





























Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
All
अनस (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, एक व्यक्तिले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई कयामतको बारेमा सोधे: "कयामत (प्रलय) कहिले आउँछ?" उहाँले सोध्नुभयो: "तिमीले यसको लागि के तयारी गरेका छौ?" उनले जवाफ दिए: "मैले कुनै खास तयारी त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" यो सुनेर उहाँले भन्नुभयो: "निश्चयनै तिमी उसैसँग हुनेछौ जसलाई तिमी प्रेम गर्छौ।" अनस (रजियल्लाहु अन्हु) ले भने: "हामी नबी (सल्लल्लाहु अलैहि वसल्लम) को भनाइ—'निश्चयनै तिमी जसलाई प्रेम गर्छौ उसैसँग हुनेछौ'—बाट जति खुशी भयौं, त्यति अरू कुनै कुराबाट भएका थिएनौं।" अनस (रजियल्लाहु अन्हु) ले थपे: "म अल्लाहका नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबूबकर र उमर (रजियल्लाहु अन्हुम) लाई प्रेम गर्छु। यद्यपि मैले उहाँहरूको जस्तो कर्म गर्न सकेको छैन, तैपनि उहाँहरूप्रतिको प्रेमका कारण म उहाँहरूसँगै हुने आशा गर्दछु।"
मुत्तफकुन अलैहिमरुस्थलका एक बासिन्दाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे: कयामत (प्रलय) कहिले आउँछ? उहाँले उसलाई सोध्नुभयो: तिमीले त्यसको लागि के असल कर्महरू गरेका छौ? प्रश्नकर्ताले जवाफ दिए: "मैले कयामतको तयारीमा कुनै ठूलो कर्म त गरेको छैन, तर म अल्लाह र उहाँका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई प्रेम गर्छु।" उनले अन्य कुनै आध्यात्मिक, भौतिक वा आर्थिक उपासना बारे केही उल्लेख गरेनन्; किनकि यी सबै उपासनाहरू प्रेमका शाखा र परिणाम हुन् र ती सबै प्रेममै समाहित हुन्छन्। साथै, साँचो प्रेमले नै मानिसलाई पुण्य कर्म गर्न उत्प्रेरित गर्छ। उसको जवाफ सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: पक्कै पनि तिमी जसलाई माया गर्छौ स्वर्गमा उसैसँग हुनेछौ । नबी (सल्लल्लाहु अलैहि वसल्लम) का सहाबा(साथी)हरूयो सुसमाचारबाट अत्यन्त खुसी भए। त्यसपछि अनस (रजियल्लाहु अन्हु) ले भने: उनी अल्लाहको नबी (सल्लल्लाहु अलैहि वसल्लम), अबू बकर र उमर (रजियल्लाहु अन्हुम) लाई माया गर्छन् र उनीहरूले गरे जस्तो कर्महरू गर्न नसके पनि उहाँहरूप्रतिको प्रेमका कारण उहाँहरूसँगै हुने आशा राख्छन्।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन् कि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "के म तिमीहरूलाई दज्जाल सम्बन्धी त्यस्ता कुराहरू नबताऊँ, जुन कुनै नबीले आफ्ना अनुयायीहरूलाई भनेका छैनन्? निश्चय नै ऊ एकआँखा भएको (कानो) हुनेछ। ऊ स्वर्ग र नरक जस्तै देखिने वस्तुहरू ल्याउनेछ। तर उसले जसलाई स्वर्ग भन्छ, वास्तवमा त्यो नरक हुनेछ। म तिमीहरूलाई दज्जालबाट त्यसरीनै सावधान गराउँछु, जसरी नूह (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई चेतावनी दिएका थिए।"
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्ना सहाबाहरूलाई दज्जालको पहिचान र चिन्हहरूको बारेमा बताउनुभयो, जुन कुरा उहाँभन्दा अघिका कुनै नबीले (आफ्नो समुदायलाई) बताएका थिएनन्, जस्तै: ऊ कानो हुनेछ । र अल्लाहले उसको साथमा स्वर्ग र नरक जस्तै वस्तुहरू बनाइदिनुभएको छ, जुन हेर्दा ठ्याक्कै स्वर्ग र नरक जस्तै देखिनेछन्। तर वास्तवमा उसको स्वर्ग नरक हुनेछ र उसको नरक स्वर्ग हुनेछ। जसले उसको आज्ञापालन गर्छ, दज्जालले उसलाई मानिसहरूको नजरमा स्वर्गजस्तो देखिने ठाउँमा प्रवेश गराउनेछ, तर वास्तवमा त्यो नरक हुनेछ। जसले उसको आज्ञापालन गर्दैन, दज्जालले उसलाई मानिसहरूको नजरमा नरकजस्तो देखिने ठाउँमा प्रवेश गराउनेछ, जुन वास्तवमा स्वर्ग हुनेछ। त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई दज्जालद्वारा हुने मानिसको आस्थाको परीक्षाबारे चेतावनी दिनुभयो, जसरी नूह (अलैहिस्सलाम) ले आफ्ना समुदायलाई त्यस विषयमा चेतावनी दिएका थिए।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "मानिस आफ्नो घनिष्ठ मित्रको आचरण र मार्गबाट प्रभावित हुन्छ, त्यसैले तिमीहरूमध्ये प्रत्येकले राम्ररी विचार गरेर आफ्नो मित्र चयन गरोस्।"
अबू दाउद, तिर्मीजी र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ, मानिस आफ्नो व्यवहार र बानीमा आफ्नो घनिष्ठ मित्र र साथीसँग मिल्दोजुल्दो हुन्छ र मित्रताको सम्बन्धले मानिसको नैतिकता, आचरण र कार्यहरूमा गहिरो प्रभाव पार्छ। त्यसैले, उहाँले असल साथी चयन गर्न निर्देशन दिनुभएको छ; किनकि असल साथीले आफ्नो मित्रलाई ईमान (आस्था), सही मार्गदर्शन र कल्याणकारी कार्यहरूमा सहयोग पुर्याउँछ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "अन्धकारमय रातका टुक्रा जस्ता फित्ना (परीक्षा, प्रलोभन) आउनेछन्, त्यसैले सत्कर्म गर्न हतार गर। यस्तो समय आउनेछ, जब बिहान एक मानिस आस्थावान् हुन्छ तर साँझ हुँदा हुँदै काफिर बन्न पुग्छ, अथवा साँझ आस्थावान् हुन्छ तर बिहानसम्म काफिर बनिसक्छ। त्यस्तो व्यक्तिले थोरै सांसारिक लाभका लागि आफ्नो धर्म बेच्नेछ।"
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले मोमिनहरूलाई फित्ना र शंकाहरू (भ्रम र परीक्षाहरू) आउनुअघि नै असल कर्महरूमा हतार गर्न र तिनलाई बढी गर्न प्रेरित गर्नुभएको छ, किनकि ती फित्नाहरूले असल कर्म गर्नबाट रोक्छन् र मानिसलाई तिनबाट टाढा राख्छन्। ती फित्नाहरू रातका टुक्राजस्ता अन्धकारमय हुन्छन्, जसमा सत्य र असत्य मिश्रित हुन्छन्, र मानिसहरूका लागि तिनीहरू बीच भिन्नता छुट्याउन कठिन हुन्छ। तिनको जटिलताले मानिस यति भ्रमित हुनेछ कि द्विधामा बिहान मोमिन हुन्छ तर साँझ हुँदाहुँदै काफिर बन्न पुग्छ, र साँझ मोमिन हुन्छ तर बिहान काफिर बन्न पुग्छ, र दुनियाका क्षणिक सुख-सुविधाका निम्ति आफ्नो दीन त्यागिदिन्छ।
जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) बाट वर्णन गरिएको छ: एकदिन नबी (सल्लल्लाहु अलैहि वसल्लम) अत्यन्त डराएको अवस्थामा उहाँको कोठामा प्रवेश गर्नुभयो र भन्नुभयो: "ला इलाह इल्लल्लाह (अल्लाह बाहेक कोही सत्य उपास्य छैन), अरबको विनाश नजिकिएको छ, आज 'याजूज र माजूज' (Gog and Magog) को पर्खालमा यस्तो प्वाल परेको छ ।"उहाँले आफ्नो बुढी औंला र चोर औंलाले (गोलाकार घेरा बनाएर) प्वालको आकारतर्फ सङ्केत गर्नुभयो। जैनब बिन्त जहश (रजियल्लाहु अन्हा) भन्छिन्: मैले सोधें, "हे अल्लाहका रसूल! के हामी माझ असल र धार्मिक मानिसहरू हुँदाहुँदै पनि हामी नष्ट हुनेछौँ?" उहाँले जवाफ दिनुभयो: "हो, जब पाप र दुष्टता अत्याधिक बढ्छ (तब प्रकोप आउनेछ)।""
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) एकदमै आत्तिएको अवस्थामा जैनब बिन्ते जहश (रजियल्लाहु अन्हा) कहाँ आउनुभयो र उहाँ 'ला इलाह इल्लल्लाह' भनिरहनुभएको थियो । यो वास्तवमा कुनै आइपरेको विपत्ति को सङ्केत थियो, जसबाट मुक्ति पाउन अल्लाहको शरणमा पर्नु बाहेक अर्को कुनै विकल्प थिएन। त्यसपछि उहाँले भन्नुभयो: अरबको विनाश नजिकिएको छ। आज याजूज र माजूजको पर्खालमा प्वाल परेको छ। (यो त्यही बाँध हो, जसलाई जुल-कर्नैनले निर्माण गरेका थिए।) उहाँले आफ्नो बुढी औंला र चोर औंलालाई जोडेर गोलाकार बनाई त्यस प्वालको आकार बारे सङ्केत गर्नुभयो। जैनब (रजियल्लाहु अन्हा) ले सोध्नुभयो: हे अल्लाहका रसूल! हामीबीच यति धेरै सत्कर्मी र सच्चा विश्वासीहरू हुँदाहुँदै पनि के हाम्रो विनाश हुनेछ? नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले तिनलाई भन्नुभयो: "हो, जब अनैतिकता, पाप, व्यभिचार र रक्सी जस्ता दुष्ट कर्महरू बढ्छन्, तब सबैलाई नष्ट गरिनेछ।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “मोमिन पुरुष र मोमिन महिलामाथि—उनका जीवन, सन्तान र धनसम्पत्तिमा—निरन्तर विपत्तिहरू (परीक्षाहरू) आउने गर्छन्, यहाँसम्म कि मृत्यु पश्चात् जब उनीहरू अल्लाहसँग भेट गर्छन्, तब उनीहरूको जिम्मामा कुनै पनि पाप बाँकी रहँदैन।”
तिर्मीजी र अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि जीवनका परीक्षाहरू र कष्टहरूले आस्थावान मानिसलाई सधैं घेरीरहन्छन्। उसको परीक्षा कहिले स्वास्थ्य र शरीरमा, कहिले सन्तानमा (रोग, मृत्यु, आवज्ञाकारी सन्तान वा अन्य कठिनाइद्वारा) त कहिले सम्पत्तिमा (गरिबी, नोक्सानी वा जीविकाको अभावद्वारा) लिइन्छ। यी कष्टहरूले उसका सम्पूर्ण पापहरू मेटिदिन्छन्, र जब (मृत्युपछि) ऊ अल्लाहसँग भेट्छ, ऊ पापबाट पूर्णतया शुद्ध भइसकेको हुन्छ।
हुजैफा (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : "तिमीहरूले यस्तो नभन्नु : अल्लाहले जे चाहनुहुन्छ र फलानो जे चाहन्छ, बरु यसरी भन्नु: अल्लाहले जे चाहनुहुन्छ र त्यसपछि फलानोले जे चाहन्छ ।"
अबू दाउदले र निसाईले सुनन कुब्रामा तथा अहमदले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले कुराकानी गर्दा 'अल्लाहले जे चाहनुहुन्छ र फलानोले जे चाहन्छ' वा अल्लाह र फलानोले जे चाहन्छ; ' भन्न निषेध गर्नुभएको छ ।" किनभने अल्लाहको इच्छा र उहाँको इरादा स्वाधीन र पुर्ण छ र यसमा कोही साझेदार छैन । उक्त भनाईको संयोजनमा "र" शब्दको प्रयोगले अल्लाहसँग कोही साझेदार छ र दुवै बराबर छन् भन्ने संकेत गर्दछ । तसर्थ, एक मुस्लिमले "जे अल्लाह चाहनुहुन्छ र त्यसपछि जे फलानो चाहन्छ भन्नु पर्छ ।" यस प्रकारले, "र" को सट्टा "त्यसपछि" शब्दको प्रयोग गर्दा व्यक्तिको इच्छा अल्लाहको इच्छाको अधीनमा पराधीन रहेको बुझिन्छ। किनकि "त्यसपछि" शब्दले बराबरीमा नभई पछि भएको क्रमलाई जनाउँछ, जुन "र" शब्दमा हुँदैन।
अबू-सईद अल्-खुदरी (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भयो : "तिमीहरू पक्कै पनि आफ्नो अगाडिका समुदायहरूलाई पछ्याउनेछौ, बित्ता-बित्ता र हाथ-हाथ पूर्ण अनुसरण गर्नेछौ । यदि तिनीहरू छेपारो जस्तै जन्तु (मरुभूमि स्थलिय सरीसृप) को प्वालमा प्रवेश गरेका थिए भने तिमीहरू पनि त्यसमा प्रवेश गर्नेछौ ।” हामीले भन्यौं: “हे अल्लाहका रसूल, के तपाईंको मतलब यहूदी र ईसाईहरू हुन्?” उहाँले भन्नुभयो: “अनि अरू को हुन् त?”
मुत्तफकुन अलैहिनबी (सल्लल्लाहु अलैहि वसल्लम) ले यस हदीसमा आफूपछि उहाँका केही अनुयायीहरूको अवस्था कस्तो हुनेछ भनेर बताउनुभएको छ कि उनीहरूले यहूदी र इसाईहरूको आस्था, कार्य, चलन र परम्पराहरूलाई बित्ता-बित्ता र हात-हात पूर्ण अनुसरण गर्नेछन्। यदि तिनीहरू छेपारो जस्तै जन्तु (मरुभूमि स्थलीय सरीसृप) को प्वालमा पसेका थिए भने, तिनीहरू पनि यहूदी र इसाईहरूको अनुसरणमा त्यसै गरी पस्नेछन्।
अबू-हुरैरह (रजियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जो कोहीले सत्य मार्गतर्फ आह्वान गर्दछ, उसले त्यस मार्गमा हिँड्ने सबै मानिसहरूको पुण्य बराबर पुण्य प्राप्त गर्नेछ; र ती मानिसहरूको पुण्यमा कुनै कमी हुने छैन। र जो कोहीले गलत मार्गतर्फ बोलाउँछ, उसले त्यसलाई पछ्याउने सबै मानिसहरूको पाप बराबर पाप बोक्नेछ; तर यसले उनीहरूको पापमा कुनै कमी गरिने छैन।”
मुस्लिमले वर्णन गरेका छन्नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, 'जसले मानिसहरूलाई आफ्नो वचन र कर्मद्वारा सत्य र भलाइको मार्ग देखाउँछ, उसले त्यो मार्ग पछ्याउने मानिसहरूले जति नै पुण्य पाउनेछ र पछ्याउनेहरूको पुण्यमा कुनै कमी हुनेछैन । अर्कोतर्फ, जसले आफ्नो वचन र कर्मद्वारा मानिसहरूलाई दुष्ट, पाप वा निषेधित कार्यको बाटो देखाउँछ, उसलाई त्यो मार्गमा हिँड्ने मानिसहरूको जस्तै पाप हुन्छ र तिनीहरुको पापमा कुनै कमी हुनेछैन ।