





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : जब मुअज्जिन (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ र (जवाफमा) तिमीहरूमध्ये कसैले (अल्लाहु अक्बर, अल्लाहु अक्बर) भन्छ, मुअज्जिनले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ र उसले (अश्हदु अल्ला इला ह इल्लल्लाह) भन्छ । मुअज्जिनले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ र उसले (अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (हय्य अलस्सलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ, त्यसपछि मुअज्जिनले (हय्य अलल्फलाह) भन्छ र उसले (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्छ । त्यसपछि मुअज्जिनले (अल्लाहू अक्बर, अल्लाहू अक्बर) भन्छ र उसले (अल्लाहू अक्बर, अल्लाहु अक्बर) भन्छ । त्यसपछि मुअज्जिनले (ला इलाह इल्लल्लाह) भन्छ र उसले साँचो हृदयले (ला इलाह इल्लल्लाह) भन्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
मुस्लिमले वर्णन गरेका छन्अजान भनेको मानिसहरूलाई नमाजको समय आरम्भ भयो भनेर जानकारी दिनु हो । अजानका शब्दहरू वास्तवमा तौहीद (एक इश्वरवाद) र आस्था प्रदर्शन गर्ने उत्कृष्ट शब्दहरू हुन् । यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अजान सुन्दा के गर्नुपर्छ भनेर स्पष्ट पार्नुभएको छ । अजान सुन्ने व्यक्तिले मुअज्जिन (अजान दिने व्यक्ति) ले भनेको कुरा उसको पछि-पछि दोहोर्याउनु पर्छ, जस्तै मुअज्जिनले "अल्लाहु अकबर" भनेपछि श्रोताले "अल्लाहु अकबर" भन्नुपर्छ र अन्य वाक्यहरू पनि सोही तरिकाले दोहोर्याउनु पर्छ । तर जब मुअज्जिनले (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) भन्छ, श्रोताले यसको जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भन्नुपर्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ, जसले आफ्नो हृदयबाट इमान्दारीपूर्वक अजानको जवाफ दिन्छ, उसले स्वर्गमा प्रवेश गर्नेछ । अजानका शब्दहरूको अर्थ: "अल्लाहु अकबर" : अल्लाह सबै भन्दा महान, ठूलो र अत्यधिक शक्तिशाली हुनुहुन्छ । "अश्हदु अल्ला इलाह इल्लल्लाह" : म गवाही दिन्छु अल्लाह बाहेक कोही सत्य ईश्वर छैन । "अश्हदु अन्न मुहम्मदर्रसूलुल्लाह" : म स्वीकार गर्छु र आफ्नो जिब्रो र हृदयले गवाही दिन्छु, मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहद्वारा पठाईएका रसूल (दूत) हुन् र उहाँको आज्ञापालन अनिवार्य छ । "हय्य अलस्सलाह" को अर्थ भनेको नमाजको लागि आउनुहोस् हो । जबकि श्रोताको भनाइ "ला हौल वला कुव्वत इल्लाह बिल्लाह" को अर्थ अल्लाहको सहायता बिना नमाज पढ्न अवरोधहरू हटाउने कुनै उपाय छैन । हो, अल्लाहको तौफिक बिना न उपासना गर्ने शक्ति छ न अरू केही गर्न क्षमता । "हय्य अलल्फलाह" को अर्थ सफलताको लागि आउनुहोस् हो । वास्तवमा सफलता भनेको स्वर्ग प्राप्ति र नर्कबाट मुक्ति हो ।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "यदि कुनै व्यक्तिले नमाज पढ्न बिर्सियो भने याद आउने बित्तिकै नमाज पढ्नुपर्छ र यो नै यसको प्रायश्चित हो : {र मेरो सम्झनाका लागि नमाज स्थापना गर} [ताहा: १४] ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नु भएको छ, यदि कुनै व्यक्तिले कुनै फर्ज नमाज पढ्न बिर्सियो र त्यसको समय सकियो भने याद आउने बित्तिकै ढिलो नगरीकन त्यसलाई पढ्नु पर्छ । वास्तवमा, समयमा नमाज नपढेको पाप मेटाउने एकमात्र उपाय भनेको याद आउने बित्तिकै यसलाई पढ्नु हो । अल्लाहले पवित्र कुर्नआनमा भन्नुभएको छ: "र मेरो सम्झनाको लागि नमाज स्थापना गर ।" [ताहा: १४] अर्थात्, बिर्सिएको नमाजलाई सम्झँदाका साथ पढ्नु ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, कुनै एक युद्धमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक महिला मारिएको अवस्थामा भेटिइन्। यो देखेपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाहरू र बालबालिकालाई मार्न कडाइका साथ निषेध गर्नुभयो।
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा गज्वा (युद्ध) मा एक महिला मारिएको अवस्थामा देख्नुभयो, त्यसैले उहाँले महिला र नाबालक बालबालिकालाई मार्न कडाइका साथ निषेध गर्नुभयो ।
इब्ने उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मन्नत (भाकल) गर्न निषेध गर्नुभयो र भन्नुभयो: "मन्नतले कुनै फाइदा गर्दैन, यसले केवल कन्जुसबाट उसको धन निकाल्छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले 'नज्र' (मनौती र भाकल) गर्नबाट मनाही गर्नुभयो।लअरबीमा 'नज्र' भनेको मानिसले आफूमाथि यस्तो कुरा अनिवार्य गर्नु हो, जुन शरीअतले उसमाथि अनिवार्य गरेको छैन। उहाँले भन्नुभयोः "'नज्र' (भाकल) ले न त कुनै कुरालाई अगाडि ल्याउन सक्छ, न त पछाडि गर्न सक्छ। यसबाट त केवल कन्जुस मानिसको धन मात्रै निकालिन्छ, जसले अनिवार्य कुराबाहेक अन्य केही गर्दैन। र, 'नज्र'ले त्यो कुरा ल्याउन सक्दैन, जुन उसको भाग्यमा लेखिएको छैन।"
अबू-मूसा अल्-अश्अरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म अश्अरी समुदायका केही व्यक्तिहरूसँग रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएँ। मैले उहाँसँग सवारी मागें, तर उहाँले भन्नुभयो: "अल्लाहको कसम! म तिमीहरूलाई सवारी दिन सक्दिनँ र मसँग तिमीहरूलाई दिने कुनै सवारी पनि छैन।" त्यसपछि हामी अल्लाहले चाहेजति समयसम्म त्यहाँ बस्यौं। यसैबीच केही ऊँटहरू उहाँकहाँ आए र उहाँले हामीलाई तीनवटा ऊँटहरू दिन आदेश दिनुभयो। त्यहाँबाट निस्केपछि हामीमध्ये केही मानिसहरूले अरूलाई भने: "अल्लाहले हाम्रो यस कार्यमा बर्कत (आशीर्वाद) दिने छैनन्। हामीले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आएर सवारीको लागि अनुरोध गर्यौं र उहाँले हामीलाई सवारी दिन नसक्ने कसम खानुभयो, तर पछि उहाँले हामीलाई दिनुभयो।" अबू मुसाले भने: हामी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ फर्कियौं र उहाँलाई यस कुराकानीबारे खबर गर्यौं। उहाँले भन्नुभयो: "हेर, मैले तिमीहरूलाई सवारीसाधन दिएको होइन, बरु अल्लाहले तिमीहरूका लागि व्यवस्था गरीदिनुभएको हो। अल्लाहको कसम! जब म कुनै कुरा प्रति कसम खान्छु, अनि त्योभन्दा अर्को कुरामा भलाइ देख्छु भने, म आफ्नो कसमको कफ्फारा (प्रायश्चित) दिन्छु र त्यही गर्छु जुन उत्तम हुन्छ।"
मुत्तफकुन अलैहिअबू मूसा अश्अरी (रजियल्लाहु अन्हु) ले बताउनुहुन्छ कि हामी आफ्नो कबिलाका केही मानिसहरूसहित रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गयौँ। हामी चाहन्थ्यौं कि उहाँले हामीलाई केही ऊँट प्रदान गरून्, जसमा सवार भई हामी जिहादमा सहभागी हुन सकौँ। तर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कसम खाँदै भन्नुभयो कि उहाँले हामीलाई कुनै सवारी दिनुहुने छैन, किनकि त्यस समय उहाँसँग हामीलाई उपलब्ध गराउने कुनै सवारी थिएन, उनीहरू फर्किए र केही समय बित्यो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ तीनवटा ऊँटहरू ल्याइयो उहाँले ती ऊँटहरू उनीहरूकहाँ पठाइदिनुभयो। । यो देखेर केही मानिसहरूले एक अर्कालाई भने: अल्लाहले हामीलाई यी ऊँटहरूमा बर्कत (आशीर्वाद) दिँने छैनन्; किनभने नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई सवारी नदिने कसम खानुभएको थियो । त्यसैले तिनीहरू नबी (सल्लल्लाहु अलैहि वसल्लम) उपस्थित भए र यस विषय प्रति सोधे। उहाँले उनीहरूको कुरा सुनेर भन्नुभयो: वास्तवमा, अल्लाहले तिमीहरूलाई सवारी दिनुभएको हो; किनभने उहाँले नै सामर्थ्य प्रदान गर्नुहुन्छ र व्यवस्था गर्ने त उहाँनै हुनुहुन्छ, र म त केवल माध्यम मात्र हुँ, जसद्वारा यो काम सम्पन्न भयो। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: जब म कुनै कुरा गर्ने वा नगर्ने कसम खान्छु, अनि त्योभन्दा अर्को कुरामा भलाइ देख्छु भने, म आफ्नो कसमको कफ्फारा (प्रायश्चित) दिन्छु र त्यही गर्छु जुन उत्तम हुन्छ।"
अबू-मूसा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग (विभिन्न मनोवृत्ति साथ युद्धमा भाग लिनेबारे सोधियो): "कोही बहादुरी देखाउन लड्छ, कोही जातिवाद (हठ वा पक्षपात) का लागि लड्छ, अनि कोही देखावटी वा प्रशंसा पाउन लड्छ। यीमध्ये कुन अल्लाहको मार्गमा (गरिएको) युद्ध हो?" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो:"जसले अल्लाहको वचन (तौहीद) सर्वोच्च होस् भन्ने लक्ष्य लिएर लड्छ, ऊ नै मात्र अल्लाहको मार्गमा लडिरहेको हुन्छ।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई विभिन्न उद्देश्य लिएर लड्नेहरू बारे सोधिएको थियो, कोही बहादुरी प्रदर्शन गर्न लड्छ, कोही पक्षपातको लागि लड्छ र कोही देखावती को लागि लड्छ, तिनीहरूमध्ये कुन व्यक्ति अल्लाहको मार्गमा हुन्छ? जवाफमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : अल्लाहको वचन (तौहीद) लाई उच्च पार्न लड्ने व्यक्ति नै केवल अल्लाहको मार्गमा हुन्छ ।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तपाईंहरूले अजान सुन्दा मुअज्जिनले भने जस्तै शब्दहरू दोहोर्याउनुहोस्।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अजान सुन्ने व्यक्तिलाई मुअज्जिनलाई जवाफ दिन प्रोत्साहित गर्नुभएको छ। जवाफ दिने क्रममा मुअज्जिनले बोलेका प्रत्येक वाक्यलाई हामीले पनि एक-एक गरी दोहोर्याउनुपर्छ। जब उसले तकबीर भन्छ तब हामीले तकबीर भन्नु पर्नेहुन्छ । जब उसले ‘अश्ह्दु अल्ला इलाह इल्लल्लाह’ र ‘अश्ह्दु अन्न मुहम्मदर्रसूलुल्लाह’ भनेर दुबै गवाही दिन्छ, हामीले पनि त्यसपछि दुबै गवाही भन्नु पर्नेहुन्छ । तर (हय्य अलस्सलाह) र (हय्य अलल्फलाह) को जवाफमा (लाहौल वला कुव्वत इल्ला बिल्लाह) भनिनेछ ।
मुगीरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग एक यात्रामा थिएँ, म उहाँको मोजा फुकाल्नको लागि झुकेँ। उहाँले भन्नुभयो : " मोजालाई नफुकाल्नु; किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ ।" त्यसपछि उहाँले मोजामाथि 'मसह' गर्नुभयो ।
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक यात्रामा हुनुहुन्थ्यो र उहाँले यात्राकै क्रममा वुजू गर्नुभयो । वुजू गर्दा जब खुट्टा धुने पालो आयो, मुगीरह बिन शोबा (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले लगाउनुभएको मोजा फुकाल्नका लागि उहाँको खुट्टातिर आफ्नो हात बढाउनुभयो, ताकि उहाँले आफ्नो खुट्टा धुन सकून् । यो देखेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: छोड्देउ, यसलाई फुकाल्नु पर्दैन, किनकि मैले तहारत (वुजू) को अवस्थामा मोजा लगाएको थिएँ । त्यसपछि, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो खुट्टा धुनुको सट्टा त्यसमाथि मसह गर्नुभयो ।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्, फातिमा बिन्ते अबू हुबैश ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रश्न सोधिन्, म इस्तीहाजा (नसोमा विकृतिको कारणले हुने अनियमित रक्तस्राव) बाट पीडित छु र कहिल्यै पवित्र अवस्थामा हुदिन । के यस्तो अवस्थामा नमाज छोड्नु पर्छ ? उहाँले जवाफ दिनुभयो: "होइन, यो नसोमा विकृतिको कारणले हुने रोग हो । जति दिन महिनावारी आउथ्यो त्यति दिनमा मात्र नमाज नपढ र त्यसपछि नुहाऊ र नमाज पढ ।"
मुत्तफकुन अलैहिफातिमा बिन्ते अबू हुबैशले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधिन् कि उनको रजस्वला रोकिदैन र महिनावारी बाहेकका दिनहरूमा पनि रगत बगिरहन्छ, के यो रगतलाई महिनावारीको रगत मानिनेछ र के उहाँले नमाज छोड्न सक्छिन् ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो : यो महिनावारीको रगत होइन, यो त इस्तिहाजा अर्थात् रोगजन्य रक्त हो, जुन पाठेघरको नसा फुट्दा निस्कन्छ । तसर्थ, इस्तैहाजाको (रोग) स्थिति उत्पन्न हुनुभन्दा पूर्व, तिम्रो सामान्य महिनावारीको अवधि जति दिनको थियो, त्यति दिनलाई नै महिनावारी मानेर नमाज, उपवास तथा महिनावारीका समयमा निषेध गरिएका सम्पूर्ण कार्यहरूबाट टाढा रहनु। त्यो समयावधि समाप्त हुनासाथ तिमी हैज (महिनावारी) बाट शुद्ध हुनेछौं। त्यसपछि महिनावारीबाट शुद्ध हुनको लागि रगत निस्कने ठाउँलाई राम्ररी सफा गर र पूर्ण रूपमा स्नान गर अनि त्यसपछि नमाज पढ्न शुरु गर ।