Hadeeth Cards
Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way






























Da'wa cards that highlight great meanings from the noble prophetic hadiths in a simple style and attractive display that helps the Muslim to have a deeper understanding of his religion in an easy way
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले बताउनुभएको छ कि मृत व्यक्तिको कर्म उसको मृत्युसँगै समाप्त हुन्छ, त्यसैले उसले मृत्युपछि यी तीन चीजहरू बाहेक अरूबाट पुण्य प्राप्त गर्नेछैन; किनकि ती तीन कुराहरू वास्तवमा उसैले गरेको थियो: पहिलो: यस्तो दान (सदका), जसको पुण्य निरन्तर र स्थायी रूपमा प्राप्त भइरहन्छ र जसको क्रम कहिल्यै टुट्दैन। उदाहरणका लागि: वक्फ (धर्मार्थ गुठी), मस्जिद निर्माण, पिउने पानीका लागि इनार खन्ने तथा अन्य जनहितकारी कार्यहरू। दोस्रो: यस्तो लाभदायी ज्ञान, जसबाट मानिसहरू निरन्तर लाभान्वित भइरहन्छन्। जस्तै: ज्ञानका पुस्तकहरूको लेखन, शिक्षण वा ज्ञानको प्रसार, जुन उक्त व्यक्तिको मृत्युपश्चात् पनि समाजमा फैलिइरहन्छ। तेस्रो: यस्तो सदाचारी र आस्थावान् सन्तान, जसले आफ्ना मातापिताको मृत्यु पछि पनि उहाँहरूका लागि अल्लाहसँग प्रार्थना (दुआ) गरिरहन्छ।
साअ्द बिन ओबादा (रजियल्लाहु अन्हु) की आमाको निधन भयो, उनले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोधे, आमाको लागि सदका गर्नुछ, सबैभन्दा राम्रो सदका के होला ? उहाँले भन्नुभयो: सबैभन्दा राम्रो सदका (दान) पानी हो, त्यसैले उनले एउटा इनार खने र आफ्नी आमाको लागि दानको रूपमा दिए ।
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) हज्ज्तुल-वदाअ (अन्तिम हज) बाट फर्कनुभयो, उहाँले आफूसँग हज नगर्ने एक अन्सारी महिलालाई भन्नुभयो:तिमीलाई हामीसँग हज गर्नबाट के कुराले रोकेको थियो? उनले स्पष्टीकरण दिँदै उत्तर दिइन्: हामीसँग दुईवटा ऊँट मात्र थिए। तीमध्ये एउटामा मेरा श्रीमान् र छोरा सवार भएर हज गर्न गएका थिए, र अर्को ऊँटलाई घरमा कुवाबाट पानी पानी लिने कामका लागि छोडिएको थियो। यो सुनेर नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई रमजानमा उमराह गर्न सल्लाह दिनुभयो; किनभने रमजानमा उमरह गर्नु हज बराबर हुन्छ ।
सहाबा (रजियल्लाहु अन्हुम) ले अल्लाहको निम्ति जिहाद गर्नु र शत्रुहरूसँग लड्नुलाई सबै भन्दा उत्तम कर्म मान्थे । त्यसैले आइशा (रजियल्लाहु अन्हा) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) सगँ जिहादमा भाग लिन अनुरोध गरिन्। नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले महिलाहरूको लागि सबैभन्दा उत्तम जिहाद हज मबरुर हो भनेर मार्गदर्शन गर्नुभयो । कुर्आन र सुन्नत अनुसार गरिएको र पाप तथा पाखंडबाट मुक्त रहेको हजलाई; हज मबरुर भनिन्छ ।
अनस (रजियल्लाहु अन्हु) ले बताउनुभएको छ कि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले ईदुल-अज्हाको दिन कालो र सेतो रङ्मग मिसिएको र सिङहरू भएका दुईवटा नर भेडाहरूको कुर्बानी गर्नुभयो । उहाँले दुवैको घाँटीको छेउमा खुट्टा राखेर 'बिस्मिल्लाह', 'अल्लाहु अकबर' भनेर आफ्नै हातले जबह (वध) गर्नुभयो ।
हुजैफा बिन अल-यमान (रजियल्लाहु अन्हुमा) ले बयान गरेका छन् कि उनी नबी (सल्लल्लाहु अलैहि वसल्लम) सँगै थिएँ। नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई पिसाब फेर्न आवश्यकता भयो, त्यसैले उहाँ मानिसहरूले घरबाट बढारेको फोहोर-मैला फाल्ने ठाउँमा (जसलाई "सुबाता" भनिन्छ) जानुभयो। त्यहाँ पुगेर उहाँले उभिएरै पिसाब फेर्नुभयो, जबकि उहाँको सामान्य बानी बसेर पिसाब फेर्ने थियो। यो देखेर हुजैफा (रजियल्लाहु अन्हु) उहाँबाट अलिकति पर सर्नुभयो। तब नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई नजिक आउन भन्नुभयो । हुजैफा (रजियल्लाहु अन्हु) नजिक गएर उहाँको कुर्कुच्चाको ठीक पछाडि उभिनुभयो, ताकि त्यस अवस्थामा मानिसहरूको नजर उहाँमाथि नपरोस् र उहाँका लागि पर्दाको काम गरोस्। । त्यसपछि नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले वुजू गर्नुभयो र खुट्टा धुने पालोमा, धुनुको सट्टा दुवै मोजामाथि 'मसह' गर्नुभयो र मोजा फुकाल्नुभएन। खुट्टामा लगाइने र गोलीगाँठोसम्म ढाक्ने पातलो छाला वा त्यस्तै वस्तुबाट बनेको मोजालाई 'खुफ्फ' भनिन्छ।
नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो देब्रे हातमा रेशमको लुगा वा यसको टुक्रा र आफ्नो दाहिने हातमा सुनको गहना वा यस्तै केही लिनुभयो र त्यसपछि भन्नुभयो: निश्चय नै रेशम र सुन पुरुषहरूका लागि लगाउन निषेध छ, तर महिलाहरूका लागि ती दुवैको प्रयोग गर्न अनुमति छ।
जाबिर बिन अब्दुल्लाह (रजियल्लाहु अन्हुमा) ले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मक्कामाथि विजयको वर्ष मक्कामा भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : अल्लाह र उहाँका रसूलले मदिरा, मृत जनावर, सुँगुर र मूर्तिहरू बिक्री गर्न निषेध गर्नुभएको छ । कसैले सोधे: हे अल्लाहका रसूल! के हामीलाई मृत जनावरहरूको बोसो बेच्न अनुमति छ? किनभने मानिसहरूले यसलाई डुङ्गाहरू रंग्न, छालालाई शुद्ध पार्न र दियो बाल्न प्रयोग गर्छन् । उहाँले भन्नुभयो: होइन, यसलाई किनबेच गर्न पनि निषेध गरिएको छ । उहाँले भन्नुभयो: अल्लाहले यहूदीहरूलाई नष्ट गरून्, जब अल्लाहले उनीहरूका लागि पशुहरूको बोसो निषेध गर्नुभयो, तब तिनीहरूले यसलाई पगाले, त्यसपछि बोसो बेचे र यसको मूल्य खाए ।
जब नबी (सल्लल्लाहु अलैहि वसल्लम) शौचको आवश्यकता पूरा गरेर बाहिर निस्कनुहुन्थ्यो, तब उहाँले यो दुआ भन्नुहुन्थ्यो: “गुफ्रानक”, अर्थात्, 'हे अल्लाह! म तपाईंसँग क्षमा याचना गर्दछु।'