





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अबू मरसद गनवी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "चिहानहरूमाथि नबस्नु र त्यसतर्फ मुख गरेर नमाज नपढ्नु।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चिहानहरूमाथि बस्न निषेध गर्नुभएको छ । त्यसैगरी, यदि कुनै चिहान नमाज पढ्ने व्यक्ति र किब्लाको बीचमा अवस्थित छ भने त्यो चिहानतर्फ मुख फर्काएर नमाज पढ्न निषेध गरिएको छ, किनभने यो शिर्क (बहुदेववाद) तर्फ उन्मुख गराउने माध्यम हो ।
उम्मुल-मुमिनीन आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: उम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा देखेको मारिया नामको चर्च र त्यस भित्र कोरिएका तस्बिरहरू बारे बताउनुभयो । तब उहाँले भन्नुभयो : "तिनीहरू यस्ता मानिसहरू थिए, जब तिनीहरूमध्ये कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, तिनीहरूले उसको चिहानमाथि मस्जिद बनाइदिन्थे र त्यसमा यी चित्रहरू राख्थे । तिनीहरू अल्लाहको नजरमा सबैभन्दा खराब प्राणी हुन् ।"
मुत्तफकुन अलैहिउम्मे सलमा (रजियल्लाहु अन्हा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई हबशा (इथियोपिया) मा हुँदा देखेको कुराहरु प्रति आश्चर्य मानेर मारिया नामको चर्चमा देखेको तस्वीर, चित्रहरू र सजावटहरू बारे बताउनुभयो , उनको कुरा सुनेर रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले चर्चहरूमा ती चित्रहरू राख्नुको कारण स्पष्ट पार्नुभयो; उहाँले भन्नुभयो: "तिमीले जसको बारेमा बयान गर्यौ, तीमध्ये जब कुनै धर्मी व्यक्तिको मृत्यु हुन्थ्यो, उनीहरू उसको चिहानमा मस्जिद बनाइदिन्थे र त्यसमा नमाज पढ्थे र त्यसभित्र तस्बिरहरू राख्ने गर्थे। उहाँले यसलाई थप व्याख्या गर्दै भन्नुभयो, 'यस प्रकारको काम गर्ने व्यक्ति अल्लाहको दृष्टिमा सबैभन्दा खराब सृष्टि हो; किनभने उसको यो कार्यले शिर्कको ढोका खोल्छ।
अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "इस्लाम पाँच कुराहरूमा आधारित छ: अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद अल्लाहका दास र रसूल हुनुहुन्छ भन्ने गवाही दिनु, नमाज स्थापना गर्नु, जकात दिनु, हज गर्नु र रमजान महिनामा उपवास बस्नु ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले इस्लाम धर्मलाई पाँच स्तम्भहरूमा खडा भएको ठोस भवनसँग तुलना गर्नुभयो र इस्लामका बाँकी विशेषताहरूलाई यस भवनका पूरक बताउनु भयो । यी पाँच स्तम्भहरू मध्ये पहिलो स्तम्भ: शहादतान (दुबै गवाही); अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद ईश्वरका दूत हुनुहुन्छ भन्ने गवाही दिनु; यी दुबै गवाहीहरू एउटै स्तम्भ हुन्, जुन एकअर्काबाट कहिले अलग हुनसक्दैन । भक्तले अल्लाह एक हुनुहुन्छ र उहाँ मात्र उपासना योग्य हुनुहुन्छ स्वीकार गर्दै आफ्नै जिब्रोले भन्नुपर्छ र यसको आशा अभिलाषालाई पुरा गर्नुपर्छ । त्यसैगरी पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) मा आस्था राख्दै उहाँको अनुसरण गर्नुपर्छ । दोस्रो स्तम्भ : सलाह (नमाज) स्थापना गर्नु, दिन रातमा पाँच फर्ज नमाजहरूलाई तिनीहरूको सर्त, स्तम्भ र अनिवार्य कार्यहरूका साथ पढ्नु पर्छ । फजर, जुहर, अस्र, मगरिब र ईशा अनिवार्य सलाहहरू हुन् । तेस्रो स्तम्भ : जकात दिनु, वास्तवमा जकात एक आर्थिक उपासना हो, शरीयतले तोकेको धनसम्पत्तिमा एक निश्चित मात्रामा निकालेर हकदार मानिसहरूलाई दिइन्छ । चौथो स्तम्भ : हज गर्नु, अल्लाहको उपासनाको लागि केही विशेष कार्यहरू गर्न मक्का जाने नाम हो । पाँचौं स्तम्भ : रमजान महिनामा उपवास बस्नु । उपवास भनेको अल्लाहको उपासना गर्ने मनसायले बिहान फजर देखि सूर्यास्तसम्म उपवास तोड्ने खानेकुरा, पेय पदार्थ र अन्य चीजहरूबाट अलग रहनुको नाम हो ।
अबू-सईद अल्-खुदरी रजियल्लाहु अन्हु बाट उद्धृत गरिएको छ, उहाँ भन्नु हुन्छ, मैले अल्लाहको रसूल सल्लल्लाहु अलैहि व सल्लमलाई भन्दै गरेको सुनें : "तिमीहरू मध्ये कसैले मुन्कर (गलत) भइरहेको देख्यो भने त्यसलाई हातले रोक्न प्रयास गर्नु, यदि हातले रोक्ने शक्ति नभए बोलेर रोक्न प्रयास गर्नु, यदि यसको पनि क्षमता छैन भने हृदयमा नै नराम्रो ठान्नु र यो ईमानको (आस्थाको) सबै भन्दा कमजोर श्रेणी हो"।
मुस्लिमले वर्णन गरेका छन्अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले गलत कार्य (मुन्कर) लाई आफ्नो क्षमता अनुसार रोकथाम गर्न आदेश दिदै हुनुहुन्छ । अल्लाह र उहाँका रसूलले निषेध गर्नुभएको हरेक कार्य मुन्कर (गलत) हो । यदि कसैले कुनै गलत कार्य (मुन्कर) भइरहेको देखिरहेको छ र ऊ सक्षम छ भने आफ्नो हातले त्यसलाई रोक्नु पर्छ । यदि ऊ त्यसो गर्न असमर्थ छ भने, उसले आफ्नो बोलीले यसलाई परिवर्तन गरोस्। उसले गलत गर्नेलाई त्यसको हानि नोक्सानी सम्झाएर त्यसबाट रोकोस र यो गलतीको सट्टा उसलाई राम्रो कुराको मार्गदर्शन गरोस् । यदि ऊ त्यसो गर्न असमर्थ छ भने, उसले आफ्नो हृदयमा यो खराबीलाई घृणा गर्नुपर्छ र सक्षम भएको भए निश्चयनै परिवर्तन गर्ने थिए भनेर संकल्प गर्नुपर्छ। हृदयमा गलत कार्यलाई गलत ठान्नु ईमानको सबैभन्दा कमजोर स्तर हो।
अब्दुल्लाह बिन मसऊद (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एकजना मानिसले सोधे: हे अल्लाहका रसूल! के हामीले जाहिलिया (इस्लाम पूर्व) को समयमा गरेका पाप-कर्महरूप्रति जवाफदेह हुनेछौं? उहाँले भन्नुभयो: " जसले इस्लाम स्विकारे पछि राम्रो काम गर्यो, उ जाहिलियाको समयमा गरेका कामहरूप्रति जवाफदेह हुने छैन र जसले इस्लाम स्विकारे पछि खराब कर्म गर्यो, उसलाई अघिल्ला र पछिल्ला सबै कृकर्मको सजाय दिइनेछ।"
मुत्तफकुन अलैहियस हदीसमा सन्देशवाहक (उहाँ माथि अल्लाहको कृपा र शान्ति होस्) ले इस्लाम स्वीकार गर्नुको महत्त्वलाई स्पष्ट गर्दै हुनुहुन्छ । जसले इस्लामलाई स्वीकार गर्यो र एक असल, इमानदार र सत्यवादी मुसलमान भयो भने; उ जाहिलियाको समयमा गरेका पापहरूप्रति जवाफदेह हुनेछैन। जो व्यक्तिले इस्लाम स्वीकार गरिसकेपछि पनि मुनाफिक (आडम्बरी,कपटी ) वा मुर्तद (धर्मत्यागी) भएर इस्लाममा गलत काम गर्दछ; उ कुफ्र (इस्लाम पूर्व) र पछिको अवस्थामा गरेका सबै कर्महरूप्रति जवाफदेह हुनेछ।
जाबिर (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, यदि मैले अनिवार्य सलाह (नमाज) हरू कायम गरें, रमजानमा उपवास राखें र हलाल (वैध) लाई हलाल माने र हरामलाई त्यागे र यो बाहेक अरू केही गरिनँ भने के म जन्नत (स्वर्ग) मा प्रवेश गर्नेछु? उहाँले भन्नुभयो: "हो।" उसले भन्यो: अल्लाहको कसम, मैले यसमा केही थप्ने छैन।
मुस्लिमले वर्णन गरेका छन्यस हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, जसले अनिवार्य पाँच पटकको नमाज पढ्छ तर नवाफिल (अतिरिक्त र स्वैच्छिक सलाह) पढ्दैन, रमजानको व्रत बस्छ र अतिरिक्त वा स्वैच्छिक उपवासहरू बस्दैन, हलाललाई हलाल ठानेर गर्छ र हरामलाई हराम मानेर त्याग्छ भने ऊ स्वर्गमा प्रवेश गर्नेछ ।
अबू मलिक अल-अश्अरी (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नु हुन्छः अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तहारत (पवित्रता) आधा ईमान हो । अल्हम्दुलिल्लाह (अल्लाहको प्रशंसा) ले (सुकर्म तौल गर्ने ) तराजु भर्छ, ‘सुब्हानल्लाह’ र ‘अल्हम्दुलिल्लाह’ यी दुबैले आकाशहरू देखि पृथ्वी सम्मको विशालतालाई भरि दिन्छ । सलाह (नमाज) नूर (ज्योति) हो, सदकह (दान) प्रमाण हो, धैर्य गर्नु (आस्थाको) किरण हो । कुरान तपाईको पक्ष वा विपक्षमा प्रमाण हो । प्रत्येक मानिसले हरेक दिन परिश्रम गर्छ, कि त उसले आफूलाई नर्कबाट बचाउछ, कि त नष्ट पार्दछ ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा बताउनु भएको छ : बाहिरी (शारीरिक) शुद्धता "वुजू" र स्नानबाट प्राप्त हुन्छ र यो शुद्धता नमाजको लागि शर्त हो। उहाँको भनाई : "अल्हमदु लिल्लाहले तराजु भर्छ" वास्तवमा यो अल्लाहको प्रशंसा, महिमा र पूर्णताको वर्णन हो । प्रलयको दिन, यी शब्दहरू तराजूमा तौलिनेछन् र यिनले कर्महरू तौलने तराजूलाई भर्नेछन् । उहाँको भनाई : "सुब्हानल्लाह र अल्हम्दुलिल्लाह" ले अल्लाहलाई सम्पूर्ण थरीका त्रुटि र अपूर्णताबाट पवित्र ठहर्याउन्छ र उहाँ प्रति प्रेम एवं सम्मान सहित उहाँको पूर्ण उत्तम विशेषताहरू वर्णन गर्दछ र यो उहाँलाई सुहाउँदो तरिकाले हुन्छ । यी दुई शब्दहरूले आकाश र पृथ्वी बीचको ठाउँ भर्छन् । "नमाज एउटा ज्योति हो" जसले भक्तको हृदय, अनुहार, चिहान र हश्र (हिसाबकिताबको लागि भेला हुने मैदान) लाई उज्यालो पार्दछ। "दान प्रमाण हो" अर्थात् भक्तको साँचो आस्थाको र पाखण्ड (कपट) बाट टाढा रहेको प्रमाण हो, साथै दान दिनुले पाखण्डी कपटी व्यक्ति -जसले दानको प्नतिफलमा विश्वास गर्दैन- बाट भिन्नता पनि प्रमाणित हुन्छ । "सब्र (धैर्य) एक किरण हो" । धैर्य भनेको दु:ख र पीडामा असन्तुष्टि र भाग्यलाई गालीगलौज गर्नबाट रोकिनु हो । "जिया"- यसतो प्रकाशलाई भनिन्छ जसमा सूर्यको किरण जस्तै ताप र जलाउने गुण हुन्छ । किनभने धैर्य कठिन कार्य हो र यसमा आत्मसँग लड्न र आफ्नो नराम्रो इच्छा तथा आकांक्षालाई रोक्नु पर्छ । धैर्यतापूर्वक जीवन बिताउने व्यक्ति सधैं उज्यालोमा रहन्छ र ऊ निरन्तर रुपले सही मार्गमा हुन्छ । अर्थात् धैर्य भनेको अल्लाहको आज्ञापालन गर्नुमा दृढ हुनु, उहाँको अवज्ञाबाट आफूलाई बचाउनु र संसारमा आइपरेका दुःख र कठिनाइहरूमा धैर्य गर्नु हो । "कुरआन तपाइँको लागि प्रमाण हो" जब तपाईंले कुरआनको पाठ गर्नुहुन्छ र त्यसको आदेश अनुसार कार्य गर्नु हुन्छ वा "तपाइँको विरुद्ध प्रमाण" हो, जब तपाइँले त्यसको आदेशहरुको पालना गर्नहुन्न र त्यसको तिलावत (पाठ) पनि गर्नुहुन्न । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : सबै मानिसहरूले संघर्ष र प्रयास गर्छन्, धर्तीमा फैलिन्छन्, निद्राबाट ब्यूँझन्छन् अनि विभिन्न कामका लागि आफ्नो घर छोड्छन् र जीविकोपार्जन गर्छन् । अतः, तिनीहरूमध्ये केहीले अल्लाहको आज्ञापालन गर्दछन् र आफूलाई नर्कको आगोबाट मुक्त गर्छन् र तिनीहरूमध्ये केही अवज्ञा गरि विचलित हुन्छन् र पापहरूमा लिप्त भएर नर्कमा प्रवेश गर्छन् र आफूलाई नष्ट गर्छन् ।
मुआज (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँले भन्नुहुन्छ: म रसूल (सल्लल्लाहु अलैहि वसल्लम)को पछाडि उफैर नामको गधा माथि सवार थिएँ । उहाँले भन्नुभयो: “हे मोअज! के तिमीलाई थाहा छ, भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो?” मैले भनें: अल्लाह र उहाँका रसूललाई राम्ररी थाहा छ । उहाँले भन्नुभयो: "भक्तहरूमाथि अल्लाहको अधिकार के हो भने तिनीहरूले उहाँको मात्र उपासना गरून् र उहाँको (उपासना)मा कसैलाई साझेदार नबनाऊन (शिर्क नगरून्) र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भने जसले उहाँको (उपासना)मा कसैलाई साझेदार बनाउदैन, वहाँले उसलाई दण्ड नदिऊन् । मैले भने: हे अल्लाहका दूत, के म मानिसहरूलाई यो शुभ समाचार नदिउँ ? उहाँले भन्नुभयो: "नदेऊ, अन्यथा मानिसहरू त्यसमा भर परेर बस्नेछन् (र सूकर्म गर्ने छैनन्) ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा भक्तहरूमाथि अल्लाहको अधिकार र अल्लाहमाथि भक्तहरूको अधिकार के हो भनेर व्याख्या गर्नुभएको छ। भक्तहरूमाथि अल्लाहको अधिकार भनेको केवल एक अल्लाहको उपासना गर्नु र उहाँसँग अरू कसैलाई साझेदार नबनाउनु हो। अल्लाहमाथि भक्तहरूको अधिकार यो हो कि एकेश्वरवादी भक्तहरू लाई; जसले उहाँसँग कसैलाई साझेदार बनाएनन्, दण्ड नदिनु हो । पछि मुआजले भने: हे अल्लाहका रसूल! के म मानिसहरूलाई यसको शुभ समाचार नदिउँ ? ताकि उनीहरु यो अनुग्रह थाहा पाएर रमाऊन् र हर्षित होउन् ? तर मानिसहरू यसैमा निर्भर हुनेछन् भन्ने डरले नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई त्यसो गर्न मनाही गर्नुभयो।
जाबिर (रजियल्लाहु अन्हु) बाट उद्धृत गरिएको छ, वहाँ भन्नुहुन्छ: एक व्यक्ति रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सेवामा आयो र उसले सोध्यो: हे अल्लाहका रसूल! निश्चित रुपमा हुने दुई कुराहरू के हुन्? उहाँले जवाफ दिनुभयो: "जसले शिर्क (अल्लाहको उपासनाको अधिकार अरू लाई दिनु ) नगरीकन मर्छ, ऊ स्वर्गमा प्रवेश गर्नेछ र जसले शिर्क गर्दागर्दै मर्छ, ऊ नर्कमा प्रवेश गर्नेछ।"
मुस्लिमले वर्णन गरेका छन्एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ती दुइ कर्महरूको बारेमा सोधे, जसलाइ गरेर एकजनाले निश्चित रुपमा स्वर्गमा प्रवेश पाउँछ भने अर्कोले निश्चित रुपमा नर्कको बास ? रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो: एकेश्वरवादी भइ एक मात्र अल्लाहको उपासना गर्ने र उहाँसँग अरू कसैलाई साझेदार नबनाउने अवस्थामा मृत्यु हुँदा मानिस निश्चित रुपमा स्वर्गमा प्रवेश गर्ने छ । र जुन कर्मले गर्दा मानिस निश्चित रुपमा नर्कमा जानेछ, त्यो यो हो कि शिर्क मा लिप्त हुने अवस्थामा मानिसको मृत्यु होस , अर्थात अल्लाहको प्रभुत्व वा ईश्वरत्व मा वा उहाँको नाम र विशेषताहरूमा अरुलाई उहाँको समान र तुल्य मानेको अवस्थामा मानिसको मृत्यु होस।