Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way






























Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
नबी (सल्लल्लाहु अलैहि वसल्लम) नमाजमा यी पाँच चीजहरू माग्नुहुन्थ्यो, जुन एक मुस्लिमको लागि अति आवश्यक छ, किनभने यसमा संसार र परलोक दुवैको कल्याण निहित छ । जस्तै अल्लाहसँग आफ्नो पाप र गल्तीहरू ढाक्न, क्षमा गर्न, दयाको वर्षा गर्न, शंका, गलत इच्छा र रोगहरूबाट सुरक्षित राख्न, सत्यको मार्गमा डोऱ्याउन र त्यसमा दृढतापूर्वक अडिग रहन, आस्था, ज्ञान र धार्मिक कार्यहरू र हलाल भोजनको लागि प्रार्थना गर्थे ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह (नमाज) समाप्त गरेपछि ‘अस्तग्-फिरूल्लाह’ (हे अल्लाह! म तपाईंसँग माफी माग्दछु) तीन पटक पढ्नुहुन्थ्यो । त्यसपछि, आफ्नो पालनकर्ताको महानताको वर्णन गर्दै ‘अल्लाहुम्म अन्तस्सलामु व मिन्कस्सलामु तबारक्त या जल्-जलालि वल्-इक्राम्’ (हे अल्लाह! तपाईं शान्तिको स्रोत हुनुहुन्छ । तपाईंबाट मात्र शान्ति आउँछ । तपाईं धन्य, महान र आदरणीय हुनुहुन्छ) पढ्नुहुन्थ्यो । अर्थात्, अल्लाह आफ्ना गुणहरूमा शुद्ध र पूर्ण हुनुहुन्छ, उहाँ हरेक दोष र कमीकमजोरीबाट मुक्त हुनुहुन्छ । यस संसार र परलोकको खराबीबाट सुरक्षा केवल अल्लाहबाट खोजिनेछ र अरू कसैबाट होइन । अल्लाहको आशीर्वाद दुबै संसारमा अपार छ । उहाँ महान र परोपकारी हुनुहुन्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, वास्तविकता के हो भने उभिएर सलाह पढ्नुपर्छ । उभिएर नमाज पढ्न नसकेको अवस्थामा बसेर पढ्नुपर्छ र बसेर नमाज पढ्न नसक्ने भए कोल्टे फर्केर वा सुतेर पढ्नुपर्छ ।
एक अन्धो मानिस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो र भन्यो: हे अल्लाहका रसूल! मलाई मस्जिदमा ल्याउन मद्दत गर्ने र पाँचवटा अनिवार्य सलाहको लागि मस्जिदमा हात समातेर ल्याउने कोही मान्छे छैन । वास्तवमा, उनी घरमा नमाज पढ्न रसूल (सल्लल्लाहु अलैहि वसल्लम) संग अनुमति चाहन्थे । उहाँले (सुरुमा) अनुमति पनि दिनुभयो, तर जब उनी बाहिर निस्कन थाले, उहाँले उनलाई बोलाउनुभयो र सोध्नुभयो: "के तपाईं अजान सुन्नुहुन्छ ?" जब उनले सुन्छु भनेर जवाफ दिए, त्यसपछि उहाँले भन्नुभयो: "त्यसो भए तपाई नमाज पढ्न मस्जिदमा आउनुपर्छ ।"
अब्दुल्लाह बिन मसउद् (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीहरूलाई खुत्ब-ए-हाजत सिकाउनुभयो । खुत्ब-ए-हाजत भनेको ती शब्दहरूलाई जनाउँछ, जुन उपदेश, भाषण र महत्त्वपूर्ण कार्यहरूको सुरुमा भनिन्छ, जस्तै खुत्ब-ए-निकाह र खुत्ब-ए-जुमा र अन्य । यस उपदेशमा धेरै महत्वपूर्ण कुराहरू छन्, जस्तै अल्लाह हरेक प्रकारको प्रशंसाको हकदार हुनुहुन्छ, उहाँबाट मात्र सहायता र क्षमा माग्नु, उहाँको कुनै साझेदार छैन, पापहरूलाई ढाक्न र क्षमा गर्न उहाँसंग बिन्ती गर्नु, आत्म र अन्य सबै खराबीहरूबाट उहाँसँग शरण खोज्नु आदि । तब रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, हिदायत (मार्गदर्शन) अल्लाहको हात मा छ, उहाँले जसलाई मार्गनिर्देशन गर्नुहुन्छ, उसलाई कसैले पथभ्रष्ट गर्न सक्दैन र जसलाई उहाँले पथभ्रष्ट पार्नुहुन्छ, उसलाई कसैले मार्गनिर्देशन गर्न सक्दैन । त्यसपछि उहाँले तौहीदको गवाही; अल्लाह बाहेक उपासना योग्य कोही छैन उल्लेख गर्नुभयो । साथै उहाँले रिसालतको गवाही; मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) उहाँका सेवक र दूत हुनुहुन्छ उल्लेख गर्नुभयो । त्यसपछि खुत्बा (प्रवचन) लाई तीनवटा आयतहरूद्वारा समाप्त गरिएको छ, जसमा अल्लाहको खुशी प्राप्त गर्नको लागि उहाँसँग डराउन, उहाँको आदेशको पालना गर्न र उहाँले निषेध गर्नुभएको कुराबाट टाढा रहन आदेश दिइएको छ । जसले यो गर्छ, उसको कर्म र वचन सच्चाइन्छ, उसको पाप धोइन्छ, उसले संसारमा सुखमय जीवन र परलोकमा स्वर्ग प्राप्त गर्दछ ।
वली (अभिभावक) बिना निकाह सही हुँदैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सचेत गर्नु भएको छ । त्यसैले महिलाको लागि एक अभिभावक हुनु आवश्यक छ जसले उनको विवाह गराउनेछ ।
जसले मुआहद् (त्यो व्यक्ति जो "काफिरहरू भूमिबाट इस्लामको भूमिमा सन्धि र सुरक्षा (अमन)सहित आउँछ) लाई मार्छ, उसले स्वर्गको सुगन्ध पनि पाउने छैन भनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कडा चेतावनी दिनुभएको छ । जबकि यसको सुगन्ध चालीस वर्ष टाढाबाट महसुस गर्न सकिन्छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले घूस दिने र लिनेहरूका लागि अल्लाहको रहमत (कृपा) बाट टाढा रहने श्राप दिनुभएको छ । निर्णयमा पक्षपात गर्न र आफ्नो पक्षमा अनाहक निर्णय गराउने उद्देश्यले न्यायाधीशहरूलाई दिइने घुस पनि यसमा समावेश छ ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबा (साथी) हरूसँग मक्कादेखि मदीनासम्मको यात्रा गर्नुभयो। बाटोमा पानी भेटिएपछि केही साथीहरूले अस्रको नमाजको लागि हतारमा वुजू गरे, जसक्रममा तिनीहरूको कुर्कुच्चो सुक्खा र पानी नपुगेको स्पष्ट देखिन्थ्यो। यो देखेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "वुजू गर्दा कुर्कुच्चो धुन बेपर्बाही गर्नेहरूका लागि नर्कको दण्ड र विनाश छ।" तत्पश्चात् उहाँले तिनीहरूलाई पूर्ण रूपमा वुजू गर्न आदेश दिनुभयो।