





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अब्दुल्लाह बिन अब्बास (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : "जसले नक्षत्रहरूबाट ज्ञान प्राप्त गर्छ, उसले जादूको एक भाग सिक्छ । उसले जति धेरै ज्योतिषविज्ञान सिक्छ, त्यति धेरै जादू सिक्नेछ ।"
अबू दाउद, इब्ने माजह र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, जसले तारा र नक्षत्रहरूको ज्ञान सिक्छ र तिनीहरूको चाल, प्रवेश र निकासले पृथ्वीमा हुने घटनाहरूमा के कति प्रभाव पर्छ त्यसमा विचार गर्छ, जस्तै जीवन, मृत्यु, रोग र भविष्यमा हुने कुराको बारेमा ज्ञान प्राप्त गर्छ । उसले जादूको एक भाग सिकेको छ र उसले जति धेरै यो ज्ञान प्राप्त गर्छ, जादूको बारेमा उसको ज्ञान त्यतिनै बढ्दै जानेछ ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "ईमान (विश्वास) का सत्तरी (वा साठी) भन्दा बढी शाखाहरू छन्, जसमध्ये सबैभन्दा उत्कृष्ट 'ला इलाहा इल्लाल्लाह' भन्नु हो र सबैभन्दा तल्लो शाखा नोक्सान पुर्याउने कुरालाई बाटोबाट हटाउनु हो र हया (लज्जा) पनि ईमानको एक शाखा हो ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, ईमान (आस्था) का धेरै शाखाहरू छन्, जसमा कर्म, विश्वास र भनाइहरू छन् । आस्थाको सर्वोच्च र उत्कृष्ट शाखा "ला इलाहा इल्लाह अल्लाह" भन्नु हो । यसको अर्थ र अभिलाषालाई जान्नुपर्छ र यसलाई कार्यन्वयन गर्नपर्छ । अर्थात्, केवल अल्लाह मात्र उपासना योग्य हुनुहुन्छ र उहाँ बाहेक कोही उपासना योग्य छैन । ईमानको सबैभन्दा तल्लो कार्य भनेको मानिसहरूलाई दुःख दिने सबै कुरालाई बाटोबाट हटाउनु हो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : हया (लाज) पनि ईमानको एक शाखा हो । वास्तवमा, हया एक मनोवृत्ति हो, जसले राम्रो कर्म गर्न र खराब कर्मबाट टाढा रहन प्रेरित गर्छ ।
अबू बशीर अन्सारी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनी अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सँग कुनै यात्रामा सँगै थिए । उहाँ भन्नुहुन्छ कि जब मानिसहरू आफ्नो वासस्थान हरूमा अवस्थित थिए, उहाँ पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा सन्देशवाहकलाई यो घोषणा गर्न पठाउनुभयो: '' कुनै पनि ऊँटको घाँटीमा तार वा अन्य कुनै ताविज छ भने त्यो काटियोस् ।
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) एक यात्रामा हुनुहुन्थ्यो र मानिसहरू आफ्नो पाल भित्र सुत्ने ठाउँहरूमा उपस्थित थिए । यसैबीच, उहाँले एक व्यक्तिलाई तिनीहरूको ऊँटको घाँटीमा बाँधिएका चीजहरू काट्न आदेश दिएर पठाउनुभयो, चाहे ती वस्तुहरू धनुषको तारको आकारमा होस् वा घण्टी वा जुत्ता आदि होस् । किनभने तिनीहरूले जनावरहरूलाई नराम्रो नजरबाट बचाउनको लागि बाँध्ने गर्थे, त्यसैले तिनीहरूलाई काट्न आदेश दिइएको थियो । किनभने यी चीजहरूले ऊँटहरूलाई कुनै पनि कुराबाट जोगाउन सक्दैनन् । लाभ र हानि अल्लाहको हातमा मात्र छ र यसमा कोही साझेदार छैन ।
तारिक बिन अशयम अल-अशजई (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : "जसले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) को गवाही दिन्छ र अल्लाह बाहेक सबैको पूजा अस्वीकार गर्छ, उसको धन र रगत सुरक्षित हुनेछ र उसको हिसाब अल्लाहसँग हुनेछ ।"
मुस्लिमले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भएको छ, जसले आफ्नो जिब्रोले 'ला इलाह इल्लल्लाह' (अल्लाह बाहेक कोही सत्य ईश्वर छैन) भनी गवाही दिन्छ र अल्लाह बाहेक पूजा गर्ने सबैलाई अस्वीकार गर्दछ र इस्लाम बाहेक सबै धर्महरूबाट आफ्नो असंलग्नता देखाउँदछ, उसको धन र रगत (ज्यान) मुस्लिमहरूका लागि हराम भयो, किनभने हामी उसको बाह्य हाल मात्र देख्नेछौं । त्यसकारण उसको सम्पत्ति खोस्न सकिँदैन र रगत बगाउन सकिँदैन । हो! यदि उसले कुनै पाप वा अपराध गर्छ, जसको कारणले उसको रगत वा सम्पत्ति इस्लामको प्रावधान अनुसार हलाल हुन्छ भने त्यो फरक कुरा हो । यस्तो अवस्थामा अल्लाहले न्यायको दिन उसको हिसाब लिनुहुनेछ । यदि ऊ इमान्दार र सच्चा थियो भने उहाँले उसलाई पुरस्कृत गर्नुहुनेछ र यदि ऊ कपटी र झुटो थियो भने, उहाँले उसलाई दण्ड दिनुहुनेछ ।
अब्दुल्लाह बिन अम्र बिन आस् (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "दया देखाउनेहरूमाथि रहमान (अल्लाह) ले दया गर्नुहुन्छ । पृथ्वीका जीवहरूमाथि दया गर, आकाशमा हुनेले तिमीहरूमाथि दया गर्नुहुनेछ ।"
अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बयान गर्नु भएको छ, जो अरूमाथि दया गर्छन्, परम दयालु अल्लाहले उनीहरूमाथि दया गर्नुहुन्छ, जसको कृपाले सबै चीजहरूलाई समेटेको छ; वास्तवमा यो पूर्ण बदला हो । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यस पृथ्वीमा बस्ने सबै चीजहरू जस्तै मानव, जनावर र पंक्षिहरूमाथि दया गर्न आदेश दिनुभयो । यसको बदलामा अल्लाहले तपाईहरूमाथि आकाशबाट दया गर्नुहुनेछ ।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाहले कयामत (प्रलय) को दिन नर्कका वासीहरूमध्ये सबैभन्दा कम यातना पाउने व्यक्तिलाई सोध्नुहुनेछ: यदि यो पृथ्वीमा भएको सम्पूर्ण कुरा तिम्रो स्वामित्वमा हुन्थ्यो भने, के तिमीले (यो सजायबाट बच्न) त्यसलाई फिरौती स्वरूप दिने थियौ? उसले उत्तर दिनेछ: हो, अवश्य नै दिने थिए। तब अल्लाहले भन्नुहुनेछ: मैले त तिमी जब तिमी अझै आदमको पिठ्युँमा थियौ तिमीसँग योभन्दा धेरै सजिलो कुरा मात्र चाहेको थिएँ– कि तिमीले म सँग अरू कसैलाई साझेदार (शिर्क) नठहराउनू। तर तिमीले त्यसलाई अस्वीकार गर्यौ र शिर्क गर्नमा नै लागिरह्यौ।“
मुत्तफकुन अलैहियो हदीसमा नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि नरकमा सबैभन्दा कम सजाय भोग्ने व्यक्तिलाई अल्लाहले भन्नुहुनेछ: "यदि यो पृथ्वी र यसमा भएका सबै थोक तिम्रो भएको भए, के तिमीले यो सजायबाट छुटकारा पाउन ती सबै कुरा फिरौतीको रूपमा दिने थियौ?" उसले भन्नेछ: हो, मैले अवश्य नै दिने थिए । अल्लाहले भन्नुहुनेछ: "मैले तिमीलाई त्योभन्दा सजिलो कुराको आदेश दिएको थिएँ। जब तिमी आदमको पिठ्यूँमा थियौ, तिमीसँग वाचा लिइएको थियो कि तिमीले शिर्क (साझेदारी) गर्ने छैनौ; तर तिमीले शिर्क (बहुदेववाद) बाहेक अरू केही स्वीकार गरेनौ (अर्थात् शिर्क गर्नमै अडिग रह्यौ)।"
आइशा (रजियल्लाहु अन्हा) ले बयान गरेकि छिन्: केही मानिसहरूले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई ज्योतिषीहरूको बारेमा सोधे अनि उहाँले भन्नुभयो: "ती मानिसहरूले भनेको कुरामा कुनै सत्यता छैन ।" सोध्ने मानिसहरूले भने: हे अल्लाहको रसूल! यिनीहरूले कहिलेकाहीँ यस्ता कुराहरू सुनाउँछन् जुन सत्य साबित हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "यो सत्य वचन हो, जुन जिन्नले खोसेर कुखुराको बास जस्तो आवाजमा आफ्नो मानव मित्रको कानमा हाल्छ र ज्योतिषीले त्यसमा सयौं झूटहरू मिसाउँछन् ।"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई भविष्यको बारेमा गैबका अदृश्य कुराहरू बताउने ज्योतिषीहरूको बारेमा सोधिएको थियो, उहाँले भन्नुभयो: तिनीहरूको बारेमा सचेत रहनु, तिनीहरूका वचनको पालन नगर र तिनीहरूको मामिलाको वास्ता नगर । यो सुनेर सहाबाले भने, कहिलेकाहीँ उनको भनाइ सही साबित हुन्छ । जस्तै तिनीहरू भन्छन्, फलानो महिनाको यो दिनमा यस्तो घटना हुनेछ र त्यसपछि तिनीहरूले भने झैं त्यो घटना हुन्छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: वास्तवमा जिन्नहरूले आकाशबाट समाचार सुन्छन् अनि भविष्यको बारेमा बताउने आफ्ना साथीहरू अर्थात् भविष्यवक्ताहरूलाई सुनाउछन् त्यसपछि ज्योतिषीले एउटा सच साँचो कुरामा सयौं झूटहरू मिसाउँछन् ।
अनस बिन मालिक (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सवारीमा पछाडि बसिरहेको मुआजलाई भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले भन्नुभयो: "हे मुआज!" उनले जवाफ दिए: हे अल्लाहको रसूल! म हाजिर छु । उहाँले तीन पटक यसरी बोल्नुभयो र त्यसपछि उहाँले भन्नुभयो: " जसले अल्लाह बाहेक कोही साँचो ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका दास र दूत हुन् भनी साँचो हृदयले गवाही दिन्छ, अल्लाहले उसको लागि नरक निषेध गर्नुहुनेछ । उनले भने: हे अल्लाहको रसूल! के म अरूलाई यसको जानकारी दिऊ ताकि तिनीहरू खुसी होउन्? उहाँले भन्नुभयो: "त्यसो गर्दा तिनीहरू यसैमा भर पर्नेछन् ।" तर मुआज (रजियल्लाहु अन्हु) ले यो हदीस आफ्नो मृत्युको समयमा (ज्ञान लुकाउने) पापबाट बच्नको लागि सुनाए ।
मुत्तफकुन अलैहिमुआज बिन जबल (रजियल्लाहु अन्हु) नबी (सल्लल्लाहु अलैहि वसल्लम) को पछाडि सवारीमा सवार थिए । उहाँले हे मुआज! भनेर तीन पटक आवाज दिनुभयो । तीन पटक सम्बोधन गर्नुको उद्देश्य भनेको उहाँले भन्न लाग्नुभएको कुराको महत्त्व स्पष्ट पार्नु थियो । त्यसैले मुआजले हरेक पटक जवाफ दिए: हे अल्लाहको रसूल! म तपाईंको हरेक आवाजको जवाफ दिनेछु र यसलाई म आफ्नो लागि गौरवको कुरा मान्छु । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई बताउनुभयो, जसले अल्लाह बाहेक कोही सत्य ईश्वर छैन र मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहका रसूल हुन् भनी साँचो हृदयले गवाही दिन्छ अनि त्यही अवस्थामा मर्छ, अल्लाहले उसको लागि नर्क निषेध गर्नुहुनेछ । यो सुनेपछि, मुआज (रजियल्लाहु अन्हु) ले मानिसहरूलाई यो हदीस सुनाउन उहाँसंग अनुमति मागे, ताकि मानिसहरूमा खुशीको लहर फैलियोस् । तर अरूहरूले यसैमा भर पर्छन् र सत्कर्म गर्नमा पछाडि हुन्छन् भन्ने डरले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मनाही गर्नुभयो । त्यसैले मुआज (रजिअल्लाहु अनहु)ले यो हदीस कसैलाई सुनाएनन् । तर, ज्ञान लुकाउने पापमा फस्ने डरले उनले मृत्युअघि यो हदीस सार्वजनिक गरे ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "हाम्रो प्रभु, पवित्र र महिमावान, हरेक रात जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा उत्रनु हुन्छ , र भन्नुहुन्छ: 'कसले मलाई पुकार्छ ताकि म उसको पुकार सुनेर जवाफ दिउँ? कसले मसँग माग्छ ताकि म उसलाई दिन सकूँ? कसले म सँग माफी माग्छ ताकि म उसलाई माफ गरूँ?'"
मुत्तफकुन अलैहिरसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले स्पष्ट पार्नुभएको छ, अल्लाह प्रत्येक रात, जब रातको अन्तिम तिहाइ बाँकी हुन्छ, आकाशको सबैभन्दा तल्लो भागमा झर्नुहुन्छ र आफ्ना सेवकहरूलाई प्रार्थना गर्न प्रोत्साहित गर्नुहुन्छ, किनकि उहाँले प्रार्थना गर्नेहरूको प्रार्थना स्विकार गर्नुहुन्छ । उहाँले तिनीहरूलाई माग्न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले माग्नेहरूको इच्छालाई पुरा गर्नुहुन्छ । उहाँले आफ्ना विश्वासी सेवकहरूलाई क्षमा माग्न प्रेरित गर्नुहुन्छ, किनकि उहाँले क्षमा दिनुहुन्छ ।