहोस्। ३- "शत्रुहरूको खुशी।" मुस्लिमहरूमाथि आइपरेको विपत्ति र कठिनाइमा शत्रुहरूको खुशीबाट।
अबू हुरैरह (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : अल्लाहका नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: जब बिहान हुन्थ्यो उहाँ यो दुआ पढ्ने गर्नु हुन्थ्यो: हे अल्लाह ! तपाईँको रक्षामा हामीले बिहान गर्यौं र तपाईंकै रक्षामा हामीले साँझ गर्यौं । तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । र बेलुका भए पछि यो भन्नु हुन्थ्यो : हे अल्लाह ! तपाईँको रक्षामा हामीले साँझ गर्यौं र तपाईंकै रक्षामा हामीले बिहान गर्यौं । तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । कहिले काहीँ (وَإِلَيْكَ النُّشُورُ) को ठाउँमा «وَإِلَيْكَ الْمَصِيرُ»पनि भन्नु हुन्थ्यो ।"
رواه أبو داود والترمذي والنسائي في الكبرى وابن ماجهनबी (सल्लल्लाहु अलैहि व सल्लम) बिहान फज्रपछि, अर्थात् दिनको आरम्भ हुँदा यो भन्नु हुन्थ्यो: "हे अल्लाह! हामीले तिमीबाट बिहान गर्यौं, तिम्रो संरक्षामा सुरक्षित भयौं, तिम्रा अनुग्रहहरूले ढाकिएका छौं, तिम्रो स्मरणमा व्यस्त छौं, तिम्रो नामको सहायतामा लागेका छौं, तिम्रो तौफीकमा समावेश छौं र तिम्रै शक्ति र सामर्थ्यले हिँडिरहेका छौं। तिमीबाट नै हामीले साँझ गर्यौं, तिमीबाट नै हामी बाँचिरहेका छौं र तिमीबाट नै हामी मर्नछौं।" "र तिमी तर्फै पुनरुत्थान हुनेछ।" यसको अर्थ, म बिहानजस्तै साँझमा पनि यसै प्रकारको भावना राख्छु। म तिम्रो नामले बाँच्दछु, तिम्रो नामले मर्छु। मृत्यु पछि तिमी नै हामीलाई पुनर्जीवित गर्नुहुन्छ। यो अवस्था मेरो लागि सबै समय र सबै परिस्थितिमा स्थायी हुनेछ। म यसबाट कहिल्यै टाढा हुने छैन र यसलाई कहिल्यै छोड्ने छैन। उहाँ बेलुकी अस्र पछि यो दुआ भन्नु हुन्थ्यो : हे अल्लाह ! तपाईँको रक्षामा हामीले साँझ गर्यौं र तपाईंकै रक्षामा हामीले बिहान गर्यौं र तपाईँको नाममा हामी जीवित हुन्छौ र तपाईँको नाममा नै हामी मर्छौं र तपाईँ तर्फ नै उठेर जानु छ । यो दुआमा आएको शब्द "المَصِيْر" को अर्थ यस लोकमा फर्केर आउने ठाउँ र परलोकमा कर्म फल । सो तपाईँ नै मलाई जीवन दान गर्नुहुन्छ र तपाईं नै मलाई मृत्यु दिनु हुन्छ ।
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः यो दुआ (प्रार्थना) गर्नुहुन्थ्यो: ‘रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार’ अर्थात हे अल्लाह ! हामीलाई दुनियाँ र आखिरत (लोक-परलोक) दुबै ठाउँमा भलाइ प्रदान गर्नुहोस् र नर्कको आगोबाट बचाउनुहोस् ।
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः व्यापक र संक्षिप्त दुआ (प्रार्थना) हरू गर्नुहुन्थ्यो, जस्तै: "अल्लाहुम्म रब्बना आतिना फिद्दुन्या हसनह् व फिल्-आखिरति हसनह् व किना अजा बन्नार ।" यस प्रार्थनामा यस संसारका कल्याणहरू जस्तै सुख, शान्ति, समृद्धि, प्रशस्त र पवित्र जीविका, एक धर्मपरायण पत्नी, मनलाई शीतलता प्रदान गर्ने सन्तान, सुखमय जीवन, उपयोगी ज्ञान तथा पुण्य कर्महरू र यस्तै अन्य प्रिय र वैधानिक कुराहरू समावेश छन्। त्यसैगरी, यसमा परलोकका कल्याणहरू जस्तै चिहानको यातनाबाट सुरक्षा, हिसाबकिताबको दिनको कठिनाइबाट मुक्ति, नरकको सजायबाट सुरक्षा, अल्लाहको सन्तुष्टि, स्वर्गको अनन्त सुख र परम दयालु अल्लाहको निकटता प्राप्त गर्ने जस्ता कुराहरू पनि समावेश छन्।
शद्दाद बिन औस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "सैय्येदुल-इस्तिग्फार" यो हो : ‘अल्लाहुम्म अन्त रब्बी, ला इलाह इल्ला अन्त्, खलक्तनी व अना अब्दुक व अना अला अह्दिक व वाअ्दिक मस्त-ताअ्-तु, अऊजुबिक मिन् शर्रि मा सनाअ्-तु, अबूउ लक बिनिअ्मतिक अलय्य व अबूउ बिजम्बी, फग्-फिर्ली फइन्नहु ला यग्फि-रूज्जुनूब इल्ला अन्त् ।’ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "जसले पूर्ण विश्वासका साथ बिहान उक्त दुआ पढ्छ र सोही दिन साँझ हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा प्रवेश गर्नेछ । त्यसैगरी जसले पूर्ण विश्वासका साथ राती पढ्छ र बिहान हुनु अघि उसको मृत्यु हुन्छ भने ऊ जन्नतमा जानेछ ।"
बुखारीले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई बताउँनु भयो कि क्षमा याचना गर्ने केही शब्दहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट र महान शब्दहरू निम्नलिखित छन्: "अल्लाहुम्म अन्त रब्बी, ला इलाह इल्ला अन्त्, खलक्तनी व अना अब्दुक व अना अला अह्दिक व वाअ्दिक मस्त-ताअ्-तु, अऊजुबिक मिन् शर्रि मा सनाअ्-तु, अबूउ लक बिनिअ्मतिक अलय्य व अबूउ बिजम्बी, फग्-फिर्ली फइन्नहु ला यग्फि-रूज्जुनूब इल्ला अन्त् ।" यस प्रार्थनामा भक्तले सर्वप्रथम तौहीद (एकेश्वरवाद) लाई स्वीकार गर्दछ र यो कि अल्लाह नै उसको सृष्टिकर्ता र पूज्य हुनुहुन्छ, जसको कुनै साझेदार छैन । भक्तले आफ्नो क्षमता अनुसार अल्लाहमा विश्वास र उहाँप्रति आज्ञाकारी हुने वाचालाई पुरा गर्दछ; किनकि भक्तले जति नै उपासना गरे पनि, न त अल्लाहका सम्पूर्ण आदेशहरू पालना गर्न सक्छ न त उहाँका सम्पूर्ण वरदानहरू प्रति कृतज्ञ हुन सक्छ। त्यसैले, उसले अल्लाहको शरण लिन्छ, आफूलाई उहाँप्रति पूर्णतः समर्पित गर्दछ र उहाँलाई नै आफ्नो सहारा बनाउँछ, किनकि स्वयम् उसले नै गरेको दुष्कर्महरूको परिणामबाट सुरक्षा प्रदान गर्ने अल्लाह मात्र हुनुहुन्छ। साथै उसले स्वेच्छिक रूपमा अल्लाहको कृपालाई स्वीकार तथा कबुल गर्छ, र आफूले गरेका पाप तथा अवज्ञालाई पनि स्वीकार गर्छ । यसरी अल्लाहसमक्ष विन्ती-प्रार्थना गरेपछि,उसले आफ्नो पालनकर्तासँग आफ्ना पापहरू क्षमा गर्न, त्यसलाई कसैलाई थाहा नहोस् भनेर लुकाइदिन र विशेष कृपा, क्षमा र आशिषले ती पापहरूको नराम्रो परिणामबाट बचाउनको लागि दुआ-प्रार्थना गर्दछ। किनकि अल्लाहबाहेक अरू कोही पापहरू क्षमा गर्न योग्य छैन। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम)ले यो बिहान र साँझमा गरिने प्रार्थनामध्ये एक हो भनी स्पष्ट पार्नुभयो। जसले बिहान अर्थात् सूर्योदयदेखि जुहरसम्मको समयमा यसको अर्थ बुझेर पूर्ण विश्वास र दृढताका साथ यो प्रार्थना गर्छ र त्यसै दिन उसको मृत्यु हुन्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ। त्यसैगरी, जसले राती अर्थात् साँझ सूर्यास्तदेखि फज्रसम्मको समयमा यसलाई पढ्छ र बिहान अघि नै मृत्यु भयो भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ : "अन्यायबाट टाढै रहनुहोस्, किनकि न्यायको दिनमा यो अन्धकार बनेर आउनेछ । कन्जुस्याइँ र लोभबाट सावधान रहनु, किनकि त्यसै कारणले तिमीहरू भन्दा पहिलेका मानिसहरू नष्ट भएका थिए। यसै अत्यधिक लोभ र लालसाले उनीहरूलाई एकअर्कासँग रक्तपात गर्न र अवैध तथा वर्जित कार्यहरू गर्न उक्साएको थियो।"
मुस्लिमले वर्णन गरेका छन्यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अन्यायविरुद्ध चेतावनी दिनुभएको छ, जस्तै: एकअर्कामाथि अन्याय गर्नु, आफूमाथि अन्याय गर्नु र अल्लाहको अधिकारमा अन्याय गर्नु इत्यादि। अन्याय र अत्याचार भनेको हकदारलाई उसको हक नदिनु हो । न्यायको दिनमा दमन गर्नेहरू कष्ट र कठिन परिस्थितिमा हुनेछन् । उहाँले अत्यधिक कन्जुस्याइँ र लोभ गर्न मनाही गर्नुभएको छ, जसलाई अरबी भाषामा ‘शुह’ भनिन्छ। यस अन्तर्गत आर्थिक अधिकारहरू पूरा नगर्नु र संसारिक जिवन र वस्तुहरु प्रतिको चरम लोभ पर्दछ। यस प्रकारको अन्यायले हामीभन्दा अघिका राष्ट्रहरूलाई नष्ट गर्यो, किनकि यसले उनीहरूलाई एकअर्काको ज्यान लिन र अल्लाहले निषेध गर्नुभएको कुराहरुलाई गर्न हुन प्रेरित गर्यो।
अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एक व्यक्तिले अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: "इस्लामको सबैभन्दा उत्तम कर्म कुन हो?" उहाँले जवाफ दिनुभयो: "खाना खुवाउनु र परिचित तथा अपरिचित सबैलाई सलाम (अभिवादन) गर्नु।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित सोधियो: इस्लामका कुन गुणहरू सबैभन्दा उत्कृष्ट छन्? उहाँले निम्न दुई गुणहरू उल्लेख गर्नुभयो: पहिलो: गरिबलाई पटकपटक खान खुवाउनु, जसमा सद्का, उपहार, पाहुना सत्कार र भोज सामेल हुन्छ। विशेषगरी अनिकाल र उच्च महँगीको समयमा खुवाउनुको ठूलो महत्व छ । दोस्रो: परिचित वा अपरिचित हरेक मुस्लिमलाई सलाम (अभिवादन) गर्नु ।
अली (रज़ियल्लाहु अन्हु) ले वर्णन गरेका छन् : अल्लाहका रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभयो: "भन: 'हे अल्लाह! मलाई मार्गदर्शन गर र सही दिशा देखाऊ।' मार्गदर्शनको अर्थ सही बाटो देखाउनु हो र 'सदाद' को अर्थ तीरको सही निशाना लाग्नु हो।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि व सल्लम) ले अली बिन अबी तालिब (रजियल्लाहु अन्हु) लाई भन्नुभयो: अल्लाहसित दुआ गर्नु र भन्नु: (हे अल्लाह, मलाई मार्गदर्शन दिनुहोस्) र मलाई सही बाटोमा ल्याइदिनुहोस् (मलाई सही दिशा प्रदान गर्नु होस्) मलाई सफल बनाउनु, र मलाई मेरा सबै कामहरूमा स्थिर बनाइ दिनुहोस् । यस प्रार्थनामा प्रयोग गरिएको "الهُدَى" शब्दको अर्थ सत्यलाई संक्षिप्त र विस्तृत रूपमा जान्नु र आन्तरिक र बाह्य रूपमा यसलाई पालना गर्ने अवसर प्राप्त गर्नु हो। जबकि "السّداد" शब्दको अर्थ वचन, कार्य र विश्वासमा सीधा मार्ग अनुसरण गर्नु हो। आध्यात्मिक कुराहरू स्पष्ट रूपमा बुझिने भएकोले यो प्रार्थना गर्दा यो कुरा मनमा राख्नुहोस् : तपाईं यात्रामा निस्केको व्यक्ति जस्तै मार्गदर्शन माग्दै हुनुहुन्छ, जो पथभ्रष्ट हुनबाट जोगिन, सुरक्षित रहन र छिटो आफ्नो गन्तव्यमा पुग्नको लागि अलिकति पनि दायाँ वा बायाँ विचलित हुँदैन। त्यसैगरी, जब तपाईं तीर प्रहार गर्नुहुन्छ, तपाईंले त्यो सही लक्ष्यमा सकेसम्म चाँडो लागेको कुरा सुनिश्चित गर्नुहुन्छ। जब कुनै व्यक्तिले कुनै चीजमा तीर प्रहार गर्छ, उसले तीरलाई पूर्ण रूपमा सीधा राख्छ। त्यसैगरी, तपाईं अल्लाहसँग तीर जस्तै सीधा राख्नको लागि प्रार्थना गरिरहनुभएको छ। यसरी, तपाईंले आफ्नो प्रश्नमा मार्गदर्शनको परम सीमा र सही मार्गको पूर्णताको लागि प्रार्थना गरिरहनुभएको हुनेछ। सही बाटोमा हिँड्दा, सही निशानामा लागेको तीरको व्यावहारिक छवि बन्नको लागि अल्लाहलाई प्रार्थना गर्दा यो पृष्ठभूमिलाई आफ्नो हृदयमा राख्नुहोस्।
अली (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, फातिमा (रजियल्लाहु अन्हा) जाँतो पिस्दा आफ्नो हातमा परेको कष्टको गुनासो लिएर नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ उपस्थित हुनुभयो। उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही दास-दासीहरू (युद्धबन्दीहरू) आइपुगेको खबर पाउनुभएको थियो। तर, उहाँले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँग भेट गर्न सक्नुभएन, तसर्थ उहाँले यो कुरा आमा आइशा (रजियल्लाहु अन्हा) लाई अवगत गराउनुभयो। जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) घर फर्कनुभयो, आइशा (रजियल्लाहु अन्हा) ले उहाँलाई उक्त कुरा सुनाउनुभयो। (अली रजियल्लाहु अन्हु भन्नुहुन्छ): "हामी सुत्नका लागि ओछ्यानमा गइसकेका थियौं, त्यही समयमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) हामीकहाँ आउनुभयो। हामीले ओछ्यानबाट उठ्न खोज्यौं, तर उहाँले भन्नुभयो: "आफ्नै स्थानमा रहिरहनु।" त्यसपछि उहाँ मेरो र फातिमाको बीचमा बस्नुभयो, यहाँसम्म कि मैले मेरो छातीमा उहाँका पाइलाको शीतलता महसुस गरें। अनि उहाँले भन्नुभयो : "के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले माग गरेको सेवकभन्दा उत्तम छ? जब तिमीहरू आफ्नो ओछ्यानमा जान्छौ, तब ३३ पटक ‘सुब्हानल्लाह’, ३३ पटक ‘अल्हम्दुलिल्लाह’ र ३४ पटक ‘अल्लाहु अकबर’ भन्ने गर। यो कार्य तिमीहरू दुवैका निम्ति एउटा सेवक प्राप्त हुनुभन्दा धेरै उत्तम छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) की छोरी फातिमा (रजियल्लाहु अन्हा) ले जाँतो (चक्की) पिस्ने कारणले हातमा उठेको फोकोबारे गुनासो गरिन्। उता रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ केही युद्धबन्दीहरू ल्याइएका थिए। घरको काममा सघाउन एउटा कामदार चाहियो भनेर उनी आफ्नो बुवाकहाँ पुगिन्, तर उहाँ नभएकोले सबै कुरा आइशा (रजियल्लाहु अन्हा) सित गरेर फर्किन्। जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) आउनुभयो, तब आइशा (रजियल्लाहु अन्हा) ले फातिमा (रजियल्लाहु अन्हा) एउटा सेवक लैजान अनुरोध गर्न आएकी थिइन् भन्ने कुरा बताउनुभयो। यो सुनेर, उहाँ फातिमा र अली (रजियल्लाहु अन्हुमा) को घर आउनुभयो र त्यतिबेला उनीहरू ओछ्यानमा गइसकेका थिए र सुत्ने तयारीमा थिए । उहाँ दुवै जनाको बीचमा बस्नुभयो । यहाँसम्म कि अली (रजियल्लाहु अन्हु) ले उहाँको दुवै पाइलाको शीतलता आफ्नो पेटमा महसुस गर्नुभयो। अनि उहाँले भन्नुभयो : के म तिमीहरूलाई त्यो कुरा सिकाइदिऊँ, जुन तिमीहरूले मसँग मागेको सेवकभन्दा उत्तम छ? दुवैले भने: "हो, अवश्य सिकाउनु होस्!" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: तिमीहरू राति आफ्नो ओछ्यानमा सुत्ने बेला ‘अल्लाहु-अक्बर’ ३४ पटक, ‘सुब्हानल्लाह’ ३३ पटक, र ‘अल्हम्दु-लिल्लाह’ ३३ पटक भन्ने गर्नु । यी शब्दहरू तिमीहरुका लागि सेवक राख्नुभन्दा उत्तम छ ।