





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
हारिसा बिन वहब अल खोजाई (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुने: "के म तिमीहरूलाई स्वर्गवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कमजोर र विनम्र व्यक्ति, यदि उसले अल्लाहको कसम खान्छ भने, अल्लाहले उसको कसम पूरा गर्नेछन्। के म तिमीलाई नर्कवासीहरूको विशेषताहरू नबताउँ? प्रत्येक कठोर, विद्रोही, कंजूस र अहंकारी व्यक्ति।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले स्वर्गवासी र नर्कवासीहरूको केही विशेषताहरू वर्णन गर्नुभएको छ। "कमजोर र विनम्र" व्यक्तिहरु नै स्वर्गका अधिकांश मानिसहरू हुनेछन्। यसैकारण केही मानिसहरूले तिनीहरूलाई कमजोर र तुच्छ ठान्नेछन्। तर अल्लाहको दृष्टिमा तिनीहरूको महानता यस्तो हुनेछ कि यदि तिनीहरूले अल्लाहको अनुग्रह र दयाको आशामा शपथ खाए भने, अल्लाहले तिनीहरूको शपथको सम्मान गर्नेछन् र तिनीहरूको इच्छाहरू पूरा गर्नेछन्। जबकि नर्कमा धेरैजसो मानिसहरू बदमास, झगडालु वा विद्रोही हुनेछन्, जसले कुनै पनि राम्रो कुरा सुन्ने छैनन्। त्यसैगरी अहंकारी, घमण्डी र भारी शरीर भएको हुनेछन्, जसले सत्यलाई अस्वीकार गर्नेछ र अरू मानिसहरूलाई तुच्छ ठान्नेछ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् : अल्लाहको सन्देष्टा रसूल अलैहि व सल्लम) ले भन्नुभयो: अल्लाह तआलाले भन्नुहुन्छ: "मेरो दासले मेरो बारेमा जस्तो सोच राख्छ, म त्यही अनुसार उसको लागि हुन्छु। म उसको साथमा हुन्छु जब ऊ मलाई सम्झिन्छ। यदि उसले मलाई आफ्नो मनमा सम्झिन्छ भने, म पनि उसलाई आफ्नो मनमा सम्झिन्छु। यदि उसले मलाई कुनै समूहमा सम्झिन्छ भने, म उसलाई त्यो समूहभन्दा राम्रो समूहमा सम्झिन्छु। यदि ऊ मेरो नजिक एक शिब्र (एक बित्ता) आउँछ भने, म उसको नजिक एक जिराअ (एक हात) जान्छु। यदि ऊ मेरो नजिक एक हात आउँछ भने, म उसको नजिक एक बाअ (दुई हात) जान्छु। ऊ मतिर हिंड्दै आउँछ, म उसकोतिर दौडँदै आउँछु।"
मुत्तफकुन अलैहिरसूल अलैहि वसल्लम) ले जानकारी दिनुभएको छ, अल्लाह ताआलाले भन्नुहुन्छ: म मेरो सेवकको विचार अनुसार काम गर्छु। उसले मलाई जस्तो सोच्दछ, त्यसरी नै उसलाई व्यवहार गर्छु। राम्रो भनेको राम्रो हो र नराम्रो भनेको नराम्रो हो। जब उसले मलाई सम्झन्छ, मेरो दया, अनुग्रह, समर्थन, मार्गदर्शन र सुरक्षा उससँग रहन्छ। यदि उसले मेरो महिमा गर्छ र एकान्तमा तहलील पढ्छ र यसरी मलाई सम्झन्छ भने, म उसलाई एकान्तमा सम्झन्छु। यदि ऊ मलाई कुनै समूहमा सम्झन्छ भने, म उसलाई त्यो समूहभन्दा ठूलो र राम्रो समूहमा सम्झन्छु। जो अल्लाहको तर्फ एक शिब्र (एक बित्ता) नजिक जान्छ, अल्लाह उसको तर्फ एक जिराअ (एक हात) नजिक आउनुहुन्छ। यदि उसले अल्लाहको तर्फ एक जिराअ (एक हात) नजिक जान्छ भने, अल्लाह उसको तर्फ एक बाअ (दुई हात) नजिक आउनुहुन्छ। यदि ऊ अल्लाह तर्फ हिँडेर आउँछ भने, अल्लाह ऊ तर्फ दौडेर आउनुहुन्छ। छोटकरीमा भन्नुपर्दा, जब कुनै सेवक आज्ञाकारिता र दासतामा आफ्नो पालनकर्तातर्फ अगाडि बढ्छ, अल्लाह सर्वशक्तिमानले उसलाई आफ्नो नजिक खिच्नुहुन्छ। उपासनाको कार्य जति पूर्ण हुन्छ, अल्लाह त्यति नै नजिक हुनेछन्। अल्लाहको आशीर्वाद र उनको प्रतिफल सेवकको कार्य र प्रयास भन्दा धेरै ठूलो छ। मोमिन सधैं अल्लाहप्रति राम्रो धारणा राख्छ, ऊ कर्ममा सक्रिय हुन्छ र अल्लाहलाई नभेट्दासम्म कर्मप्रतिको जोश बढ्दै जान्छ।
तलहा बिन उबैदुल्लाह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि नज्द (एक स्थान) का एकजना मानिस रसूलुल्लाह (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आए। उनको कपाल जिङ्ग्रिङ्ग (अस्तव्यस्त) थियो। हामीले उनको आवाजको गुन्जन सुन्यौं तर उनी के भनिरहेका छन् त्यो बुझ्न सकिरहेका थिएनौं। जब उनी नजिक आए तब थाहा भयो कि उनी इस्लामको बारेमा सोध्दै थिए। रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "दिन र रातमा पाँच नमाजहरू पढ्नु।" उनले सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?" उहाँले भन्नुभयो: "छैन, तर यदि तिमीले स्वेच्छाले थप्न चाह्यौ भने नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ।" त्यसैगरी "रमजानको रोजाहरू राख्नु अनिवार्य छ।" उनले फेरि सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?" उहाँले भन्नुभयो: "छैन, तर तिमीले स्वेच्छाले (अतिरिक्त) रोजाहरू राख्न सक्छौ।" त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई जकातको बारेमा बताउनुभयो। उनले सोधे: "के ममाथि यो बाहेक अरू केही अनिवार्य छ?" उहाँले भन्नुभयो: "छैन, तर यदि तिमीले स्वेच्छाले थप्न चाह्यौ भने अतिरिक्त दान दिन सक्छौ।" त्यसपछि ती मानिस फर्किए र यसो भन्दै गए: "अल्लाहको कसम! म यसमा न त बढाउँछु, न घटाउँछु।" रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि उसले सत्य बोलेको हो भने, ऊ निश्चय नै सफल हुनेछ।"
मुत्तफकुन अलैहि‘नजद’ बाट एक व्यक्ति नबी (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ आयो, उसको कपाल जिङ्ग्रिङ्ग परेको थियो र उसको आवाज चर्को भएकोले उसले भनिरहेको कुरा बुझ्न गार्हो थियो । यहाँसम्म ऊ नबी (सल्लल्लाहु अलैहि वसल्लम) को नजिक आयो र इस्लामको अनिवार्य कर्तव्यहरू बारे सोध्यो ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अनिवार्य नमाजका बारेमा बताउन सुरु गर्नुभयो र अल्लाहले दिन-रातमा पाँच नमाजहरू अनिवार्य गर्नुभएको कुरा जानकारी दिनुभयो। उसले भन्यो: के मैले यी पाँच नमाज बाहेक अरू कुनै नमाजहरू पढ्न आवश्यक छ? उहाँले भन्नुभयो: "छैन, तर नफल (अतिरिक्त) नमाज पढ्न सक्छौ ।" त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: अल्लाहले तिमीमाथि अनिवार्य गर्नुभएको कर्तव्यहरू मध्ये रमजान महिनाको रोजा राख्नु हो । व्यक्तिले फेरि भन्यो: के म माथि रमजानको रोजा बाहेक अरु कुनै रोजा राख्नु अनिवार्य छ ? उहाँले भन्नुभयो: छैन, तर नफल (अतिरिक्त) रोजाहरू राख्न सक्छौ । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले जकातको बारेमा बताउनु भयो । व्यक्तिले भन्यो: के मैले अनिवार्य जकात पछि कुनै दान गर्नु पर्छ? उहाँले भन्नुभयो: छैन, तर अतिरिक्त दान दिन सक्छौ । उसले नबी (सल्लल्लाहु अलैहि वसल्लम) बाट यी अनिवार्य कुराहरु सुनेपछि फर्किएर जान लाग्यो र अल्लाहको कसम खाएर भन्यो : "म यी कुराहरूमा केही थपघट नगरी पालना गर्नेछु।" यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यदि ऊ आफ्नो भनाइमा सच्चा छ भने, ऊ सफल हुनेछ।"
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "उदय भएका दिनहरूमध्ये सबैभन्दा श्रेष्ठ दिन जुमाको दिन हो। यही दिन आदम (अलैहिस्सलाम) को सृष्टि गरियो, यही दिन उहाँलाई स्वर्गमा प्रवेश गराइयो, यही दिन उहाँलाई स्वर्गबाट निकालियो र कयामत पनि जुमाको दिनमा नै आउनेछ।"
मुस्लिमले वर्णन गरेका छन्यस हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले सूर्य उदाउने सबै दिनहरूमध्ये शुक्रबारको दिन सबैभन्दा उत्तम तथा श्रेष्ठ दिन भएको कुरा बताउनुभएको छ। यस दिनका केही विशेषताहरूमध्ये यो हो कि अल्लाहले आदम (अलैहिस्सलाम) लाई त्यही दिन सृष्टि गर्नुभयो, त्यही दिन उनलाई स्वर्गमा प्रवेश गराउनुभयो, त्यही दिन उनलाई त्यहाँबाट निकालेर पृथ्वीतर्फ पठाउनुभयो र प्रलय पनि शुक्रवार बाहेक अन्य दिनमा आउने छैन।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्: रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले यस संसारमा अरु कसैको रहस्य लुकाउँछ, अल्लाहले पुनरुत्थानको दिन उसको रहस्य लुकाउनुहुनेछ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जब कुनै मुस्लिमले आफ्नो मुस्लिम भाइको कुनै पनि कुरामा भएको गल्ती लुकाउँछ, अल्लाह सर्वशक्तिमानले न्यायको दिनमा उसको गल्ती लुकाउनुहुनेछ। किनभने व्यक्तिलाई उसले गरेको कर्म अनुसार पुरस्कृत गरिन्छ। अल्लाहको लुकाउने अर्थ भनेको उहाँले उसको गल्तीहरू र अपराधहरूलाई महशरको मैदानमा भेला भएका मानिसहरू बाट लुकाएर उसलाई ढाक्नुहुनेछ। यो पनि हुन सक्छ कि उहाँले तिनीहरूलाई जवाफदेही बनाउनुहुनेछैन र उहाँको अगाडि तिनीहरूको उल्लेख गर्नुहुनेछैन।
अबु मुस्लिम अल-खौलानीले बयान गरेका छन्, उनले भने : मलाई मेरो प्रिय र इमानदार साथी औफ बिन मालिक अश्ह-जई (रजियल्लाहु अन्हु)ले भन्नुभयो : हामी नौ, आठ वा सात जना अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग थियौँ। उहाँले हामीलाई सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत (वचनबद्धता) गर्दैनौ?" हामीले केही दिनअघि मात्रै उहाँसँग बैअत गरिसकेका थियौँ। त्यसैले हामीले भन्यौँ: "हे अल्लाहका रसूल! हामीले त तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।" तर उहाँले फेरि भन्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?" हामीले दोहोर्यायौँ: "हे अल्लाहका रसूल! हामीले तपाईंसँग वचनबद्धता गरिसकेका छौँ।" उहाँले (तेस्रो पटक पनि उही कुरा) सोध्नुभयो: "के तिमीहरू अल्लाहका रसूलसँग बैअत गर्दैनौ?" हामीले आ-आफ्नो हात अगाडि बढाउँदै भन्यौँ: "हामीले पहिले नै तपाईंसँग वचनबद्धता गरिसकेका छौँ। अब कुन कुरामा बैअत गर्ने हो, हे अल्लाहका रसूल।" तब अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "तिमीहरूले अल्लाहको उपासना गर्ने र उहाँसँग कसैलाई पनि साझेदार नबनाउने, दैनिक पाँचपटक नमाज पढ्ने र आज्ञापालन गर्ने (उहाँले एउटा कुरा बिस्तारै भन्नुभयो) र कसैसँग केही पनि नमाग्ने कुरामा बैअत गर।" रावी (हदीस सुनाउने व्यक्ति) भन्छन्: "त्यसपछि, मैले ती व्यक्तिहरूमध्ये केहीलाई देखेँ कि उनीहरूको कोर्रा भुइँमा खस्दा पनि उनीहरू अरू कसैलाई उठाइदिन भन्दैनथे।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) केही सहाबा (साथी) हरूसँग हुनुहुन्थ्यो जब उहाँले तिनीहरूलाई आफूसँग बैअत (वचनबद्धता) गर्न र केही कुराहरूमा प्रतिबद्ध रहन तीन पटक भन्नुभयो: पहिलो: अल्लाहका आज्ञाहरू पालन गरेर र उहाँले निषेध गर्नुभएको कुराहरूबाट टाढा बसेर केवल उहाँको उपासना गर्ने र उहाँसँग कसैलाई साझेदार नबनाउनु। दोस्रो: दिन र रातमा पाँचवटा अनिवार्य नमाज कायम गर्नु। तेस्रो: आफ्नो हाकिमको जायज कुरामा आज्ञापालन गर्नु। चौथो: आफ्ना सबै आवश्यकताहरू केवल अल्लाहसँग माग्ने, मानिसहरूबाट न माग्ने र यो कुरा उहाँले विस्तारै भन्नुभयो । सहाबाहरूले आफ्नो बैअतमा गरेका प्रतिज्ञाहरूलाई व्यवहारमा उतारे। यसबारे रावी (हदीस सुनाउने व्यक्ति) ले भन्नुभयो: ‘मैले तिनै सहाबामध्ये एकजनाको कोर्रा खसेको देखें। उनले कसैलाई उठाइदिन भनेनन्, बरु आफैं तल ओर्लिए र आफ्नै हातले उठाए।
बराअ बिन आजिब (रजियल्लाहु अन्हु) बाट वर्णन गरिएको छ कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: “जब मुसलमानलाई कब्रमा प्रश्न गरिनेछ, तब उसले यसरी उत्तर दिनेछ : 'अल्लाहबाहेक कुनै सत्य उपास्य छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुनुहुन्छ।' यही अर्थ निम्न कुरआनको आयतले पनि व्यक्त गरेको छ : ‘अल्लाहले आस्थावान्हरूलाई दृढ वचनद्वारा सांसारिक जीवन र परलोक दुवैमा दृढता प्रदान गर्नुहुन्छ।’ (इब्राहीम: २७)”
मुत्तफकुन अलैहिमुमिनसँग कब्रमा प्रश्न गरिनेछ, यसका लागि तोकिएका 'मुन्कर' र 'नकीर' नामक दुई स्वर्गदूतहरूले उसलाई सोध्नेछन्, र विभिन्न हदीसहरूमा उनीहरूको यही नाम उल्लेख गरिएको छ। अतः आस्थावान् व्यक्तिले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ भनेर गवाही दिनेछ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहको निम्न भनाइमा 'सत्य र दृढ वचन' भन्ने कुराको यही मतलब हो भन्नुभएको छ, अल्लाहले भन्नुहुन्छ: {अल्लाहले मोमिनहरूलाई सत्य वचन (तौहीद) द्वारा लोक र परलोकमा दृढता प्रदान गर्नुहुन्छ} [सूरह इब्राहीम: २७]
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मलाई मानिसहरूसँग लड्न आदेश दिइएको छ जबसम्म तिनीहरूले अल्लाह बाहेक कोही ईश्वर छैन र मुहम्मद अल्लाहका दूत हुन् भन्ने गवाही दिँदैनन्, नमाज पढ्दैनन् र जकात दिंदैनन् । यदि तिनीहरूले त्यसो गरे भने, इस्लामको हक बाहेक तिनीहरूको रगत र सम्पत्ति मबाट सुरक्षित हुनेछ र तिनीहरूको हिसाब अल्लाहसँग छ ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ, जबसम्म बहुदेववादीहरूले अल्लाह बाहेक कोही ईश्वर छैन, उहाँको कोही साझेदार छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दूत हुन् भन्ने गवाही दिँदैनन्, नमाज पढ्दैनन् र जकात दिंदैनन्, अल्लाहले मलाई लड्न आदेश दिनुभएको छ । यदि तिनीहरूले यी कामहरू गर्छन् भने, इस्लामले तिनीहरूको रगत र सम्पत्तिको रक्षा गर्दछ । त्यसैले तिनीहरूलाई मार्नु अनुमति छैन । यदि तिनीहरूले कुनै अपराध वा हत्या गर्छन् भने तिनीहरूलाई इस्लामको प्रावधान र विधान अनुसार दण्ड दिइने छन् । त्यसपछि अल्लाहले कयामतको दिन तिनीहरूको हिसाब-किताब लिनुहुनेछ किनकि उहाँ तिनीहरूका गोप्य कुराहरू जान्नुहुन्छ ।
इब्न अब्बास (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "अल्लाहले मेरो उम्मत (समुदाय) का लागि अज्ञानता र बिर्सिएर गरिएका गल्तीहरू तथा जोर-जबरजस्ती गरेर गर्न लगाइएका निषेध कार्यहरू क्षमा गरिदिनुभएको छ।"
رواه ابن ماجه والبيهقي وغيرهماनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभयो, अल्लाहले उहाँको उम्मतलाई तीन अवस्थाका कार्यहरु माफ गरिदिनुभएको छ: १- गल्ती (खता): यो अन्जानमा गरिएको कार्य हो। जस्तै: मुस्लिमले कुनै कुरा गर्न इच्छा गर्छ, तर उसको कार्यले अपेक्षित नतिजा भन्दा फरक परिणाम दिन्छ, यस्तो अवस्थामा पाप लाग्दैन। २- बिर्सनु (निस्यान): जस्तै मुस्लिमले कुनै कुरा गर्न याद गरेको हुन्छ, तर कार्य गर्दा बिर्सिन्छ, त्यसमा पनि कुनै पाप लाग्दैन। ३- जबरजस्ती (इक्राह) हो। दासलाई उसले नचाहेको काम गर्न बाध्य पार्न सकिन्छ र ऊ जबरजस्तीको प्रतिरोध गर्न असमर्थ हुन्छ। त्यस अवस्थामा, उसलाई कुनै पाप वा गलत कार्य गरेमा कुनै पाप वा दोष लाग्दैन। तर, ध्यान दिनुपर्ने कुरा के हो भने, यो हदीस अल्लाह र व्यक्ति बीचको मामिलामा लागू हुन्छ — अर्थात्, यदि गल्ती, बिर्सिँदा वा जबर्जस्तीमा कुनै निषेध कार्य हुन गएमा अल्लाहले क्षमा गर्नुहुन्छ। तर, आदेशित कार्यहरू (जस्तै नमाज, रोजा आदि) बिर्सेर नगर्दा उक्त कर्तव्य क्षमा हुँदैन बरु गर्नैपर्ने हुन्छ। त्यसैगरी, यदि गल्ती वा बिर्सिएर कसैको अधिकारमा हानि पुग्न गएमा, त्यो क्षम्य हुँदैन — उदाहरणका लागि, यदि कसैद्वारा गल्तीले कसैको हत्या भएमा उसमाथि 'दियत' (रक्तमूल्य) अनिवार्य हुन्छ, त्यसैगरी कसैले गल्तीले अरूको गाडी बिगारेमा त्यसको क्षतिपूर्ति तिर्नुपर्दछ।